राष्ट्रिय जनसाँस्कृतिक आन्दोलनलाई चोमोलुङ्माको उँचाइमा उठाऔं
बादल
कमरेडहरु ! पुर्वी कमाण्डको चोमोलुङ्मा आधार क्षेत्रमा सम्पन्न भइरहेको यो ऐतिहासिक प्रथम उपक्षेत्रीय प्रशिक्षण तथा भेला कार्यक्रम एउटा ‘कोशेढुङ्गा’ हो । किनभने यसले एउटा लाल शिशु जन्माउ“दैछ जसले एकदिन अवश्यै चोमोलुङ्माको चुली छुनेछ । यसले एउटा नया“ विचार र नया“ हतियार निर्माण गर्दैछ जसले अन्ततः जनशत्रुहरुमाथि विजय प्राप्त गर्नेछ ।
स“स्कृति, मानव सभ्यताको संघनित विचारधारात्मक-भावनात्मक अभिव्यक्ति हो । स“स्कृति मानव समाजको सभ्यताको परिचायक पनि हो । पशुजगतको कुनै सभ्यता एवं स“स्कृति हु“दैन । तर वर्गीय समाजमा स“स्कृति, वर्ग-सापेक्ष हुन्छ । त्यो विविध र विपरीत हुन्छ । साथै त्यो समाज विकासको सापेक्ष पनि हुन्छ । वर्ग-समाजको वस्तुगत राजनीति, अर्थतन्त्र, दर्शन, साहित्य/कला, नैतिक मूल्य-मान्यताहरु मनोजगतमा विचारधारात्मक एवं भावनात्मक रुपमा प्रतिविम्वित हुन्छन् र प्रतिक्रियास्वरुप वस्तुगत/आधारलाई प्रभाव पार्दछन् । उत्पीडित र उत्पीडक, शासक र शासित तथा शोषक र शोषितको सा“स्कृतिक प्रवृत्ति एवम् प्रकृतिहरु अन्तरविरोधी हुन्छन् ।
अब प्रश्न उठ्छ - नेपाल र नेपाली जनताहरुले कुन वर्ग-स“स्कृतिको पक्षपोषण र पर््रवर्द्धन गर्ने - अखिल नेपाल राष्ट्रिय जनसा“स्कृतिक संघले कुन वर्ग-स“स्कृतिको - किन र कसरी - पक्षपोषण एवं पर््रवर्द्धन गर्ने - सा“स्कृतिककर्मीहरुको कर्म र चिन्तनको वर्ग-दिशा के हुने - यी आधारभूत प्रश्नहरुको नया“ उ“चाइ र आवश्यकताको धरातलबाट वैज्ञानिक एवम् क्रान्तिकारी समाधान खोज्नु सिद्धान्ततः यो प्रशिक्षण तथा भेलाको र्सार्थक उद्देश्य हुनर्ुपर्दछ, साथै, व्यवहारतः यो एउटा ‘ऐतिहासिक पहल’ बन्नर्ुपर्दछ ।
स“धै दृष्टिकोण/प्रवृत्तिको सवाललाई प्रस्थान बिन्दु बनाउ“दै त्यसलाई शर्ीष्ामा राखौं †
कुनै प्रस्थान विन्दुको आफ्नो गन्तव्य हुन्छ, भावनाको विचारस“ग सम्बन्ध हुन्छ, साधनको साध्य हुन्छ, कारणको परिणाम हुन्छ, वर्गको आफ्नो चरित्र हुन्छ, अर्थात् हरेक वस्तुको आफ्नो दृष्टिकोण वा प्रवृति हुन्छ । वर्गीय समाजमा विपरीत वर्ग-प्रवृतिहरुको दृष्टिकोण तथा प्रवृति स्वभावतः विपरीत हुने गर्दछन् । परजीवी वर्ग ध्वंश्ाात्मक/प्रतिगामी हुन्छ, श्रमजीवी वर्ग श्रृजनात्मक/क्रान्तिकारी हुन्छ । पहिलो - कुरुप हुन्छ, दोश्रो - सुन्दर हुन्छ । एउटा रुढीवादी हुन्छ, अर्को वैज्ञानिक हुन्छ । यसरी, दर्ुइ भिन्न बस्तुगत वर्ग-आधारबाट दर्ुइ विपरीत आत्मगत दृष्टिकोण तथा प्रवृतिहरु जन्मन्छन् । ध्वंशात्मक भावना -कुभावना) बाट ध्वंशात्मक विचार पैदा हुन्छ । रचनात्मक सोंचबाट क्रान्तिकारी भावना बन्छ । यसरी भावना र विचारको संघनित/केन्द्रित अभिव्यक्ति हो - दृष्टिकोण वा प्रवृति । भावना तथा विचारलाई विशुद्ध भावना वा विचारबाट पर्ूण्ातः बुझन सकिंदैन, अपितु त्यसको वस्तुगत परिणाम/आधारस“ग जोडेर मात्र त्यसलाई पर्ूण्ातामा बुझन सकिन्छ । विचार तथा भावनालाई वस्तुगत आधार/परिणामबाट पृथक गरेर बुघ्नु या त अज्ञानता हो या अवसरवाद/प्रतिक्रियावाद । त्यसलाई अन्तरघुलित रुपमा बुघ्नु नै वैज्ञानिक एवं क्रान्तिकारी दृष्टिकोण हो । त्यसैले, जनसा“स्कृतिक संघले जनस“स्कृतिलाई बुझन र विकास गर्न, साथै जनविरोधी स“स्कृतिलाई बुझन र ध्वंश गर्न-वैज्ञानिक एवम् क्रान्तिकारी दृष्टिकोण/प्रवृतिलाई आफ्नो प्रस्थान विन्दु बनाउ“दै त्यसलाई शर्ीष्ामा राख्नु पर्दछ । र्सवहारा वर्गको दृष्टिकोण तथा प्रवृति नै वस्तुतः सबभन्दा वैज्ञानिक एवं क्रान्तिकारी हुन्छ । ‘मार्क्सवाद-लेनिनवाद-माओवाद’ त्यसको आत्मगत विचारधारात्मक अभिव्यक्ति हो । नेपालको विशिष्ट सर्न्दर्भमा, ‘प्रचण्डपथ’को रुपमा त्यसको प्रयोग एवं विकास भइरहेको छ ।
राष्ट्रिय-जनवादी वैज्ञानिक जनस“स्कृतिको रक्षा र विकास गरौं !
