कुनै एक समय थियो जुन समयमा निम्न बमोजीमको नियोजीत हल्ला हुने गर्थ्यो माओवादी पार्टी नै हैन र प्रचण्ड उर्फ पुष्पकमल दाहाल भन्ने मान्छे नै छैन यो त कसैले प्रयोग गरेको नाम मात्र हो । राजा विरेन्द्रको हत्या नहुन्जेल मान्छेहरु भन्थे बहुदल मास्न राजाले चलाएको चाल रे । उ मारीयो र उसको हत्यारो भाइ सत्तामा आयो अब गाइगुइ चल्न थाल्यो हैन यसले पो मान्छे लगाएर चलाको रे यो आन्दोलन त्यही भएर त विरेन्द्रलाइ मार्दा पनि कोही नबोलेको यस्तो धेरै कुराहरु मैले पनि सुनेको हु र पत्यार नलागेर यसको ठाडै अस्वीकार गर्दै मतभेद जारी राख्दा राख्दै अहिलेको लोकतान्त्रीक भनाउदाहरुको पालामै सडकबाट चिलले चल्ला छोपे जस्तै छोपीएको बबुरो नागरीक पनी हु । त्यसैले पनि मलाइ यी लोकेहरुको कुरोमा बढो अविश्वास छ ।अव त वास्तवीकता छर्लगं भइसकेको छ जनताले यसलाइ कसरी लेलान् त्यो चै हेर्न बाँकी नै छ ।
नेपालका लोके नेताहरुप्रति मेरो अर्को आशंका कसरी पैदा हुन्छ भने आज काठमाडौमा भाषण छाट्यो अर्कै कुरा भोली नेपालगंज जाउ त अर्कै कुरा न त राज्यप्रति कुनै महत्वपुर्ण दृष्टीकोण छ न त नागरीकहरुप्रति नै । अब हेर्नोस त बामदेबलाइ उबेलामा आतंककारी नियन्त्रण अध्यादेश को कत्रो तयारी गरेको । अब यही बुढा गिरीजालाइ हेरम् न किलो सेरा टु र सर्च एण्ड डिस्ट्रोए नामले वस्ती वस्ती जलाउने काम गरेनन् र । अब उता देउवा लाइ हेर्नोस त म खतम् पार्छु पार्छु भन्दा भन्दा आफै खाडाला पर्यो ठिकै भो ।हिजो जे भयो त्यसलाइ भुलौ अब यो विहानीमा शिखर पुरुषहरु शिखर बार्तामा बसेका छन् समुन्नत नेपालको पक्षमा सहमती बनोस् नेपाल र नेपालीको जय होस् जदो !!!
सम्बन्धीत् समाचारहरुको लागी तलका विभिन्न लिंकमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।
बालुवाटारमा प्रचण्ड-मेरो संसार डटकम
शीर्ष वार्तामा संसद भङ्ग गर्न सहमति - समुद्रपारि डटकम
नेपाल सरकार र माओवादी विच ८ वुदे नया सहमती-www.enepalnews.com-Video
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र वावुराम वालुवाटारमा -www.enepalnews.com
