भर्खरै मैले केही समाचारहरु प्राप्त गरे र मेरो संसार ब्लगमा उमेशजी को पनि समाचार पढे सबैमा एकै खाले कुराहरु सुनियो कोइराला बाजे दरबार छिर्नु भो तर किन र के का लागी कसैलाइ थाह छैन । तर धन्न नमान्नुहोला मित्र यो हाम्रो देशको परम्परा र नीयती दुबै हो । नेपाली जनताले बलीदानी पुर्वक ल्याएको लोकतन्त्रलाइ खेलौना सम्झीएका छन् नेताहरुले । जनताको आँखामा छारो हालेर अब यीनले नँया खेल सुरु गर्छन यो मेरो आशंका हो हेर्दै जानुहोला यो आशंका एकदीन यीनले सावीत गर्नेछन् । हामीले के पायौ र कति गुमायौ यसको मुल्यांकन गरौ । दश बर्षमा राज्यले कैयो आमाहरुलाइ सन्तान विहीन बनायो, कैयौ चेलीहरुको सिंदु पुछिए त कैयो दाजुभाइहरुका चेली र जीवन संगीनीहरुको साथ टुट्यो तर युको बदलामा हामीले खोजेका चिज पायौ त ? के शान्ती पायौ ? अमनचयन, शिक्षा, रोजगारी के यी सब पायौ त ? अझ यसको पनि आसा नगरौ एक झर पानी छल्नको लागी छाप्रो, दुइ छाक टार्नकेा लागी एक टुक्रा रोटी र ज्यान ढाक्नको लागी एक टुक्रा कपडा समेत पाएनौ । अव पनि के को आश गर्ने ? हिजो मात्रै जस्तो लाग्छ लगभग दुइदर्जन नेपालीले ज्यान गुमाएको, यो आलो घाउ अझै सुकेको छैन । ति सहिदको ढिकुरो नउठाउदै नोताहरुको दरबार यात्रा सुरु भइसक्यो यो के का लागी र किन ? अब यीनले जनताको बिचबाट जवाफ दिन सक्नु पर्छ । जनताको अगाडी पारदर्शी रुपमा जान सकेनन् भने यी नेताहरुको दरवार यात्रा हैन अब परलोक यात्रा सुरु हुनेछ अत्ति भनेको अत्तिनै हो अत्ति गरेपछी कसैलाइ पनि माफ गर्न सकिन्न !