नेपालको विद्यमान सामाजिक संरचनामा दर्ुइ विपरीत वर्गहरु परस्पर जीवन-मरणको भीषण द्वन्द्वमा गुत्थिएका छन् । एकातिर, मुठ्ठीभर सामन्त, जमिन्दार, नोकरशाह/दलाल पू“जीपति तथा साम्राज्यवाद/विस्तारवाद, अर्कोतिर - र्सवहारा, ग्रामीण एवं शहरी निम्न एवं मध्यम तप्का लगायत राष्ट्रिय पू“जीपतिहरुको विशाल जनसमुदाय । पहिलो, शासक र शोषक र दोश्रो, शासित र शोषित अवस्थामा छन् । फलतः दर्ुइ शत्रुतापर्ूण्ा स“स्कृतिहरु परस्पर टकराइरहेका छन् । सामन्तवाद तथा साम्राज्यवादको अन्तरघुलनबाट र्’अर्धसामन्तीर्-अर्धऔपनिवेशिक’ प्रकारको विकृत स“स्कृतिको निर्माण भएको छ । जसले रँष्ट्रिय आत्मर्समर्पण, राजनैतिक एकाधिकार, निरंकुशता, अन्धविश्वास, छुवाछुत, शक्तिपूजा, बलात्कार, व्यभिचार, चाकडी, पाखण्ड, परजीविता/परनिर्भरता आदिको महिमागान गर्दछ र तिनलाई अद्वितीय र अनुपम देख्दछ, ‘वीरता’ र ‘विवेक’ ठान्दछ । यही ‘वीरता’ र ‘विवेक’बाट त्यो सत्तँधारी गुटले आफ्नो ‘र्स्वर्ग’को निर्माण गरेको छ । र, त्यसको विकास र विस्तारमा षडयन्त्ररत छ । अर्कोतिर, र्सवहारा, देशभक्त तथा अन्य श्रमजीवी जनताहरुको अन्तरघुलनबाट एउटा ‘नया“ जनस“स्कृति’ को निर्माण एवं विकास हु“दै गइरहेको छ । जसले, राष्ट्रियता, जनवाद, विज्ञान, आत्मनिर्भरता र सामाजिक समानता तथा प्रगतिलाई शिव र सुन्दर देख्दछ । त्यसलाई क्रान्तिकारी वीरता र विवेक ठान्दछ । आज जनयुद्धको माध्यमबाट नेपालमा विभिन्न जाति/जनजाति, लिङ्ग, वर्ग, क्षेत्र र समुदायहरुको अन्तरघुलनबाट २१ औं शताब्दीको एउटा नवीन राष्ट्रिय जनस“स्कृतिको निर्माण भइरहेको छ । जसमा हामी भावी विश्व जनस“स्कृतिको भ्रूण देख्न सक्तछौं । त्यसैले, राष्ट्रिय जनसा“स्कृतिक आन्दोलन विश्व जनसा“स्कतिक आन्दोलनको अभिन्न अंग बन्नु पर्दछ ।
संशोधनवादी/अवसरवादी स“स्कृतिको पनि खण्डन गरौं !
निश्चय पनि, जनसा“स्कृतिक आन्दोलनको प्रहारको मुख्य निशाना सामन्तवाद-साम्राज्यवादद्वारा निर्मित विकृत स“स्कृति नै हो तर संशोधनवादी/अवसरवादी स“स्कृति जसले त्यसलाई टेवा पुर्याउ“दछ - त्यसको समुचित खण्डन नगरी क्रान्तिकारी प्रहार पर्ूण्ातः प्रभावी हुन सक्तैन । ‘ताक परे तिवारी नत्र गोतामे’ स“स्कृति हानीकारक खिया हो जसले क्रान्तिकारी अस्त्रलाई भुत्ते बनाउ“छ । यो स“स्कृतिको मुख्य विशेषता सामन्तवादी-साम्राज्यवादी स“स्कृतिको कथित उन्नत ‘रुप’ स“ग ‘क्रान्तिकारी सार’ को सौदावाजी गर्दछ । यसले स“स्कृतिलाई राजनीतिर्/अर्थतन्त्रबाट पृथक गर्दछ र ‘विशुद्ध स“स्कृति’को परिकल्पना गर्दछ । यसले सा“स्कृतिक ‘निपुणता’ लाई सबै थोक ठान्दछ र ‘लाल’ लाई लत्याउ“छ अथवा आफ्नो अधीन ठान्दछ । क्रान्तिकारी आन्दोलनमा प्रवेश गर्ने र पछि पलायन हुने वा ज्ञाने-वुशका समक्ष ‘देशभक्ति र प्रजातन्त्र’ को राग अलाप्नु यसकै ज्वलन्त नमूना हुन् । लाललाई केन्द्रविन्दुमा राखेर निपुण बन्नु र निपुणताबाट अझ लाल बन्नु नै संशोधनवाद/अवसरवादको प्रभावकारी खण्डन हुन सक्तछ ।
र्सवहारा क्रान्तिकारी नेतृत्वको विकास र स्थापनामा जोड् दिऔं !
