अग्निद्वीप
शरीर तिम्रो ढलेपछि मशाल हाम्ले जलाएछौ
रगत तिम्रो बगेपछि शिविर हाम्ले चलाएछौ ।
दुश्मनको ताती आयो चट्याङ बनी जाई लाग्यौ
तिम्रो गर्जन सुनी हाम्ले दुश्मन भीरमै ढलाएछौ ।
रगत तिम्रो शरीर तिम्रो
बलिदान तिम्रो भयो जीत भयो जनताको
त्यही जीतले देशभरि नै दुश्मनलाइ गलाएछौ ।
रगत तिम्रो शरीर तिम्रो
बाँकी तिम्रो सपनालाई पूरा गर्ने कसम खान्छौ
सपना त्यो पूरा गर्न बन्दुक दह्रो समाउछौ ।
रगत तिम्रो
शरीर तिम्रो
(धादिङको डाडाखर्क मोर्चामा शहादात प्राप्त गर्नु हुने पाचौ व्रिगेड, नया बटालियनका योद्धाहरु क.रमेश, क.छिरिड, क.हुकारप्रति र्समपित।)
माकुनेका भाषण र ओलीको पुकार, कुँडेको दुध रित्याएर भान्छैमा निदाउने ढाडेको सपना !
भोको रहुन्जेल कुकुरले पुच्छर हल्लाउदै मालीकको पछि लुखुर लुखुर हिड्छ जब मालीकले आफ्नै गाँस काटेर पेट भरीदिन्छ त्यसपछि मालीक तिरै फर्केर भुक्न थाल्छ । कामको चापले होला थकाइले चुर भएको छु ।पाएका समाचार र लेखहरु पनि पुर्ण रुपमा पस्कने समय पनि छैन ।एक गाँस च्यापेर सुत्ने तरखरमा थिए टिभीले समाचर पस्कीयो आँखा तानेर लम्पसार परे लगत्तै ओलीको गर्जन सुनियो अँ के रैछ नँया सरकारको नँया कार्ययोजना उत्साहीत हुँदै सिरानी तानेर अलिक ठाडो परे । मुख मिठ्याउदै ओली भन्दै थिए अझै पनि प्रतिगामीहरु सक्रिय छन् जनताले विश्राम लिने बेला हैन यो । तँपाइहरु जागीरहनुस खबरदारी गरीरहनुस् ।हे लोकका प्राणीहरुहो वलीदानी गरीराख हामी कुर्सीमै टाँसीइरहन्छौ वोलीको आशय यस्तै थियो मैले पहिलो चोटी अलिक फरक कुरा पनि देखे ओलीकै पछाडीतिर शिरमा गणतन्त्र जिन्दाबाद लेखीएको रातो रुमाल बानेर केही युवाहरु उभिएका थिए सायद पहरा दिदै थिए क्यार यो चाही अलिक फरक लाग्यो किनकी नेताहरुको पछाडी त सेना र उसको हतियार हुन्थ्यो तर आज यीनलाइ जनता चाहीएको छ किनकी यीनले बुझीसके जनतासंग पाउठेजोरी खेल्नु सम्भव छैन त्यसैले जनतालाइ आश देखाएर र लठ्याएर आफु महलमै बाँची रहने निकृष्ट सपना छ उनिहरुमा जसरी हुन्छ कुर्सीमै टासीरहने हाडिघोप्टे मोहले भरीएको छ उनिहरुको सोचाइमा
नेपालमा एउटा ऐमाले नामको विरुप पार्टी छ र यसका केही कुरुप अनुहार मध्ये एउटा देख्दै घिनलाग्दो अनुहार छ त्यो अनुहारको नाम हो माकुने लगत्तै उनी पनि झुल्कीए नाके आवाजले भन्दै थिए अब शाही सेना होइन नेपाल सेना बनाइनु पर्छ मेरो तुच्छ विचारले मात्र यो देखेको हो कि के मानीसको आवरण फेरीदैमा उसको व्यवहार पनि बदलीन्छ र यदी त्यसो भए त ओम शान्ती नामको धार्मीक संस्थाका सदस्यहरुले लगाउने सेतो पहिरन सबै नेपाली लाइ लगाइदिउन शान्तीको वाहर लाग्छ कि यती केटीकेटी कुराले सामाजीक परिवर्तनको सपना र लोकतन्त्रको सदिक्षा पुरा होला त मलाइ लाग्छ यो त गरीव नेपालीको सपनामा भाजो हाल्ने अर्को प्रयास हो कीनभने शाही सेनको व्यवहारीक परिवर्तनको जीम्मा लिनुपर्छ अबको सरकारले के त्यसो भएको छ त सरकारमा गएको एक हप्ता नपुग्दै सेनाको बुटको स्वाद पाइसके सामाजीक चेतनाका संवाहक पत्रकार हरुले । धार्मीक कार्यक्रममा सामेल दिदी बहिनीहरु आमाहरु शाही सेनाको दुर्व्यवहार र आतंकका सिकार भइसके यस अर्थमा र हिजोका दिनमा भएका यी नेता र राजनैतिक संस्थाका व्यवहार बाट पनि हामीलाइ राम्रो ज्ञान मिल्छ । हुन त स्थाइ शान्तीको चाह र आमुल परिवर्तनको पक्षामा ओकालत गरीनु आजको आवश्यकता हो तर मलाइ किन किन यस्तो लाग्छ माओवादी संगको शान्ती वार्ता यसपाली पनि नेताहरुकै कारणले ओझेलमा पर्न सक्छ किनभने यीनले कुर्सी छोड्नु भनेको कुकुरले हड्डी छोड्नु जस्तै हो बाँडेर खानु र मिलेर बाँच्नु यीनको संस्कारमा पर्दैन त्यसमा पनि गधालाइ नुहाएर वाइ बन्ला र आशा राखौ हाम्रो अपार साहास र बलले यो सम्भावीत दुर्घटालाइ रोक्न सक्षम हुनेछौ लोकतान्त्रीक नेपाल जिन्दाबाद !
