यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
अंग्रेजी कोलमनेपालीमन,May 31 6:10 am

SHANGHAI, China — Doctors in Shanghai on Tuesday were considering surgery options for a 2-month-old boy born with an unusually well-formed third arm. Neither of the boy’s two left arms is fully functional and tests have so far been unable to determine which was more developed, said Dr. Chen Bochang, head of the orthopedics department at Shanghai Children’s Medical Center.


A doctor inspects a 59-day-old baby boy who was born with three arms, at a hospital in Shanghai, in east China Monday. AP Photo.

“His case is quite peculiar. We have no record of any child with such a complete third arm,” Chen said in a telephone interview. The boy, identified only as “Jie-jie,” also was born with just one kidney and may have problems that could lead to curvature of the spine, local media reports said. Jie-jie cried when either of his left arms was touched, but smiled and responded normally to other stimuli, the reports said. Chen said doctors hoped to work out a plan for surgery, but the boy’s small size made it impossible to perform certain tests that would help them prepare. Media reports said other children have been reported born with additional arms and legs, but in those cases it was clear what limb was more developed. Chen’s hospital is one of China’s most experienced in dealing with unusual birth defects, including separating conjoined twins.

नेपालीमन कवितानेपालीमन,May 30 11:59 am

- शकुन्तला जोशी

बेखबर तिम्रो संझनाहरुले बिथोलिएर
आफैंभित्र हिउँ खसेर जम्ने
प्रयत्नमा पग्लिएको यो तरल घडी
किन चियायो सुटुक्क
घामका पातला रेशाहरुले
बन्द झयालका खापाहरुबाट (more…)

भनेको/सुनेको 11:32 am

नेपालका सत्र साल देहर्‍याउने प्रयास हुदैछ । पञ्चहरुको मिलोमतो र प्रेरणमा हत्या लुटपाटका घटना हुँदैछन। उता लोके सरकार बामे मात्र सर्दैछ त्यसैले अबको यो संगीन घडीमा नेपाली जनताले फेरी कसरत गर्नु पर्ने अवस्था सृजना भएको छ ।

नेपालीमन कवितानेपालीमन,May 28 3:07 pm

उसले बोल्यो त्यस पछि म पनि बोले
मैले कुरा राखे त्यसपछि उसले पनि राख्यो
कहिले उ बोल्यो कहिले म बोले
पालै पालो हामी बोलीराख्यौ

उसले जे भन्यो मैले बुझिन
मैल के भने मलाइनै पत्तो भएन
उसले यसो भन्यो मैले सहमती जनाए
उसले त्यसो भन्यो मैले सहमती जनाए
दाह्री कन्याए जुंगा मुसारे
दौरा मिलाउदै च्युडोमा हात पनि राखे
हुनु भलाद्मी भए गर्नु कुरा पनि गरे
तर विडम्बना
मैले के भने उसले के भन्यो
मलाइ त छेउन कुना भेउनै पो रहेनछ
भरे श्रीमतीले सोध्दा पो पत्तो पाए

भनेको/सुनेकोनेपालीमन,May 27 6:19 pm

धर्म निरपेक्ष राज्यको घोषणा आफैमा महत्वपुर्ण निर्णय हो तर हाम्रो जस्तो राज्यमा धर्म निरपेक्षताको अर्थ त्यँहा निर सकिन्छ जँहानीर भोका र गरीब नेपालीहरु बाइबलका किताब संग आफ्ना भोक साट्न विवस् छन् ।
-मनिषराज पन्त

अविरलका कुरा 9:28 am

घरमा शंका, कार्यलयमा शंका, साथीभाइहरु संगको भेटघाटमा शंका देशको राजनितीमा शंका जताततै वरीपरी विभिन्न शंकै शंका । म कार्यलय पुग्छु कतै श्रमीकहरुको हित विरुद्धमा षड्यन्त्रका तानाबाना त बुनिदैछैन कहिलेकाही सहयात्रीहरुको विचार सुन्छु त्याहा पनि शंकै शंका कतै अस्वस्थ प्रतिस्प्रधाको खेती त शुरु भएको छैन यसरी आजकाल म शंकै शंकामा बाँचेको छु । यसपाला मलाइ अर्को एउटा ठुलो शंकाले सताएको छ । सरकार विद्रोही बार्तामा सफलताको शंका । दुइ करोड नेपाली शान्ती चाहान्छन् र त्यो पनि अस्थायी होइन स्थायी रुपमा । विद्रोहीका हतियार विसोस्, तानाशाही शाही आकृतिको अन्त्य होस् र नँया नेपालको निर्माण होस् हरेक नेपाली जनताको चाहना यही हो । हामीले पनि कामना गरौ यो चाहना र आकंक्षा अब पुरा होस् । हामी स्वतन्त्र पुर्वक बोल्न हिडडुल गर्न, लेख्न पढ्न र बाँच्न पाउने न्युनतम मानव अधिकारको दायराभित्र रम्न सकौ । (more…)