प्रतिक्रियावादी तथा अवसरवादी संस्कृतिका विरुद्ध निरन्तर संर्घष्ा तथा विजयका लागि अविचल एवं स्पष्ट नेतृत्व अपरिहार्य शर्त हो । यसको अभाव तथा अनुपस्थितिमा क्रान्तिकारी आन्दोलनको श्रृंखला टुट्ने वा त्यसले गलत दिशा लिने गरेका प्रशस्त तीता अनुभवबाट हामी गुज्रेका छौं । अहिले पनि त्यो पर्ूण्ातः समाधान भएको छैन । निम्न-पू“जीवादी वस्तुगत धरातल तथा प्रतिक्रियावादको भीषण प्रहारबाट निम्न-पू“जीवादी क्रान्तिकारी नेतृत्वमा अस्थिरता, विचलन तथा पलायन पैदा हुने गर्दछ । र्सवहारा क्रान्तिकारी सबै घात-प्रतिघातहरुलाई पचाउ“दै अविचल अघि बढिरहन सक्दछ । उसले सबै प्रतिकूलताहरुमा आफूलाई अनुकूल बनाउन सक्छ । सबैभन्दा उत्पीडित भएको र गुमाउने केही नभएकाले व्यवहारतः र्सवहारा सबैभन्दा क्रान्तिकारी हुन्छ । त्यसैले, निरन्तर शुद्धीकरण, क्रान्तिकारीकरण तथा र्सवहाराकरणको प्रक्रियालाई जोड दिएर मात्र सा“स्कृतिक आन्दोलनमा र्सवहारा क्रान्तिकारी नेतृत्वको विकास एवं स्थापना गर्न सकिन्छ ।
संगठनमा, ‘नोकरशाही-अराजक’ निम्न-प“ूजीवादी कार्यशैलीको विरोध गरौं !
क्रान्तिकारी लक्ष्य प्राप्तिका निम्ति दर्ुइ अकाट्य एवम् अभेद्य अस्त्रहरु आवश्यक हुन्छ - एक, क्रान्तिकारी विचार, र दर्ुइ, क्रान्तिकारी संगठन । क्रान्तिकारी दृष्टिकोण र विचारको शर्ीष्ास्थताबारे मैंले प्रारम्भमा नै चर्चा गरिसकें । अब क्रान्तिकारी संगठनको आवश्यकता अथवा जोड दिएर भनौं - त्यसको अनिवार्यताबारे पनि यहा“ चर्चा नगर्दा विषयवस्तु अपर्ूण्ा हुनेछ । सामाजिक यथार्थ -वस्तुजगत) मानव मस्तिष्कमा -मनोजगतमा) क्रान्तिकारी विचारको रुपमा प्रतिबिम्वित हुन्छन् र मानव-व्यवहार मार्फ् पुनः वस्तुजगतलाई प्रभाव पार्दछन् । तर पृथक-पृथक -असम्बन्धित) मानव-व्यवहार र चिन्तनले सामाजिक यथार्थमा क्रान्तिकारी रुपान्तरण ल्याउन सक्दैन, अपितु त्यसको निम्ति केन्द्रित विचार तथा केन्द्रित व्यवहार अर्थात् संगठित धक्काको आवश्यकता हुन्छ । तर्सथ, विचार तथा संगठन -व्यवहार) को केन्द्रीकरण अविभाज्य र अन्तरसम्बन्धित हुन्छन् ।
जनवादी-केन्द्रियताको ‘विचार’ र्-र्सवहारा संगठनात्मक सिद्धान्त) को आधारमा नै क्रान्तिकारी संगठन -केन्द्रित व्यवहार) निर्माण एवं विकास सम्भव बन्दछ । ‘नोकरशाही-अराजक’ विचारबाट एउटा मजबुत तथा केन्द्रिकृत संगठन बन्नै सक्दैन अपितु व्यक्तिहरुको ‘थुप्रो’ बन्न जान्छ जो परस्पर असम्बन्धित एवं अन्तरविरोधी हुन्छन् । यो निम्नपू“जीपति वर्गको विचारधारा हो । जसरी निम्न-पू“ंजीपति वर्गको बस्तुगत अवस्था एकैसाथ ‘शोषक-शोसित’ र ‘शासक-शासित’ द्वैत एवं अन्तरविरोधी हुनुको साथै पृथक-पृथक ‘व्ौयक्तिक’ श्रम-सम्बन्ध हुन्छ । त्यही सामाजिक यथार्थ निम्नपू“जीवादी ‘विचार’ को रुपमा मनोजगतमा प्रतिविम्वित हुन्छ र प्रतिक्रिया स्वरुप संगठनभित्र सांगठनिक अवसरवादको रुपमा प्रकट हुन्छ । र्सवहारा वर्गको बस्तुगत अवस्था सामूहिक श्रम सम्बन्धमा आधारित हुन्छ, ऊ मूलतः शासित र शोसित हुन्छ, त्यसैले ऊ व्रि्रोही -सामूहिक) हुन्छ तर अराजक -व्यैक्तिक) ह“ुदैन, केन्द्रित हुन्छ तर ‘नोकरशाही’ हु“दैन । सांगठनिक/व्यावहारिक दृष्टिले र्सवहारा फगत् क्रान्तिकारी हुन्छ र निम्नपू“जीपति फगत अवसरवादी हुन्छ । त्यसैले र्सवहारा ‘माथि’ र ‘तल’ दुबै अवस्थामा क्रान्तिकारी नै हुन्छ तर निम्नप“ूजीपति दुबै अवस्थामा अवसरवादी - व्यक्तिवादी ) हुन्छ ।
अन्तरसंर्घष्ामा क्रान्तिकारी विधिको प्रयोग गरौं !
