यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
जनआवाजनेपालीमन,May 3 7:53 am

मलाइ ताराजि ले कमेन्टमा पेष्ट गरी पठाउनु भएको यो समाचार जस्ताको तस्तै राख्ने अनुमती चाहन्छु

काठमाडौं । जनआन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार्रार्थ सहयोगका लागि उपलब्ध गराइएको रकम हिनामिना भएको आरोप वैदेशिक रोजगारीमा गएका नेपालीले लगाएका छन ।
(more…)

नो कमेन्ट ! 5:52 am

मन्त्रीमण्डल गठन सात दलमा ब्यापक खिचातानी-काम गर्ने कालु मकै खाने भालु !

नेपालको संविधान २०४७ अनुसार मन्त्रीमण्डल गठन गरेको राजदरबारको विज्ञप्ती -खबरदार नेपाली हो तानासाही राजतन्त्रले अझै मुन्टो उठाउने चेष्टा गर्दैछ !

जनआन्दोलनका सहिदहरुको शालिक बनाउने र परिवारलाइ क्षतिपुर्ती दिने- शालीक त महेन्द्रको पनि बनेथ्यो सके ज्ञानेन्द्रेले त बनाउला ऐ दुष्टहरुहो नेपाली जनताले त्यहि शालिक र परिवारलाइ दशहजारको क्षतीपुर्तीको आशले लडेका हुन् ?

उपप्रधानमन्त्रीका दावेदार रामचन्द्र पौडेलले पार्टीमै बसेर काम गर्ने घोषणा-ऐ न्याय प्रेमी जनता हो पहिला यी कुर्सीका भोका र राजदरबारका पिठ्ठु नेताहरुको ढाँड भाँच न हो !

सातदलको कुर्सी माथीको खिचातानीको विरोधमा लाठी जुलुस सहित विभिन्न विरोध कार्यक्रम-वातले नमान्ने भुत लातले मान्छ , मनाउनु पर्छ !

इटलीका राष्ट्रपती वर्लस्कोनीद्धारा राजीनामा-विश्वबाटै समाप्त पार्नु पर्छ यी पुजीबादी एवं सामन्तबादी चितुवाहरुलाइ !

वोलीभियाका समपुर्ण प्राकृतिक इन्धन र ग्याँसहरु राष्ट्रियकरण -अब नेपालमा पनि ज्ञानेन्द्र र यसका गोठालोहरुको समपुर्ण सम्पती र सबै पार्टीका नेताहरु लगाएत अब सत्तामा जानेहरुको सम्पतिमा पनि हद लगाउदै बाँकी दुइनम्बरी बाट आर्जेको सम्पुर्ण सम्पती राष्ट्रियकरण गरीनु पर्छ ।

प्रदीप नेपालद्धार ऐमाले स्थायी समीतिबाट राजीनामा -फुट्न र टुट्न बाहेक ऐमालेले अरु पनि केही जानेको होलाकी !

हिजो प्रेस स्वतन्त्रता दिवस- प्रेस स्वतन्त्रताका लागी विश्वभरका पत्रकार एकजुट होऔ !