उसले बोल्यो त्यस पछि म पनि बोले
मैले कुरा राखे त्यसपछि उसले पनि राख्यो
कहिले उ बोल्यो कहिले म बोले
पालै पालो हामी बोलीराख्यौ

उसले जे भन्यो मैले बुझिन
मैल के भने मलाइनै पत्तो भएन
उसले यसो भन्यो मैले सहमती जनाए
उसले त्यसो भन्यो मैले सहमती जनाए
दाह्री कन्याए जुंगा मुसारे
दौरा मिलाउदै च्युडोमा हात पनि राखे
हुनु भलाद्मी भए गर्नु कुरा पनि गरे
तर विडम्बना
मैले के भने उसले के भन्यो
मलाइ त छेउन कुना भेउनै पो रहेनछ
भरे श्रीमतीले सोध्दा पो पत्तो पाए