प्रत्येक व्यक्ति/वस्तु ‘दर्ुइ’ मा विभाजित हुन्छ । अर्थात् त्यसको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । वस्तु वा व्यक्तिमा अन्तरनिहित विपरीत पक्षहरुको एकता र द्वन्द्वबाट नै त्यसले विकास गर्दछ । यसरी ‘एकता-संर्घष्ा-विकास’ को क्रान्तिकारी नियम बन्दछ । तर हामी व्यक्ति वा वस्तुको विनास पनि देख्दछौं । विनास कुन नियमबाट हुन्छ - त्यो वस्तुतः ‘गुट-षडयन्त्र-विनास’को अवसरवादी/प्रतिगामी नियमबाट हुन्छ । त्यसैले हामीले क्रान्तिकारी दृष्टिकोण -अवसरवादी होइन), लाई प्रस्थान विन्दु बनाउ“दै, संगठन वा एकता -गुट वा फुटलाई होइन) को आधारमा, पारदर्शी संर्घष्ाबाट -अपारदर्शी षड्यन्त्रबाट होइन) अन्तरसंर्घष्ाको अभ्यास गर्नुपर्दछ । ‘आलोचना-आत्मालोचना-रुपान्तरण’ अन्तरसंर्घष्ाको क्रान्तिकारी विधि हो । आलोचना-आत्मालोचनाको रचनात्मक स्वरुप हुन्छ, फलतः त्यसले वस्तु वा व्यक्तिमा क्रान्तिकारी रुपान्तरण गर्दछ । ‘निन्दा-ढाकछोप-विर्सजन’ यो अन्तरसंर्घष्ाको अवसरवादी विधि हो । किनभने, निन्दा र ढाकछोपको ध्वंशात्मक स्वरुप हुन्छ फलतः त्यसले वस्तु/व्यक्तिको ध्वंश/विर्सजन गर्दछ । अन्तरसंर्घष्ाको शैलीबारे पनि हामी सचेत र गम्भिर बन्नु पर्दछ । सा“स्कृतिक संघ तथा कर्मीहरुको विकास तथा रुपान्तरण क्रान्तिकारी विधिबाट मात्र सम्भव छ । जनताको मनमस्तिष्कमा घुसेको कुस“स्कृति/संस्कारहरुलाई पनि हामी यही विधिद्वारा कुचो लगाउन सक्तछौं ।
जन-सम्बन्धलाई सुमधुर र सुदृढ बनाऔं !
“जनता नै क्रान्तिकारी स“स्कृतिको कहिल्यै नसुक्ने मुहान हुन् भन्ने कुरामा हामीले जोड दिनर्ैपर्छ ।” क.माओको यो इतिहाससिद्ध प्रस्थापनालाई सा“स्कृतिक कर्मीहरुले आफ्नो प्रस्थान विन्दु बनाउनै पर्छ । तर क्रान्तिकारी स“स्कृतिको त्यो ‘मुहान’ -जनता) बाट पृथक रहेर हामी आफ्नो ‘तृष्णा’ मेटाउन सक्तैनौं । तर्सथ, जनतास“ग फगत र्’पर्यटक’ वा ‘पाहुना जस्तो होइन अपितु ‘नङ्ग-मासु’ वा ‘पानी-माछा’ जस्तो हाम्रो सम्बन्ध हुनु पर्छ । जनतालाई ‘गोरु होइन गुरु’ ठान्नु पर्दछ र आफूलाई ‘गुरु होइन गोरु’ ठान्नु पर्दछ । यसरी मात्र, हामी जनताको ‘आत्मीय’ बन्न सक्तछौं र क्रान्तिकारी स“स्कृतिको अजस्र मुहानबाट प्राप्त शक्ति र ज्ञानद्वारा स“स्कृतिको विकास गर्दै निरन्तर ‘गोरु’ जस्तै जनताको सेवा गर्न सक्तछौं ।
‘लोक-आधुनिक-शास्त्रीय’ कला-साहित्यको क्रान्तिकारी संयोजन -फ्यूजन) गरौं !
