आज यो नेपाली मन ज्यादै हर्षीत छ पक्कै पनि तपाइहरु पनि हुनुहुन्छ होला । खबर आएको आइ छ लौ फलानो ठाउमा लोकतन्त्रको खुसीयालीमा यस्तो कार्यक्रम छ रे । जनताको त्यो अपार शत्ति र उत्साहले दुइ सय सैतिस वर्ष पुरानो र जर्जर त्यो बुढो रुख आज गर्ल्याम्म ढल्यो । अब त्यो उठ्न पनि सक्दैन र मुडोको फेद बाट नँया पालुवा पनि पलाउन नसक्ने भएको छ यस्तै आशा गरौ । लोकतन्त्रका लागी जसले जीवनको वलीदानी दिए उहाहरुमा हार्दिक श्रद्धान्जली । यस दौरानमा ज-जसले जीवनको शाररीक पुर्णता गुमाए उहाहरुमा उच्च सम्मान र सहानुभुती । यसक्रममा ज- जसले स्वदेश वा प्रवासबाट उल्लेख्य भुमीका निभाए उहाहरुमा पनि हार्दिक आभार तथा नया राज्यसत्ता अझ भनौ जनताको सत्ताको आगमनको प्रारम्भ संगै सम्पुर्ण न्यायप्रेमी नेपालीहरुमा सलाम किनकी लोकतान्त्रीक नेपालको सपना लगभग साकार भएको छ विर सहिद अमर रहुन ! लोकतान्त्रीक नेपाल जिन्दाबाद !जिन्दाबाद !!