यस अर्थमा नेपालका सात राजनैतिक घटक चोर हुन, जनतामारा हुन !

जनताको बलले प्रतिनीधि सभा पुनर्स्थापना भएको भन्छन् तर राजाको पाउमा ढोग गरीरहन्छन्
जनताको चाह राजालाइ सदाको लागि विदा गर्नु हो तर नेता भने राजकै वरीपरी घुमीरहन्छन्
माओवदी संग वार्ता गर्ने भन्छन् तर उनिहरुकै विरोध गरीरहन्छन्
हामी जनताकै लागी लडीरहेछौ जनताहो अझै लड्न बाँकी छ भन्छन् तर आफु चाँही निरन्तर कुर्सीको लुछाचुडीमा सामेल भइरहन्छन्
लोकतन्त्रको फेस्रो भाषण दिन्छन् र आफ्नै पार्टीका लोकतन्त्रप्रमी नेता कार्यकर्तालाइ पाखा लाइरहन्छन
सडकमा जनताको सामु लोकतन्त्रको हुँकार छोड्छन् सदनमा वकम्फुसे वहसमा तल्लीन रहन्छन्
हामी सर्वहारकृत पार्टी हौ भन्छन् अनि सदनमा सभामुखका लागी महिला नेतृ चित्रलेखा यादवलाइ पन्छाउन चाहन्छन्