आन्दोलनरत एक दलका जिल्ला स्तरिय नेताले जिल्ला प्रहरी प्रमुख डिएसपी दिवेश लोहनीलाई सम्मान गर्ने घोषणा गरेका छन् । सोमवार रातकिो शाही घोषणा लगत्तै विदुर चोकमा निक्लिएको जनसमूहका विच एमाले जिल्ला कमिटीका सदस्य श्रीकृष्ण खतिवडाले लोहनीलाई सम्मान गर्ने घोषणा गरेका हुन् । सुरक्षा निकायका विरुद्ध दलहरु आक्रोशित बनिरहेको वेला सात दलको धारणा वताउदै उनले वोलेको सो भनाईप्रति अन्य आन्दोलनकारीले भने आपत्ति जनाएका छन् । आन्दोलन सफल भए नभएको निक्र्यौल हुंदा नहुदै प्रहरी प्रमुखलाई सम्मान गर्न लालायित उनको चरित्रमाथि समेत शंका गरिएको छ । उनले डिएसपीलाई किन सम्मान गर्न खोजेका हुन, सो भने स्पष्ट भएको छैन् ।तर लोकतन्त्रका लागी सहयोग गर्ने र क्रान्तिकारी चरित्र भएका सेना पुलीस वा सर्वसाधरण जो हुन उनीहर सम्मानका हकदार हुन् ।
प्रवासतिरबाट