आकाशको उचाईमा पुग्ने उच्च उम्मिदसँगै
आरम्भ भएको एक्लो यात्रा
सृजनाको फुलबारीमा फुल्ने चहानासँगै
दौडीरहेको म एउटा अविरल यात्री
केबल सत्मार्ग र सुमार्गको सम्भावनासँगै
विना प्रकाश गन्तव्य पहिचान गर्न
फेरिपनि,पटक पटक
एउटै भाका र लयमा
उस्तै पहिचान र चिनारीमा
जिन्दगीको बाटैबाटो निरन्तर घस्रदै
पत्थर जस्तै अवरोध सहेर
तुफान रुपी विनाससँगै
नाङगो पैतला लिएर
काडैकाडा अघि बढिरहेछु
म उही एउटा अविरल यात्री
बढाइरहेछु उही एक्लो यात्रा
भोकाहरुको रोटी बन्ने प्रयाससगै
सुरु भएको एउटा यात्रा
पौष माघको जाडो छल्न
न्यानो लुगा बन्ने इच्छासँगै
पसिनै पसिनाले भिजेर
केबल जीवनको भेगाइमा,रेटाइमा (more…)