हिजो बेलुका नेपाली मन पल्टीएर समाचार हेरीरहेथ्यो एउटा कार्यक्रममा महिला नेतृ चित्रलेखा यादव महिला हकबारे अभिब्यक्ति दिइरहनु भएको थियो । उहाको कथन थियो पुरुषहरुलृ जहिले पनि महिलाहरुलाइ पदमा रहन दिदैनन्- काम गर्ने कालु मकै खाने भालु भनेको यही हो ।हुन पनि लगभग अहिले त्यसै भयो । उपसभामुख लाइ सभामुख बनाउने कुरामा किन कन्जुस्याइ के एमालेले सभामुख लिदैमा अब नेपाल कायलपलट हुन्छ त ? यस्तो परादर्शी कुरामा त यती धेरै असमानता छ भने राजनैतीक पार्टीहरुको समान हक अधिकार बारेका दस्ताबेजको के अर्थ ? अर्को गलत प्रथा पनि छ हामी माझ हामीलाइ त्यो चाहीन्छ उ चाहीन्छ ए धतुरे हो तिमीहरुलाइ त जनताले खेताला पठाएका हुन जनताका इच्छाअनुसार काम गर्ने मानो खाने ज्यादा बकबास किन ? यो तिमीहरुको अंशावण्डा गर्ने अखाडा हो नियमानुसार जसले उपसभामुखको काम गरीरहेछ उसलाइ सभामुख बनाउनु किन मिलेन? अनि धिक्कार ति महिला सांसदलाइ पनि के सधै गलत प्रथाको सहेर वा चुप लागेर समर्थन गरीनु पर्छ ।? नानाथरी महिला आवाज उठाउनेहरुको भिड खोइ कहा छ ? आवश्यक र महत्वपुर्ण कुरामा आवाज नउठाउने अनि समान अधिकार र के के नारवाजी गर्दै सडकमा दौडदैमा महिला हित हुन्छ र ? यस विषयमा त्यत्ति जानकार त हैन एउटै कुरो भन्न सक्छु यो संसदले महिला माथी अन्याय गरेकै हो बाँकी बोल्ने नबोल्ने तपाइहरुकै विचार !
म बोल्छुनेपालीमन,May 21 6:47 am