नो कमेन्ट ! 5:54 am

इमेलमा प्राप्त यो तस्वीरहरु म जस्ताको तस्तै यँहाहरुमाझ राख्ने अनुमती चाहान्छु ।सहयोगको लागी खेम जी लाइ धन्यबाद
!
(more…)

अविरलका कुरानेपालीमन,May 25 5:21 am

कसैप्रति अनावश्यक लान्छना लगाउनु वा अनुचित समर्थन गर्नु मेरो चरित्र होइन, जे देखीन्छ त्यसलाइ जस्ताको त्यस्तै उजागर गरीनुपर्छ भन्ने मान्यता राख्छु म । विशेषत अरब राज्य जहा अवसरको कुनै गुन्जायस छैन न त आफुजस्तै अरु प्रवासी कामदारहरुमा चेतनाको आसलाग्दो अवस्थानै छ। सीमित सुविधा र अबसरले आफ्नो ब्यक्तिगत आवश्यकतालाइ परिपुर्ती गर्नु त छदै छ त्यसमा पनि परिवारीक समस्यालाइ आत्मसाथ गर्नु पनि त्यत्तिकै जरुरी छ । कुरो साउदी अरबको हो । साउदी अरबमा कला , साहित्यको विकास र विस्तार अनि समग्र नेपालीहरुको चेतनाको स्तर उकास्नको लागी विगत तिन वर्ष देखी अनवरत रुपमा संघर्ष गरीरहेको एउटा नाम हो सागर श्रेष्ठ ।मलाइ याद भए सम्म उँहा संगको मेरो भेट २००५ को अगस्ट वा सेप्टेम्बर तिर दुरभाषमा भएको हुनु पर्छ । जीवनको अविरलयात्रामा मैले सम्झने नामहरुमा शिष्ट सालीन र लगनसील ब्यक्तित्वको रुपमा चिनेको छु मैले उहालाइ ।
ब्यक्तिगत स्वार्थ र अतिवादी मनोदशाबाट ग्रसीत समाजमा आफुलाइ समालेर अगाडी बढाउनु त्यसमा पनि सामाजीक हक र हितका लागी अनवरत योगदान पुर्‍याइ रहनु आफैमा निकै चुनौतिपुर्ण छ ।त्यसो त राम्रो गर्ने खोज्नेहरुको खुट्टा तान्ने र बाटो छेक्ने काम प्रयाप्त रुपमा हुन्छ हाम्रो समाजमा । प्रवसामा पनि त्यहि परम्पराको सिकार भइरहेको नाम पनि हो सागर श्रेष्ठ ।मैले यो विषयलाइ यो अर्थमा उठाए कि एउटा चेतनाको उर्वर अनि उर्जासील ब्यक्तित्वको आत्मामा थोरै सन्तुष्टी मिलोस्, जीवनभर गरेको दुख र परिश्रमको बदलामा एक सेकेण्ड ढुकढुकी शान्त संग चलोस् । एउटा सामाजीक र लोक कल्याणकारी प्राणीलइ थोरै न्याय मिलोस । मलाइ लाग्छ कसैले गरेको असल र समयसापेक्ष काममा समर्थन गर्न सकिदैन भने विरोध गर्ने अधिकार पनि रहन्न ।
रातको मिठो निन्द्रा र गोजी भरी नोट बोकेर हिड्ने इच्छा कसलाइ नहोला तर यसको ठ्याक्कै विपरीत अनवरत सामाजीक र सामुदायका कामलाइ आफ्नो सम्पक्ति मान्ने मान्छे कमै भेटीन्छन् यो समाजमहा ।यही परिवेशमाथी उभिएर हेर्दा फेला पारेको हुँ मैले यो नाम।त्यसो त अन्तराष्ट्रिय साहित्य समाजको सचिव, प्रवासी नेपाली नेटवर्कका निर्देशक एवं चौतारी खबर पत्रीकाका सम्पादक एवं यस्ता अन्य थुप्रै संघ संस्था संग आबद्ध सागरको यो सामाजीक परिवर्तनको पक्षमा सुरुभएको महासमरको यात्रा सागर झै फैलियोस् मेरो यही सुभेच्छा ।

