आदरणीय न्याय प्रेमी स्वदेशी तथा प्रवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु एवं श्रमजीवी नेपालीहरु !
यो ब्लग न्यायका खातिर उभिने नेपालीहरुको आवाज हो । स्थायी शान्ती, स्वतन्त्रता,मानवीयता र दिगो विकासका खातिर आवाज वुलन्द गर्न र गराउनको लागी समर्पीत एउटा झिनो प्रयास हो । प्रवासको जीवनमा बँचेखुचेका समयलाइ मिलाएर तयार भएको केही घण्टाको सदुपयोग मात्र हो । यसो पनि किन त ? किनकी हामीले यही संसारमा जीवनको सुरुवात गर्‍यौ यही समाज जसले हामीलाइ न्याय र समानता पाठ पढायो अब हाम्रो यही समाज र संसार प्रति कुनै दायीत्व छैन त ? यही सेरोफेरोमा घुम्दै नेपाल र नेपालीको हितका लागी, स्थायी शान्ति, मानवीयता, स्व्तन्त्रता र दिगो विकासका खातिर कलम चलाउनु यो ब्लगको धर्म हो र अन्तिम लक्ष्य पनि । यही आसपासमा रहेर जिज्ञासा लेखिदिनु हुने तपाइ सम्पुर्ण सहयोगी मित्रहरु र विषेश गरी सुधिर जि, अनन्त जि र महेश जि धेरै धेरै धन्यवाद तपाइहरुकै जिज्ञासा र अरु नियमीत पाठकहरुको मनको खुल्दुली मेटाउन आफ्नै बारे केही लेख्ने अनुमती चाहान्छु ।

यस ब्लगमा कस्ता कस्ता सामाग्री समावेश हुन्छन् ?

सामान्ती र ब्यक्तिबादी मोनदशाबाट प्रेरीत नभएका
नेपाल र नेपाली समाजको प्रतिनिधीत्व गर्ने
सामाजीक मुल्य र मान्यताको विपरीत नजाने
राजावादी र राजभक्तिले प्ररीत नभएका
आमुल परिवर्तनका लागि चलेका युद्धका हरेक पक्षहरु
मानवीय मुल्य र मान्यताको पक्षपोण गर्ने
र समग्रमा श्रमजीवी वर्गको हितको खातिर आवाज उठाउने हरेक सामाग्रीहरु

यस ब्लगमा तपाइ हरेकले आफ्ना सामाग्री, सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुनेछ जसको लागी निम्न ठेगाना याद गर्नुस्
nepalimanblog@gmail.com वा
abiralyatri_poet@yahoo.com