‘लोक-आधुनिक-शास्त्रीय’ कला-साहित्यको अन्तरसम्बन्धबारे लामो समयदेखि चर्चा एवं विवाद चल्दै आइरहेको स्पष्टै छ । सम्भवतः यसको अस्तित्व रहुञ्जेल यो निरन्तर चल्दै जानेछ । तापनि, अहिले हामीले आफ्नो आन्दोलन तथा श्रृजनकार्यको पथ पर््रदर्शनका लागि निश्चित धारणा वा नीति अवलम्बन गर्न जरुरी हुन्छ । अन्यथा, हामी विवादको भुव“रीमा गोलचक्कर काट्दै जानेछौं । वास्तवमा लोक-आधुनिक-शास्त्रीय’ कला-साहित्यलाई हामीले अन्तरविरोधी रुपमा होइन, परिपूरक अर्थमा ग्रहण गर्नुपर्दछ । यी सबै जनताका कला-साहित्य हुन् । तर हामीले यसलाई रुढीवादी कोणबाट होइन क्रान्तिकारी कोणबाट बुझनु पर्दछ, अर्थात् यसलाई निरन्तर विकास एवं रुपान्तरण गर्दै जानु पर्दछ । तर तात्कालिक आन्दोलनको दृष्टिले, हामीले ‘लोक’ लाई मुख्य आधार बनाई अन्यलाई परिपुरक बनाउनु वस्तुसंगत र्ठहर्छ । हाम्रो देशको अधिकांश भाग ग्रामीण इलाका पर्दछन्, शहरमा भएका अधिकांश मजदुरहरु पनि कुनै न कुनै रुपमा गाउ“स“ग जोडिएका छन् । त्यसैले, लोक कला-साहित्यको वस्तुगत आधार नै प्रधान भएको स्पष्ट छ । हाम्रा कतिपय सा“स्कृतिककर्मीहरु गाउ“मा गएर पर्ूण्ा उत्साहसहित - ‘आधुनिक/शास्त्रीय’ क्रान्तिकारी राग अलाप्दछन् । किसानहरु ‘दंग’ पर्दछन् तर उनीहरुलाई त्यो ‘आफ्नै’ लाग्दैन । त्यो राग ‘सम्मानीय’ त हुन्छ तर ‘आत्मीय’ बन्दैन । अथवा, हामी गाउ“मा ‘आधुनिक/शास्त्रीय’ नृत्यको यस्तो निपुणता र प्रखरताका साथ पर््रदर्शन गर्दछौं कि त्यसले थकित किसानहरुको राम्रो ‘मनोरञ्जन’ त गर्दछ तर त्यसले उनीहरुको अंग-प्रत्यंगलाई आन्दोलित गर्दैन । यहा“ कहीं-कतै गम्भीर समस्या छ । हुनुपर्ने त के हो भने हामीले गाउ“दा करोडौं किसानहरुको स्वर घन्किनु पर्नेमा हामी ना“च्दा करोडौं अंग-प्रत्यंगहरु तरंगित हुनुपर्ने † यस्तै शहरमा हुने गर्दछ । हामीले गाउ“/शहरमा दुवैको संयोजन गर्नु पर्दछ तर प्रधान पक्षमा जोड दिंदै त्यसको विकास गर्नु पर्दछ । जनता वा जनसाहित्य-कलाबाट पृथक भएर होइन अपितु एकाकार भएर त्यसलाई माथि उठाउनु पर्दछ । ‘पृथकतावाद’ -आदर्शवाद) तथा ‘एकाकारवाद’ -रुढीवाद) दुवैका विरुद्ध हामीले ‘क्रान्तिकारी जनवाद’ लाई स्थापित गर्नु पर्दछ ।
कलम-मादल-बन्दुक’ को फ्युजन -अन्तरघुलन) गरौं !
वर्गीय इतिहासले अकाट्य रुपमा के सिद्ध गरेको छ भने जनताभन्दा शोषक वा जनविरोधी वर्ग ‘तीन कला’ मा वैचारिक दृष्टिले अत्यन्त सुस्पष्ट र व्यावहारिक रुपमा एकदम निपुण देखिंदै आएको छ । परिणामतः त्यसले जनतामाथि शासन र शोषण गर्दै आएको छ । उसले यी तीनै कलाको ‘फ्युजन’ -अन्तरघुलन) र परिचालन गर्दै आफ्नो शोषणको र्स्वर्ग बचाउ“दै आएको छ । यदि राष्ट्र र जनताले आफ्नो ‘श्रमको र्स्वर्ग’ निर्माण गर्ने, र त्यसको रक्षा एवं विकासको वास्तविक आकांक्षा राख्ने हो भने यी तीनै कलाहरुबारे शत्रुभन्दा अत्यन्त सुस्पष्ट र निपुण बन्नै पर्दछ । ‘कलम-मादल-बन्दुक’ एकअर्कामा रुपान्तरित एवं अन्तरघुलित हुन सक्छन् । यी तीन कलाहरुलाई हामीले ‘मिश्रण’ होइन अपितु ‘यौगिक’ को रुपमा विकास गर्नुपर्दछ । यो यौगिक वैचारिक तथा भौतिक दुवै शक्तिको फ्युजन हो । त्यसैले, हाम्रो विघटनकारी होइन बरु संघटनकारी सोंच हुनर्ुपर्दछ । शत्रुले जनतामा विघटनकारी ‘विष’ र्छदछ र हामीले संघटनकारी ‘अमृत’ भर्नु पर्दछ । निःसन्देह, हामी क्रान्तिकारी विचार -कलम) मा स्पष्ट, व्यवहारमा ‘कुशल’ र शक्तिमा ‘सम्पन्न हुनै पर्दछ । यसरी, ‘वैचारिक स्पष्टता-व्यावहारिक कुशलता-शक्ति सम्पन्नता’ द्वारा हामी शहीदहरुको सुन्दर सपना साकार पार्न सक्तछौं । जनसा“स्कृतिक संघले विचार संश्लेषण, शुद्धीकरण तथा फौजीकरणको एकीकृत प्रक्रियालाई तीव्र पारेर ‘कलम-मादल-बन्दुक’ को क्रान्तिकारी फ्युजन गर्न सक्तछ ।
‘जनस“स्कृति तथा जनप्रतिभाहरुको खोजी, केन्द्रीकरण र स्थापना गरौं !
