मनोरम जंगल,
जंगलमा जिनतीन जोहो गरिरहेका प्राणीहरु
सुख दुखको कहानी कोर्दै बाँचीरहेका
ति विचरा प्राणीहरु
त्यही जंगल, त्यही दुश्यका बिच
एउटा देख्दै घृणा जाग्दो सिहं
उसको उत्तराधिकारी त्यो छोटो सिहं
कुनै दिन त्यो जंगलको ठेकेदार थियो
काम ठेक्कापट्टाको
यताको मुर्ती उता लैजाउ
बेच्नु बेच्यो, मन्दीर सक्कायो
लगभग जंगल धार्मीक र पुरातात्वीक वस्तु विहिन भयो
जंगलमा दुइ तिन उधोग खोल्यो
वार धायो, डिस्को धायो
क्यासीनो छिर्यो कुट्नु कुट्यो
जंगलमा संगीत सृजेर बाँच्नेहरुलाइ मार्यो
हुँदा हुँदा आफ्नै साख्खै दाइलाइ मार्यो
भाउजु, भतिज भतिजी छानीछानी मार्यो
अन्त्यमा त्यो लोकका अरु प्राणीको आँखा छोपेर
त्यो मिलनसार भतिजोलाइ हत्यारो बनायो
हत्या पछि पनि लोकको नजरमा गिरायो
लोकले मानेन जवर्जस्ती मनायो
जंगलमा तानाशाही राज ल्यायो
अब जंगलमा स्वतन्त्र विचरणका दिन सकियो
वासस्थानमै घेरा हालीहाली
अरु प्राणीहरुको पत्तासाफ गर्यो
गुड बसेका चराहरु लाइ
बचेराकै अगाडी गोलीका सिकार बनायो
अब त सुरक्षीत भए भनेर मोज मस्ती तिर लाग्यो
कहिले जंगलको उ छेउ पुग्छ
कहिले जंगलको यो छेउ पुग्छ
अरु स-साना प्राणीहरुलाइ
समाती समाती लाइन लगायो
पुष्प गुच्छा आफ्नो सिरमा राख्न लगायो
फोटो खिच्यो भिडीयो बनायो
अरु जंगलका उस्तै प्रकारका अरु सिहंहरुलाइ देखायो
त्यो लोभी पापी हत्यारो सिहं
केहिदिनका लागी सुपर हिरो झै देखीयो
जंगलका प्राणीहरुले सहिनसक्नु भएर खेदेका हत्याराहरु
लोभी स्यालहरु र धुर्त व्वासोहरुको जमघट गरायो
घरी यता चिच्याउन लगायो
घरी उता चिच्याउन लगायो
प्यारा सिहं आउ जंगल बचाउको नारा लगाउन लगायो
पुरेत बोलायो, पण्डीत जुरायो
गर्नु गर्यो, मार्नु मार्यो अब चै बाच्नै नसकीने भो भनेर
जंगलमा गाइगुइ चल्न थाल्यो
सुरुसुरुमा त छेकेकै हो
मार्नु मारेकै हो
केही सिप लागेन, उस्को दम सकियो
र लोकको अघि त्यो पापी सिहं
घुडा टेक्न पुग्यो, घुडा पनि के टेक्थ्योर टेके झै गर्यो
अझै पनि मौकाको खोजीमा छ
फेरी कुन दिन यसले भसक्कै पार्ने हो
त्यो बुढो सिहं, लोभी पापी स्यालहरु र ब्वासाहरु
मौकाको खोजीमा ढुकीरहेछ
हेर्दै जानोस कुन दिन यसले बल पुर्‍याउछ
लोकको सत्यानास पार्छ
त्यसैले बेलैमा यसलाइ खेद्नु पर्छ
डाडा कटाउनु पर्छ