यी मानवतस्कर लाइ कार्वाही गर्ने कस्ले ?
राम्रो लगाउने र मिठो खाने सुन्दर सपना बोकेर उनी साउदी अरब हुइकिए तर के थाह उनलाइ याँहा पुग्दा नपुग्दै उनि ठगीन्छन भन्ने । उनी अर्थात तनहुका शंकर घर्ती उनी र उनी जस्तै अरु तिन निर्दोस नेपाली ठगीए । आँखा अगाडी ठगीदा पनि चुप रहनु पर्ने यो कस्तो विवसता हो । कालीमाटी स्थीत जे।भी इन्टरनेशनलले बेचेको थियो यी चार नेपाली लाइ । दुइ त हवाइअड्डा बाटै हराए तर शंकर र अर्का एकजना भने यो अविरलयात्रीले काम गर्ने कम्पनीको रीयाद कार्यलयमा आइपुगेका छन् ।यसको कार्यलयमा कल गरेर अनुरोध गरे मलाइ यी नेपालीको वास्तवीक कम्पनी नाम दिनुपर्यो दुरभाष नम्बर पनि पाए तर दिएका दुइ नम्बर मध्ये एकको पुरा नम्बर पुरा थिएन भने अर्को नम्बर गलत ब्यक्तिको थियो । केही समय अघि मात्र मैले ००९७७१४२८८७५६ एवं ९८५१०७२७२५ मा सम्पर्क गर्न खोजे तर नम्बर ब्यस्त देखाउछ ।आखीर एउटा नेपाली नै नेपालीको दुखको कारण बन्छ यो किन । अहिले यी नेपालीहरु नेपाली दुतावास रियादमा शरणर्थीका रुप्मा बसीरहेका छन् । सम्बन्धीत् सबैको ध्यान जाओस र अपराधीलाइ कार्वाही होस् ।