नेपाल जनस“स्कृतिहरुको विविधताले समृद्ध मुलुक हो । पृथ्वीनारायण शाहले सामन्ती सारसहित यसलाई ‘चार जात छत्तीस वर्ण्र्ााको फूलवारी’ भने । व्यवहारतः झण्डै अर्ढाई शताब्दीसम्म फगत एउटै ‘दर्ुगन्धी फूल’ यहा“ फक्रिरह्यो अरु सुगन्धित फूलहरु ओइलाउ“दै गए । झण्डै दर्ुइ शताब्दीपछि क.माओले र्सवहारावादी सारसहित, “सयौं -सुगन्धित) फूलहरुलाई फक्रन देऊ †” भन्ने आह्वान गर्नुभयो । हामीले आज महान माओको त्यो क्रान्तिकारी आह्वानलाई दरोस“ग आत्मसात गर्दै नेपालको धर्तीमा ओइल्ााई रहेका ‘सयौं फूलहरु’ को खोजी गर्दै तिनीहरुलाई मल-जल पुर्याउनु आवश्यक छ । गाउ“-बस्तीहरुमा असंख्य जनप्रतिभाहरु उपेक्षित अवस्थामा छन् । हामीले त्यसको खोजी गरी उनीहरुलाई माथि उठाउनु पर्दछ । जनस“स्कृतिका अमूल्य धरोहरहरु ‘सामन्तवाद’को धूलोबाट ढाकिएका छन् । हामीले त्यो धूलो टक-टकाएर त्यसलाई पुनःस्थापित गर्दै त्यसको विकास गर्नु पर्दछ । जन-स“स्कृति - हाम्रो ‘मूलाधार’ हो । हामीले त्यसमा टेकेर त्यसैको विकास गर्नुपर्दछ । जन-प्रतिभाहरु त्यसका संवाहक हुन् । आज शत्रुहरुले जनप्रतिभाहरुलाई जनविरोधी स“स्कृतिको सेवामा प्रयोग गर्ने षडयन्त्र गरिरहेका छन् । हामीले ‘जन-प्रतिभा-जनविरोधी स“स्कृति’ को श्रंृखलालाई भताभुङ्ग पार्दै ‘जनप्रतिभा-जनस“स्कृति’ को श्रृंखलालाई स्थापित गर्नु पर्दछ । यसरी मात्रै जनप्रतिभा र जनस“स्कृतिको स्थापना हुन सक्तछ ।
साहित्य एवं कला-श्रृजनका सबै विधाहरुको समुचित विकासमा ध्यान दिदैं प्रचारका सबै सम्भव साधनहरुको प्रयोग एवम् परिचालन गरौं !
इतिहाससिद्ध कुरा के हो भने, सा“स्कृतिक मोर्चा, जन-जागरण तथा जन-संगठन निर्माण गर्न सबैभन्दा प्रभावकारी साधन हो । तर यसको प्रभावकारिता र व्यापकतालाई, हामीले कयौं गुणा वृद्धि गर्न बा“की नै छ । गीत, नाटक, कविता, कथा, उपन्यास, अपेरा, नृत्य, बादन, संगीत, हास्य-व्यंग्य, निबन्ध आदि समग्र विधाहरुमा हामील्ो समुचित ध्यान पुर्याउन आवश्यक देखिन्छ । कतिपय विधाहरुमा उल्लेखनीय प्रयास एवं प्रगति भए पनि धेरै विधाहरु उपेक्षित वा नगण्य रुपमा क्रियाशील देखिन्छ । यो ‘असन्तुलन’ निश्चय पनि चिन्ता र चिन्तनको विषय बन्नु पर्दछ ।
आज थप चिन्ताको विषय के हो भने, हामीले हाम्रो श्रृजन कार्यलाई अत्यन्त सीमित एवं मन्द गतिमा जनतासम्म पुर्याउन र जनताबाट प्राप्त गर्न सकेका छौं । यो २१ औं शताब्दी हो । सूचना तथा सञ्चार-क्रान्तिको युग हो । निश्चय पनि, हाम्रो विचार विद्यमान शताब्दी अनुरुप भए पनि हाम्रो प्रचार नीति/विधि अझ पनि १६ औं शताब्दीको प्रतीत हुन्छ । हामीले निम्न
-ीयध) र उच्च -ज्ष्नज) प्रविधिको अन्तरसम्बन्धलाई समुचित ढंगबाट परिचालन गर्न जोड लगाउनै पर्छ । हामीले निम्न प्रविधिलाई ‘आधार’ बनाउ“दै उच्च प्रविधिलाई पूरक बनाउनु पर्दछ । हामी ‘निम्न’ वा ‘उच्च’ को एकांगी प्रवृत्तिबाट बच्नु पर्दछ ।
