संसार भरका मजदुरहरु एक हौ मजदुर एकता जिन्दाबाद जिन्दाबाद !! (सन्दर्भ विश्व मजदुर दिवस)
यो संगीन घडीमा यो प्रसव वेदनाको घडीमा मैले धेरै मेलहरु पढ्ने अवसर पाए एक दुइ सञ्चो विसञ्चोका बाहेक प्रायजसो इमेलहरु विश्व मजदुर दिवसमा नै केन्द्रित थिए । विश्वभरका सचेत मजदुर वर्गको वर्तमान अवस्था र तमाम मजदुरहरुले अब खेल्नु पर्ने भुमीका बारे विमर्श गरीएका तपाइहरुका यी मेल बाट धेरै उत्साहीत छु र तमाम विश्वभरका सम्पुर्ण न्ययप्रेमी मजदुर वर्गमा सर्व प्रथम अभिबादन अनि आभार व्यक्त गर्दछु ।
हो मजदुर कमरेडहरु तपाइहरुले भने जस्तै यो समय मजदुर हरुको लागी संगीन घडी हो । निरंकुस र तानाशाही हरुको जर्जर किल्ला संसारभर हल्लदै छ र यीनका किल्लाहरुमा हल्ला खल्ला मच्चीएको छ साच्चै भन्ने हो भने यीनका अमानवीय र अव्यवहारीक चरित्र दिन प्रतिदिन जनतासामु छरपष्ट हुदैछ ।भर्खरैमात्र नेपाली जनताले देखाएको अपार उत्साह र साहसले पनि यसको पुष्टी गर्छ आउनोस् एक पटक ति तमाम श्रमजीवी नेपालीहरुलाइ सलाम गरौ । यस विच पनि हामी माझ अझ धेरै जीम्मेवारी छ ति जर्जर र पुरानो सामन्ती किल्लामा गोलो बाट निस्कीएका अरिगांल झै एक भएर हमला गर्नु छ र यसको अन्त्यमा हामी हासी हासी मलामी जानु छ। हाम्रा अपार शक्ति र एकतामा भाँजो हाल्न विश्भरका तानाशाहहरु अवसर कुरेर वसेका छन् त्यसैले यो संगीन र महत्वपुर्ण घडीमा हामी सचेत र सजग रहदै अन्तिम लक्ष्य सम्म पुग्ने महान र ऐतिहासीक कार्यमा सहभागी बनौ संसार भरका मजदुरहरु एक हौ मजदुर एकता जिन्दाबाद जिन्दाबाद !!
अन्त्यमा न्याय र अधिकारका लागि लड्दालड्दै सहादत प्राप्त गर्नुहुने महान सहिदहरुमा क्रान्तीकारी अभिवादन अनि उँहाहरुको सपना पुरा गर्नको लागी दिलोज्यानले लागीपर्ने संकल्प ब्यक्त गर्दछु आउनोस् हामी सबैले संकल्प गरौ जसले ति महान सहिद कमरेडहरुको गौरवमय गाथालाइ सम्मन गर्न सकोस अनि उँहाहरुको मृत आत्माले चिरशान्ति पाओस्
