अब त गिर्जाका जालझेल र देउवाको नाटक औधी भो
माकुनेका चिल्ला भाषणले कान सुन्नियो
त्यसैले यी सबलाइ जेल भित्र कोचेर हुन्छकि
यीनका डडान्लोमा कोर्रा ठोकेर
हे नेपाली दाजुभाइ हो
जसरी भएपनि अब मलाइ स्थायी शान्ती चाहियो
जुमलाको पिडा जुमलामै छ
कालीकोटको ब्यथा कालिकोटमै छ
दाङ र दैलेखका आफ्नै कथा छन्
वार र पर्सामा भोक दन्कीएको छ
अब त हुँदा हुदा संसद भवनमै गाइजात्रा हुनथाल्यो
त्यसैले यनिका छाडा बोलीमा सिमाना लगाएर हुन्छ कि
यीनका अहमतामा किला ठोकेर हुन्छकी
हे नेपाली दाजुभाइ हो
मलाइ जसरी भएपनि समुन्नत समाज चाहियो
पेटभरी भात खाने सपना नेपालीको सपनै भयो
एक निन्द्र ढुक्कले निदाउने चाहनामा खडेरी पर्यो
सत्ताको खिचातानीमा जनताको नाम बेचेर
नेता नामका कुकुर प्राणीहरुले बसीनसक्नु पारे
यीनलाइ देश निकालेर हुन्छकी
फेरी पनि आन्दोलन छिचोलेर
परदेशमा बसेर नेपाल देख्दा पनि कहाली लाग्दो भो
त्यसैल ज्ञनेको गर्दन सेरेर हुन् कि बामेको मुख भत्काएर
वावुरामको विचार प्रयोग गरेर हुन्छकी प्रचण्डको सेना लगाएर
मलाइ लोकतान्त्रिक नेपालको चम्कीलो अनुहार चाहियो