हामीले लिखित ९एचष्लतभम०, श्रव्य ९ब्गमष्य०, दृश्य ९ख्ष्मभय०, मौखिक ९इचब० िरुपहरुलाई रेडियो, इन्टरनेट वेभसाइट, फोन, फ्याक्स आदि विकसित माध्यमहरुबाट पनि हाम्रो क्रान्तिकारी स“स्कृति एवं साहित्य-कलालाई अन्तर्रर्ााट्रयकरण -व्यापक) गर्नुका साथै त्यसलाई तीव्रता प्रदान गर्न सकिन्छ । परिणामतः यसले व्यापकतर र तीव्रतर आन्दोलनको रुपधारण गर्दै जानेछ । आज त्यो संभावना स्पष्टतः उपस्थित छ, फगत हामीले हाम्रो पहलकदमीलाई बढाउनु पर्दछ र संभावनालाई यथार्थमा परिणत गर्नु पर्दछ ।
‘विचारधारात्मक-विधागत-कार्यक्रमगत”, एकीकृत प्रशिक्षणहरुका साथै व्यावहारिक कार्यक्रमहरुको ‘लोकप्रियता-स्तरियता-क्रान्तिकारिता’ को संयोजन गरौं †
सा“स्कृतिक आन्दोलन स्वतःस्फर्ूतको भरमा आफ्नो गन्तव्यसम्म पुग्न सक्दैन । त्यसैले, आन्दोलनलाई सिद्धान्त, नीति तथा कार्यक्रमहरुस“ग सम्बद्ध गर्नु आवश्यक हुन्छ । आन्दोलन ‘वस्तुगत प्रक्रिया’ मात्र होइन अपितु ‘आत्मगत योजना’ पनि हो । निश्चय पनि, आत्मगत योजना, बस्तुगत प्रक्रियाको अभिव्यक्ति हुनु पर्दछ, अन्यथा त्यो काल्पनिक बन्न पुग्दछ र काल्पनिक योजनाले आन्दोलनलाई निर्धारित गन्तव्यसम्म कदापी पुर्याउन सक्दैन । प्रशिक्षणहरुले व्यवहारतः ‘वस्तुगत प्रक्रिया’ लाई योजनाबद्ध बनाउन मद्दत गर्दछ । आन्दोलनमा कतिपय सदस्यहरु स्वतःस्र्फुत रुपमा तानिएका हुन्छन् वा ‘बस्तुगत प्रक्रिया’ बारे उनीहरुलाई अपर्ूण्ा ज्ञान/अनुभव हुन्छ । प्रशिक्षणले त्यसमा पर्ूण्ाता ल्याउन मद्दत गर्दछ । त्यसैले, आन्दोलनका सबै आवश्यकता पर्ूर्तिका लागि सबै प्रकारका अर्थात्, ‘विचारधारात्मक-विधागत-कार्यक्रमगत’ प्रशिक्षणहरुको योजना गर्नु पर्दछ । प्रशिक्षण, व्यवहारतः आन्दोलनपर्ूव र तत्पश्चात्- दुवै अवस्थामा जरुरी हुन्छ । आन्दोलनको लक्ष्यको दृष्टिले विचारधारामा, प्रभावकारिताको हिसाबले विधागतमा र व्यवहारिकरुपमा कार्यक्रमगत प्रशिक्षणहरुमा जोड लगाउनु पर्दछ । विचारको प्रश्न निर्विवाद रुपमा शर्ीष्ामा हुनु पर्दछ ।
हाम्रा व्यावहारिक कार्यक्रमहरु आम जनतामा लोकप्रिय/आत्मीय हुनु पर्दछ, लोकप्रियताले उनीहरुको चेतनास्तर माथि उठाउनु पर्दछ, त्यसैले त्यो स्तरीय हुनु पर्दछ र स्तरियताले क्रान्तिकारी लक्ष्यसम्म पुर्याउनु पर्दछ । यसरी मात्र कार्यक्रमको औचित्य सावित हुन सक्तछ ।
सा“स्कृतिक आन्दोलनमा क्रान्तिकारी संयुक्त मोर्चाको विकास गरौं †
नेपाली जनता-वस्तुतः विविध वर्ग, जाति -राष्ट्र), समूह, लिङ्ग, क्षेत्र, धर्म, भाषा आदिमा विभाजित छन्, त्यसैले विविधताहरुबाट आ-आफ्नै सा“स्कृतिक, राजनैतिक एवं आर्थिक विशिष्टता, मौलिकता वा सम्बन्धहरु निर्मित हुन्छन् । बस्तुतः नेपाली जनताको समग्रता-’संघीय’ रुपमा र त्यसको विशिष्टतामा ‘स्वायत्त’मा प्रकट भइरहेका छ । यस दृष्टिबाट हर्ेदा संयुक्त मोर्चाको आवश्यकता र औचित्य स्वतः स्पष्ट हुन्छ । विविध स“स्कृतिहरुको संयोजन तथा संश्लेषण व्यवहारतः र्सवहारा वर्गले मात्र गर्नसक्ने भएकोले त्यसको नेतृत्व अपरिहार्य हुन्छ, अन्यथा पृथकतावाद, साम्प्रदायिकता, क्षेत्रीयतावाद, लिङ्गवाद, निरंकुशतावाद वा विर्सजनवाद हावी हुन जान्छ । प्रगतिवादी -समाजवादी) यथार्थ र प्रगतिशील -क्रान्तिकारी बर्ुर्जुवा) यथार्थवादको संयोजन संयुक्त मोर्चाको व्यावहारिक लक्ष्य हुनु पर्दछ ।