भनेको/सुनेकोनेपालीमन,May 24 1:00 pm

राजा र राजदरबार अहिले नयाँ षड्यन्त्रको तानाबाना बुन्न ब्यसत छ । यस खेलमा सात राजनैतिक दलका केहि नेताहरुको समेत हात छ त्यसैले जनता सचेत हुनु जरुरी छ । यो देशमा राजाको उपस्थीति जरुरी छैन र सातदलबाट प्रमले राजालाइ भेट गर्नु भनेको आत्मसमर्पण गर्नु जस्तै हो । त्यसैले अब राजा र राजदरबारको अन्तिम विदाइको लागी नँया आन्दोलन छेड्नु जरुरी छ ।यो सबालमा अझ कम्युनिष्ट नाम जोडीएका र बोकेका नेताहरुबाट ठुलो खतरा छ त्यसैले यीनमाथी निगरानी त्यत्तिकै जरुरी छ ।

अविरलका कुरानेपालीमन,May 23 8:31 am

नेपाली जनताले आफ्ना हक र अधिकारका लागी सिर्जीएको इतिहासको दस्ताबेज बन्नु पर्छ राष्ट्रिय गान ।

जनताको भावनाको उच्च सम्मान गर्ने र भावी पुस्तालाइ पनि लोकतन्त्रको मार्ग देखाउने लेखीयोस् राष्ट्रिय गान

श्रीमान गम्भीर नेपाली ………….आज मलाइ जीवनको त्यो समय याद आइरहेछ, मानसपटलमा जीवनको त्यो कालखण्डको ऐना झल्कीरहेछ जुन समय म आकासे सर्ट, कट्टु र चप्पलको भरमा त्यो बालुवाको डाडै डाडा विधालय जान्थे आउथे । हरेक दिनको नियमीत कार्य हुन्थ्यो लाइनमा उभिनु र चिच्याइ चिच्याइ श्रीमान गम्भीर नेपाली गाउनु । यसको अर्थ के थियो वा यसको गुदी भित्र के थियो त्यसको कुनै प्रवाह थिएन अरुको अनुहारमा हेर्‍यो फेरी चिच्यायो । नचिच्याए गुरुले कुट्ने डर चिच्याउ मनै लाग्दैन के भनेको हो के ।आज यही गान मेटीएको छ र यसलाइ बदल्ने पक्रिया सुरु भएको छ । त्यसैले मैले पनि केही बोल्ने तुच्छ चाह राखेको हुँ । हुनत यो संसारमा अझ हाम्रो नेपालमा दिग्गज विद्धानहरुको विगविगी छ, कुनै कमी छैन । तैपनि यो तुच्छ नागरीकलाइ ति दिग्गजहरु प्रति फर्कीएर औला उठाउने तिब्र इच्छा छ ।किनकी एक दिग्गजले प्रस्ताव गर्नु भएको राष्ट्रिय गानको मैले न त कुरो बुझे न त चुरो नै ।
राष्ट्रिय गान सरल हुनुपर्छ, र सहज हुनुपर्छ जनजिब्रोमा चलखेल गर्न सजिलो । लोकका सिधा नरनारीले फुराउनै मुस्कील वाक्यहरुको संयोजनमा चाही राष्ट्रिय गान नबनोस् ।अझ यो तुच्छ प्रणीको विचारमा त राष्ट्रिय गानको लागी देश तथा विदेशमा बस्ने नेपालीहरुबाट माग गरीनु पर्छ र उत्कृष्ठ छनौट गरी राखिनु पर्छ । कुनै भाषा-भाषी, जनजाती, राजनिती, धर्म र सामुदाय विशेष परम्परा र यसको गुनगान गाउन सक्दैन राष्ट्रिय गानले । नेपालको इतिहासमा नेपाली जनताले आफ्ना हक र अधिकारका लागी सिर्जीएको इतिहासको दस्ताबेज बन्नु पर्छ राष्ट्रिय गान । लोकतन्त्रको सपना बेकेर जीवनको आहुती दिनेहरु प्रति अनि लोकतन्त्रको लागी जीवनको शाररीक पुर्णता गुमाएका हरुको सपना लाइ सम्मान दिने बन्नु पर्छ राष्ट्रिय गान। बुझ्नै नसक्ने संस्कृत शब्द र अध्याधीक साहित्यीक संरचनामा नै चाहिन्छ भन्ने छैन बरु लोकको जीब्रोमा र बोलीमा लपक्कै टासीने हुनुपर्छ ।जे होस जनताको भावनाको उच्च सम्मान गर्ने र भावी पुस्तालाइ पनि लोकतन्त्रको मार्ग देखाउने लेखीयोस् राष्ट्रिय गान ।