राजभक्तिको छायाभित्र कांग्रेसको आँशु !
म उसलाइ कसरी राजा भनु सञ्जनवृन्द उ त हत्यारो पो हो त । लोकको आँखामा त्यो दिन अझै ताजै छ । म कसरी भुलौ सञ्जनवृन्द त्यो दिन मेरो मानसपटलमा त्यो अझै कालो बादल झै मडारीरहेछ । अह म पटक्कै भुल्न सक्दीन त्यो रात अनि त्यो कालो विहान तब म कसरी भुलौला त्यो कालो रातको नायकलाइ त्यो अध्यारो विहानको योजनाकारलाइ । म मृत्युदण्डको पक्षमा छैन त्यसैले यसको अपिल त म गर्दीन तै पनि त्यो मानवीयता विहिन आकृति जसले आफ्नै परिवारको वली चढायो केबल पद र प्रतिष्ठाको लागी उसको लागी उचित कानुनी सजाए जेलको चिसो सिढी सम्म म अपिल गर्छु ।लोकको आँखामा अलिकतीमात्र भए पनि बस्न सक्नु अनि मानवीयताको पर्खाल भित्र आफुलाइ केही हदसम्म उभ्याउने प्रयास गर्नु त्यत्तिमात्र थियो सञ्जनवृन्द उसको अपराध तै पनि उ अनाहकमै मारीयो सपरिवार सदा सदाको लागी कालो इतिहास कोरीयो उसको नाममा त्यसैले म अपिल गर्छु त्यो इतिहास च्यातिनु पर्छ र हत्यारोको नाममा अपराधको सृङखला बद्ध काहानीको दस्ताबेज जस्ताको तस्तै लेखीनु पर्छ त्यसले यो योजनाको योजनाकार मात्र इतिहासको आध्यारो पाटोमा रुमल्लीन परोस् न की नियतीका सिकार निर्दोष हरु अनि अर्को जरुरी कुरो अरु तानाशाहहरुले पुन यस्तै कालरात्री र अध्यारो विहानीको कल्पना सम्म नगरुन् ।
यँहा कुरो यस्तो छ तर उता कांग्रेसका खैरे खत्रि भने जीब्रो चपाउदै यो र त्यो भनेको भन्यै छन् । जब मान्छेले आफ्नो औकाद भन्दा माथीको जिम्मेवारी पाउछ उसले कुनै न कुनै गल्ती गर्छनै । जानोस नजानोस बुझोस् नबुझोस जा पायो त्याही प्याच्च बोलेकै हुन्छ । मलाइ लाग्छ हाम्रो खैरे खत्रिको पनि यही हाल भएको हो । उनले नुवाकोटको त्यो विकट जन्म स्थान र आज त्यहीका जनताले भोगेका दुखलाइ विर्से अब कुरै गरै भने ढिडो र साग खाएर हलो जोत्ने क्षमताका सामान्य किसानलाइ देशको नेता बनएपछि उसले के गर्ला आफै विचार गरौ न।
सरकार माओबादी विचको आठबुदे समझदारीले कस्लाइ हानी पुर्यायो ? ११ बर्षको युद्ध अभ्यासले खारीएको हरु विना आधार कसरी हतियार विसाउन सक्छन् ? अनि खैरे खत्रिले भनेझै हतियार पहिलै खैरे खत्रिलाइ बुझाएर कुनचाही मुर्ख वार्तामा आउछ ? के विद्रोहीले चाही सरकारलाइ भर गर्नु पर्ने प्रयाप्त आधार बाँकी छ र ? हिजो तिनै खैरे खत्रिहरु हैनन् पाँचतारे होटलमा झम्के झोलमा डुबेर जनताको छोरा छोरी भकाभक मार्ने आदेश दिने आज कसरी उनीहरु जनताकै लागी हुन् भन्न सकिन्छ ?
यो अरु केही हैन गरुडको छाँयामा परेको सर्प जस्तै दरबारको छाँयामा अर्धचेत हरुको अनुनय हो । टुकुचाको डिलै डिल आफुलाइ हिडाएर अनि पवित्र वाग्मतीको आकृतितीर फर्कीएर नर्क गर्ने प्रयास हो । सबैले सोचुन यीनले स्वीकार गरेपनि हामी त्यो हत्यारोलाइ राजा स्वीकार गर्न सक्दैनौ इतिहासमा जो सत्यको पक्षामा उभिनेछन उसको नाम इतिहासमा स्वर्णीम अक्षरले लेखीने छ जो तोरीलाउरे धतुरेहरु खुट्टा कमाउदै दरबारको पाउलागी गर्लान समयले यीनलाइ पनि विस्तारै पाखा लाउदै जानेछ । इतिहासको स्वर्णीम दस्तादेजका सर्जक बन्ने कि नेपाली जनताको अपार घृणाका पात्र आ-आफ्नै विचार । नेपाल र नेपालीको सदा जय होस जदो !!
