यसरी सुरु हुन्छ शंकाका रेखाहरु …????
घरमा शंका, कार्यलयमा शंका, साथीभाइहरु संगको भेटघाटमा शंका देशको राजनितीमा शंका जताततै वरीपरी विभिन्न शंकै शंका । म कार्यलय पुग्छु कतै श्रमीकहरुको हित विरुद्धमा षड्यन्त्रका तानाबाना त बुनिदैछैन कहिलेकाही सहयात्रीहरुको विचार सुन्छु त्याहा पनि शंकै शंका कतै अस्वस्थ प्रतिस्प्रधाको खेती त शुरु भएको छैन यसरी आजकाल म शंकै शंकामा बाँचेको छु । यसपाला मलाइ अर्को एउटा ठुलो शंकाले सताएको छ । सरकार विद्रोही बार्तामा सफलताको शंका । दुइ करोड नेपाली शान्ती चाहान्छन् र त्यो पनि अस्थायी होइन स्थायी रुपमा । विद्रोहीका हतियार विसोस्, तानाशाही शाही आकृतिको अन्त्य होस् र नँया नेपालको निर्माण होस् हरेक नेपाली जनताको चाहना यही हो । हामीले पनि कामना गरौ यो चाहना र आकंक्षा अब पुरा होस् । हामी स्वतन्त्र पुर्वक बोल्न हिडडुल गर्न, लेख्न पढ्न र बाँच्न पाउने न्युनतम मानव अधिकारको दायराभित्र रम्न सकौ ।
हुन त कुनै काम सम्पन्न हुनु भन्दा पहिलानै शंका गरीहाल्नु त्यत्ति उचित नहोला ।तै पनि अनुभवीहरु भन्छन् विहान हेरेर दिनको अड्कल काट्न सकिन्छ रे अनि संस्कार हेरेर उसको भावि चरित्रको आंकलन गर्न सकिन्छ रे । म यँहानिर विगतलाइ झक्झकाउन चाहान्छु उहि पटक पटक भएका शान्ती बार्ताका विषयहरुलाइ । हामीलाइ राम्ररी जानकारी रहनु जरुरी छ अब यो बार्ता सत्ता र राज्यसञ्चालक शक्तिको बाँडाफाँडमा मात्र सिमीत रहेन यो त समयको परिवर्तन संगै श्रमजीवी वर्ग र सदियौ देखी नेपाली जनताको रगत र पसिनामाथी होली खेलेर रमाउने कामचोरजमात विचको असमान खाडलले सृजना गरेको द्धन्द्ध एंव यसको समाधानका लागी विकास भइरहेका क्रमिक दस्ताबेजको रुपमा इतिहास सामु खडा भएको छ । मेरो अक्कलमा यो समय प्रसब काल हो र मलाइ यँहानीर पनि शंका छ कतै यो प्रसवकालमा हामीले चाहेको शान्ती तुहीने त होइन किन त किनकी अब सरकार र विद्रोही संग आ-आफ्नै न्युनतम आधाररभुत मान्यता छन् । यो एक दसक भन्दा पनि लामो विद्रोहका विच धेरै हत्या, अपहरण र ज्यादतीका श्रृङखलाहरु भए । कतिका परिवारै आजसम्म वेपत्ता छन् अधिकांस परिवार कुनै न कुनै हिसाबले इतिहासको यो कालखण्डको प्रत्यक्ष रुपमा गहकीलो साक्षी बनेको छ ।माओवादीले जनताको माझमा ब्यक्त गरेको न्युनतम बाचाबाट तल झर्न सक्दैन र सरकारले शाही जालोको पेरीफेरीबाट छलाङ मार्न सक्दैन । यो सरकारले राजालाइ स्वीकारी सक्यो । सेरेमोनीयल आदी इत्यादी नामले बचाएर राखीसक्यो । यसको हरेक क्रियाकलाप बोल्छ महाराज म हजुरको सेवक हुँ मलाइ माफ गरीबक्स्योस् । हजारौ मानीस घरवार विहिन छन्, बेपत्ता छन् खोइ त सरकारले इमान्दारी पुर्वक तिनको स्थीति सार्वजनीक गरेको । अनि तिनीहरुको स्थीति सार्वजीक नगरी माओवादीले सहमती गर्न सक्छ त के यसरी जनताको वेदना र विछोडको सही रुपमा समाधान नभइकन हुने कुनै पनि बार्ता सफल होला त । मलाइ शंका छ सरकार अझै सेना विस्तारमा लागेको छ । संसदमै कुरो उठ्यो सेना महत्वपुर्ण हतियार लुकाउन ब्यस्त छ अनि यता माओवादी सहर सहर घुमेर आफ्नो शक्ति प्रदर्सन र प्रचार प्रसारमा लागेको छ ।राज्यको कुन कुन विषयमा निसर्त सहमती हुन सक्छ र कुन कुन कुराहरुलाइ चाही आपसी समजदारीमा कार्वन्वयन गर्न सकिन्छ त यसको लेखा जोखा कसरी भएको होला त्यो त हेर्नै बाँकी छ। तै पनि मलाइ लाग्छ मण्डले र पञ्चहरु अहिले प सक्रिय छन् र यो शान्ति वार्ताको सफलता उनिहरुको अन्त्य हो त्यसैले हर हालतमा यसलाइ असफल पार्न उनीहरुको ठुलो प्रयास भइरहेको छ । यसमा प्रयोग को हुन्छन् त भन्ने शंकामा मलाइ लाग्छ यसमा सात राजनैतकि दलका नेताहरु र विशेष गरी ऐमाले माले नाम धारी कम्युनिष्टहरु नै यसको खेलाडी हुनेछन् यो मैले होइन नेपालको इतिहासले बोलेको तथ्य हो ।
देशमा जनताको शासन आइसके पछि के जनताका विरुद्धमा भएको कुनै पनि अपराध र ज्याजदीका घटनाको तथ्यपुर्ण छानविन हुनु जरुरी छैन । अनि ति अपराध मा संलाग्न हरुको सार्वजनीक वहसका साथ कार्वाहीका प्रक्रियाहरु कतिका चुनौतिपर्ण रहलान् यस्ता विषयमा मेरो यो तुच्छ विचारमा कुनै निष्कर्ष छैन तै पनि मलाइ लाग्छ नाताबाद र कृपाबादले यसलाइ पनि सर्लक्कै ढाक्नेछ र लगभग ढाकीसकिएको छ ।तै पनि शान्ति बार्ता सफल होस र मेरो यो शंकाको संसार चकनाचुर बनोस् लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद !
