धमलाले सहयोग रकम हिनामिना गरेको आरोप
मलाइ ताराजि ले कमेन्टमा पेष्ट गरी पठाउनु भएको यो समाचार जस्ताको तस्तै राख्ने अनुमती चाहन्छु
काठमाडौं । जनआन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार्रार्थ सहयोगका लागि उपलब्ध गराइएको रकम हिनामिना भएको आरोप वैदेशिक रोजगारीमा गएका नेपालीले लगाएका छन ।
खोजतलासलाई पोर्च’गलबाट प्रेषित गरिएको भनिएको समाचारमा रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले त्यहाँस्थित नेपालीले पन्ध्र दिन लगाएर संकलन गरेको ४,९७५र- युरो हालसम्म जनआन्दोलन कोषलाई उपलब्ध नगराएको गुनासोयुक्त आरोप लगाइएको छ । वेर्स्र्टन युनियन मनी ट्रान्सफरमार्फ ऋषि धमलाले पाउने गरी उपलब्ध गराइएको सो रकम हालसम्म जनआन्दोलनको आर्थिक सहयोगार्थ कोषमा उपलब्ध नभएको जानकारी आफुहरूले पाएपछि पटकपटक पत्रकार धमलासँग फोन सर्म्पर्क गर्न खोज्दासमेत उनी सर्म्पर्कमा नआएको तथा कुनै जवाफ पनि नदिएको ग’नासो सो समाचारमा गरिएको छ । सिधै मदनकृष्ण या हरिवंश तथा अन्य जिम्मेवार कसैले पाउने गरी रकम पठाउन खोजेका थियौं, तर नेपालका चर्चित पत्रकार ठानेर धमलाले पाउनेगरी सहयोग रकम पठायौ तर द’रुपयोग भएछ, समाचारमा उल्लेख छ ।
आफ”हरूले सो रकम रिपोर्र्टर्स क्लबलाई उपलब्ध गराएको नभएर जनआन्दोलन कोषलाई उपलब्ध गराएको हुदा तत्काल सो रकमको खोजतलास गर्न अनुरोध गर्न’का साथै पत्रकार धमलाको त्यस्तो व्यवहारले आफ”हरू द’खी भएको पनि समाचारमा उल्लेख छ । खोजतलासलाई nepal.hamro@gmail.comमार्फ समाचार प्राप्त भएको हो । समाचारमा निम्न सहयोग दाताको नामावली उल्लेख छ । कृष्णप्रकाश शर्मा, मेघराज भण्डारी, परश’राम भण्डारी, स’शील न्यौपाने, द्रोण केसी, आमोद कटुवाल, विष्ण’ अधिकारी, प्रवीणराज घिमिरे, लक्ष्मीप्रसाद मिश्र, जयदेव गौतम, प्रकाश उपाध्याय, स’शील उपाध्याय, रीता न्यौपाने, शिवहरि स’वेदी, उमेश गिरी, मृगेन्द्रबहाद’र केसी, हर्क अधिकारी, निर्मल थापा ।
यसैबीच, रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग सर्म्पर्क गर्दा उनले आफ”लाई त्यस्तो क’नै रकम विदेशबाट प्राप्त नभएको दाबी गरे । उनले आफनो प्रतिष्ठा गिराउन कसैले यस्तो नीच षडयन्त्र गरेको बताए । मेरो अथवा रिपोर्र्टर्स क्लबका नाममा त्यस्तो क’नै रकम आएको पनि छैन, त्यो अहिले पनि ब’झन सकिन्छ । स्वयम क्लबले पनि कोषमा सहयोग रकम प्रदान गरेको छ । यदि मैले त्यसरी कसैको रकम हिनामिना गरेको अथवा खाएको भए त्यो प्रमाणित गरियोस, म आजैदेखि पत्रकारिता त्याग्नेछ ।धमलाले यो पोर्च’गलबाट प्रेषित समाचार नभएर यहीँ कसैले आफ”माथि गरेको षडयन्त्र भएको पनि खोजतलाससँग दाबी गरेका छन । यसबारे खोजतलास जारी छ ।http://www.nepalkhabar.com/
