हिजो वेलुका नेपाली टेलीभिजनको कान्तीपुर वहस नामक टेलीभिजन कार्यक्रममा सहभागी नेकपा एमालेका केपी ओली, नेपाली कांग्रेसका कृण्ण सिटौला र संयुक्त जनमोर्चाका अमिक सेरचनले वर्तमान जनआन्दोलन, देश र जनताको विषयमा व्यक्त गर्नुभएका केही विचारहरु म यँहाहरु समक्ष राख्ने अनुमती चाहान्छु ।
अहिले नेपालको संसदमा राजतन्त्रको अस्तीत्व छ, कृण्ण सिटौला र के पी ओली ————– नखाउ भने दिनभरीको सिकार खाउ भने कान्छो बाउको अनुहार कि कसो कृण्ण जी, वली जी हिजो सम्म त पाउलागी गरेकै हो आज जनताले नै मानेनन् छेपारोले झै रंग फेर्न त पर्यो नि !
नेपाली कांग्रेस राजतन्त्रको बारेमा निरपेक्ष छ संवीधानसभा मार्फत हामी निर्णय दिन्छौ कृण्ण सिटौला ———–मोही पनि माग्ने ढुंग्रो पनि लुकाउने यो कस्तो विडम्बना हो ?
अहिलेको संसदमा राजतन्त्र खतम भैसकेको छ मात्र सेरमोनीयल हेडको रुपमा छ- अमीक सेरचन ————–जुन चिज जनतालेनै चाहीदैन भन्छन् यी नेताहरुलाइ चाही किन चाहीएको हो मैले त बुझीन तपाइहरुले बुझ्नु भयोकी ?