क्रान्तिकारी नैतिकता तथा अनुशासनप्रति सचेत एवं गम्भीर बनौं
महान् लेनिनले रुसी क्रान्तिको सफलतामा क्रान्तिकारी नैतिकता तथा फलामे अनुशासनको आधारभूत महत्व रहेको बताउनुभएको छ । निश्चय पनि यो कथन सबै देशका क्रान्ति सफलताको लागि पनि त्यतिकै सत्य हो । क्रान्तिकारी नैतिक मूल्य-मान्यताहरु हाम्रो चिन्तन तथा आचरण दुवैस“ग सम्बन्धित छन् । जनता तथा जनताका शत्रु तथा स्वयंलाई चिन्तनका दृष्टिले हामी के ठान्दछौं र व्यवहारतः कसरी प्रस्तुत हुन्छौं भन्ने कुराले हाम्रो नैतिकता तथा अनुशासनको स्थितिलाई अभिव्यक्त गर्दछन् । जनता संगठन तथा स्वंयप्रति ढा“ट-छाल, इष्र्या, अहंकार, उत्तँउलोपन, गैरजिम्मेवार बन्नु, कथनी र करनीमा विरोधाभास हुनु, यौन, प्रेम र पैसालाई विलासी र व्यापार बनाउनु, शत्रुप्रति लगाव, सम्मान, संयम, चाकडी र कायरता पर््रदर्शन गर्नु आदि अनैतिकता तथा अनुशासन विहिनताका अभिव्यक्ति हुन् । क्रान्तिकारी नैतिक मूल्य-मान्यताहरुलाई गहिरोस“ग आत्मसात गर्नु र क्रान्तिकारी अनुशासन नियम/पद्धतिहरुलाई दह्रोस“ग अवलम्वन गर्नु सा“स्कृतिक आन्दोलनका कर्मीहरुलाई पनि अपरिहार्य छ ।
पृष्ठभाग -आधार इलाका) तथा अग्रभाग -व्रि्रोह-इलाका) का सा“स्कृतिक आन्दोलनहरुलाई संयोजन गर्दै रणनैतिक प्रत्याक्रमणको दिशामा अघि बढौं !
नेपाली जनक्रान्ति, अहिले रणनैतिक प्रत्याक्रमणको ऐतिहासिक चरणमा प्रवेश गरिसकेको छ । पृष्ठभाग अर्थात् ग्रामीण इलाका वा अधिकांश भागहरुमा नया“ सत्तँको उपस्थिति र अग्रभाग अर्थात् व्रि्रोहका इलाकाहरु - विशेषतः शहर, सडक र सदरमुकामहरु) मा पुरानो सत्ताको उपस्थ्ितिले समग्र सा“स्कृतिक आन्दोलनको दोहोरो स्वरुपलाई स्पष्ट गर्दछ । एकातिर, पृष्ठभागमा नया“ स“स्कृतिको स्थापना र विकासमा प्राथमिकता दिनु पर्ने र अर्कोतिर अग्रभागमा पुरानो स“स्कृतिको ध्वंश्ामा जोड लगाउनु पर्ने यो दोहोरो कार्यभारको कुशलतापर्ूवक संयोजन तथा कार्यान्वयन गर्नु आज सा“स्कृतिकर्मीहरुका लागि नया“ चुनौती एवम् संभावना बन्न गएको छ । पहिलो र दोस्रो कार्यभारहरु एकअर्काका परिपुरक हुन् । दुवै दायित्वलाई नया“ उ“चाइमा उठाउनु - ‘सा“स्कृतिक प्रत्याक्रमण’ -पुरानो स“स्कृतिको ध्वंश) र ‘सा“स्कृतिक रक्षा’ -नया“ स“स्कृतिको निर्माण) र पहिलोलाई प्रधान र दोस्रोलाई सहायक बनाउनु तत्कालीन दृष्टिले सा“स्कृतिक आन्दोलनको कार्यदिशा हुनर्ुपर्दछ ।
प्रिय कमरेडहरु † अब म आफ्नो मन्तव्यको अन्ततिर आइपुगेको छु । यद्यपि सा“स्कृतिक आन्दोलनका अझ धेरै विषयहरुमा हामीले अध्ययन एवं अभ्यास गर्न बा“की नै छ । त्यसलाई निश्चय पनि हामीले भविष्यमा निरन्तरता दिनेछौं । आन्दोलनको शिल्प-शैली र ‘सार-रुप’ र अन्तरबस्तु लगायत विविध विषयहरुमा हामीले जन-पाठशालाबाट सिक्न अझ धेरै बा“की छ । हामी जनताबाट सिक्नुमा निपुण बन्नु पर्दछ । महान् माओले ‘सिक्ने-निपुणता’लाई सर्वोत्तम गुण बताउनु भएको छ र महान् लेनिनले भन्नुभयो-”सिकौं, सिकौं र फेरि सिकौं !
अन्तमा, पुनः बधाई, शुभकामना र धन्यवाद !!
-सर्न्दर्भःचोमोलुङ्मा जनसा“स्कृतिक संघको उपक्षेत्रीय प्रशिक्षण/भेलामा व्यक्त विचारहरु)
