युद्धमा हारेकाहरुलाइ माफी हैन अन्तराष्ट्रिय मानवीय कानुन बमोजीम सजाय जरुरी छ ।

वर्तमान जनआन्दोलन पछि एकाएक राज्यले फरक मोड लियो । संविधानसभा, अन्तरीम सरकार र माओवादी संगको वार्ताले अहिले देश र देश बाहिर चर्चा पाएको छ । के जनआन्दोलनको मर्म अब पुरा होला त ? या फेरी पनि जनताले आवाज उठाइरहन जरुरी छ ? के यो जनआन्दोलनका क्रममा दमनमा उत्रनेहरुलाइ अब सजाय होला या नहोला र यीनीहरुमाथी सजाय जरुरी छ या छैन ? यी र यस्तै प्रश्नहरु बिच हामी आज चर्चा गर्ने छौं ।

युद्धमा हारेकाहरुलाइ सजायको ब्यवस्था
हिजो मात्रै लोभी र लालसी नेताहरुको छायाभित्र जनताको अपार साहस र रंगीन आकक्षा तुहीयो । हिजोको जनआन्दोलनलाइ राजतन्त्र र यसका घृणित कार्यहरु विरुद्धको युद्ध मानीनु पर्छ । यदी यसो भयो भने लोकविनासकारी र आमजनचाहना विपरीत सिफारीस गर्ने थापा, गिरी, कोइरालाहरु र देशको प्रत्यक्ष शासनको रहर गर्ने ज्ञानेन्द्रहरुलाइ जनअदालतमा उभ्याइनु पर्छ जनताको कठघरामा उभ्याइनु पर्छ । उसको अपराध के हो ? त्यो जनताले ने निर्क्यौल गर्छ । उसको लागी सुहाउदो सजाय के हो ? त्यो पनि जनतालेनै निर्क्यौल गर्छ । किनकी हिजो तिनकै पाउमा मोहर चढाउनेहरुले आज फेरी तिनै माथी उचित कारवाही गर्लान् भन्ने के ग्यारेन्टी ? युद्ध अवधीभर सकेसम्म हत्या हिंसा र दमन उत्रिएर जनताको आवाज बन्द गर्न खोज्ने अनि हारीसके पछि अब म चुप छु भोली गर्दीन भन्दैमा उसलाइ माफि दिन मिल्छ ?

जसले आज बर्षायो भोली पनि के शक्ति हातमा आए पछि छानी छानी तिनै जनताको छातीमा गोली बर्साउदैन र ? त्यसैले सबैभन्दा पहिला सेना र प्रहरीका मुख्य ब्यक्तीहरुको र हिजो सत्तामा रहनेहरुको पासपोर्ट जफत हुनु पर्छ कसले अधिकार दुरुपयोग गरेको हो निश्पक्ष छानवीन गरीनु पर्छ त्यसपछि तिनलाइ जनताको माझमा उभ्याएर जनतालाइनै सजाएको निर्णय गर्ने अधिकार दिइनु पर्छ । तब मात्र सुरुवात हुनेछ नेपालमा जनताको शासन नत्र उहि पुरानै ढोगीं र लालसी नेताहरुको हातमा शासन पुग्छ त्यसपछिका दिन हामीले धेरै देखीसक्यौ भोगीसक्यौ ।
(more…)