मृतप्राय राजतन्त्र–के गर्छस् मंगले आफ्नै ढंगले !!
आज केही आसलाग्दो कुरा गरौन है उहि मण्डलेका नाइके भरतकिसोर बारे जब पण्डीत नारायण प्रसाद पोखरेलको हत्या भयो त्यो समयमा यो मण्डलेले बडो चतुरताको साथ आफुलाइ बचायो आज हुँदो हो त यो पनि उहि समयमा परलोक पुगीसक्थ्यो होला । म किटानी साथ भन्छु सञ्जनबृन्द्ध पण्डीत नारायण प्रसादको हत्यारो चाही यही भरत किसोर नै हो र यसको लागी भरथेक गर्ने चाही हत्यारो ज्ञानेन्द्रे एवं यसका मतीयार पञ्चहरु हुन् । आज जनताले भकुरे बल्ल स्वाद पायो । आक्रोशित भीडको कुटाइबाट भरतकेशर घाइते शिर्षकको समाचारको लागी स्व्तन्त्र नेपाल समाचारले यसो लेखेको छ कृपया पुरा हेर्नको लागी यँहा थिच्नुस्
नेपालको पवित्र भुमीमा खाली पद प्रतिष्ठाको लागी हत्याको श्रृङखला बारम्बार देहर्याइरहे । सबैभन्दा पहिला हत्यारो ज्ञानेन्द्रेले यसको सुरुवात गर्यो र लगातार यसका मतियारहरुले । आज राजा विरेन्द्रको हत्या भएको पनि पाँच साल नाँघीसकेको छ ।यसै विषयमा विविसी नेपाली सेवामा सुशिल शर्माले लेखेको एउटा समाचार यस्तो छ। श्री ५ वीरेन्द्रको वंशनाश हुनेगरि भएको राजदरवार हत्याकाण्डको जुन एक तारिखमा पाँच बर्ष पूरा भएको छ। उक्त भयानक घटनाको आधा दशक पूरा हुँदा नेपाली राजनीतिमा दूरगामी महत्वका घटनाहरू घटेका छन् र राजतन्त्रको आयु नै धरापमा परेको छ।

टिप्पणीकारहरू भन्छन्, झण्डै साढे दुई सय बर्ष पूरानो संस्थाको भविष्यमाथि श्री ५ ज्ञानेन्द्रका कदमहरूबाट नै प्रश्न उठेको हो।कडा सुरक्षा भएको राजदरवारभित्र रगतको खोलो बगेको दिन यता बाग्मतिमा धेरै पानी बगिसकेको छ, अनि मानिसहरूको मन धेरै बदलिसकेको छ।राजा वीरेन्द्रको वंशनाश हुँदा आँशुका धारा बगाउँदै सडकमा उत्रेका मानिसहरूको मनमा दुई, तीन बर्ष वित्दा नवित्दै आक्रोश भरिएको थियो।पछिल्लो जनआन्दोलनमा सडकमा उत्रिएको मानव सागरले निसंकोच राजतन्त्र मुर्दावाद लगायत पहिले कहिल्यै नसुनिएका राततन्त्र विरोधी नारा लगाएको थियो।दुई बर्ष अघिसम्म राजतन्त्रको निरंकुशताको विरोधमा मात्रै सिमित रहेको आवाज अब राजतन्त्रकै विरुद्ध घन्किन थाल्यो। सडकमा गणतन्त्रको नारा उर्लिन थाल्यो।यसरी सम्वैधानिक राजतन्त्रको रुपमा पाँच बर्षअघि लोकप्रियताको शिखरमा पुगेको राजसंस्था श्री ५ वीरेन्द्रको हत्यापछि सकृय रातन्त्रको अभ्यासले गर्दा अहिले अनिश्चित भविष्यको दोसाँधमा उभिएको छ। हालैको एउटा मतसर्वेक्षणलाई मान्ने हो भने राजा वीरेन्द्रले जस्तै सुनिने महत्वाकांक्षा छाडेर देखिने रहर सम्म सिमित हुने हो भने २१ औं शताब्दीमा नेपाली राजतन्त्रको आयु लम्बिन नसक्ने होइन।जन आन्दोलन उत्कर्षतिर चढ्दै गर्दा एउटा प्रभावशाली खबरपत्रिका हिमालले गरेको उक्त सर्भेक्षणमा दुई तिहाई नेपालीहरू अझैपनि सम्वैधानिक वा सेरिमोनियल अर्थात आलंकारिक राजतन्त्रको पक्षमा उभिएका थिए। पुरासमाचारको लागी यँहा थिच्नुस्उता समुन्द्रपारी डट कम ले चै राजदरबारबाट तीन सय कर्मचारीहरुको अवकाश हुने शिर्षकमा यस्तो लेखेको रहेछ-नारायणहिटी राजप्रासाद सेवाका तीन सय कर्मचारीले अवकाश पाउने भएका छन् । त्यहाँ कार्यरत कर्मचारीलाई निजामतीमा गाभेपछि उनीहरूले उमेर र सेवा हदका कारण अवकाश पाउने भएका हुन् । निजामती सेवामा जागिर अवधि ५८ वर्ष, विशिष्ट श्रेणीका निम्ति पाँचवर्षे सेवा अवधिको व्यवस्था छ । तर राजप्रासाद सेवामा उमेर हदबन्दी र सेवावधि व्यवस्था थिएन । निजामतीमा गाभिएकै दिन दरबारका प्रमुख सचिव पशुपतिभक्त महर्जनसहित विशिष्ट श्रेणीका सातको अवधि स्वतः सकिनेछ । घोषणा कार्यान्वयन समितिका अनुसार समितिले मंगलबार राजप्रासाद सेवालाई निजामती अन्तर्गतको समूहमा व्यवस्थापन र स्वैच्छिक अवकाश नीति अख्तियार गर्ने सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । सरकारले निजामती ऐन संशोधन गरेर कार्यान्वयनमा ल्याउनेछ ।
त्यत्तिका सेना, त्यसमा पनि राजप्रसाद यी के के जातीका नाममा किन राज्यको ढुकुटी सक्काउने काम गरेका होलान् हो । न त लौ जनताको लागी काम गर्दैछन् भन्नु खाली जनताको छातीमा संगीन र बुट बजार्छन् त्यसैले मेरो विचारमा यो राजप्रसद अनी कुन्नी के त्यो बेला बेलामा जनताको अधिकारको बलत्कार गर्दै चिच्याउने सचिवालय यी सब खारेज गरीनु पर्छ र त्यो हत्याका योजनाकार प्रत्यक्ष अप्रत्यक्ष सहभागी सबैलाइ कानुनको दायराभिब ल्याइनु पर्छ नेपाल र नेपालीको सदा जय होस् जदो !!
