यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
नो कमेन्ट !नेपालीमन,April 25 3:08 pm

-तानाशाह राजा ज्ञानेन्द्र द्धारा संसाद पुर्नस्थापीत गरेको घोषणा
-ठाँउ ठाँउमा विजय जुलुस
-सातदलका नेताहरु लाइमात्र पुर्ण प्रजातन्त्र प्रप्ती
-भिजीलान्तेहरुद्धारा शान्तिपुर्ण सभामा घुसपैठ रत्नपार्क तनावग्रस्त
-तुलसी गिरी फरार
-माओवादीद्धारा आन्दोलनलाइ अझै जारी राख्न आग्रह

जनआवाज 5:41 am

संसद पुनर्स्थापना गरीबक्सेका छौ, जनआन्दोलनमा जीवन गुमाएकाहरुमा समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ?????????????????

यीनै शब्दहरुबाट हुन हिजो जर्जर तानाशाहले नेपाली जनतामाथी घाँस हालेको अनि छेपारे रंगका र आफैलाइ अगुवा भन्न रुचाउने जंगली स्वभावका नेताहरुलाइ टुकुचाको डिलै डिल दरवार नामको घिनलाग्दो मसानघाट सम्म डोर्याएर करिव दुइसय साल पुरानो सिनो खुवाएको । संसारभरका लाखौ नेपालीहरुको लोकतान्त्रीक नेपाल प्रतिको चाहना पलभरमै तुहीयो । सत्ता र कुर्सीको मोहमा नपर्न जनताले अनुनय गर्दा गर्दै त्यो जर्जर अनि कुहीएको शाही संरचनालाइ काध हाल्दै नेपाली जनताको मलामी जान अग्रसर भए ति पतित नेता नामका जंगली प्राणीहरु । न्याय प्रेमी नेपालीहरुको त्यो चाहना, ति हिम्मतीला सगुनहरुको आत्माले के तिनीहरुलाइ त्यो विलासी कुर्सीमा रहिरहन देला ? के छ त्यो संसद नामको जिनीसमा जुन चार वर्ष पहिला विना निष्कर्ष तुहीयो र आज फेरी निक्लन सक्छ ? कि अव तिमीहरुले कुनै दैविक शक्ति पायौ ? को हौ तिमीहरु जो एउटा तानाशाहले कहिले उचाल्ने, पछार्ने र बसाल्ने ? अनि फेरी पनि तिमीहरुनै जनताको अगुवा ????? यीस ……………………..जो अगुवा उही बाटो हगुवा !
के हो संसद कसैले खारेज गर्ने, फेरी स्थापीत गर्ने गुडीया हो यो तिमीहरुको ? अनि कँहानीर भयो जनताको जीत ? कुरो एउटै छ हिजो वल्खु र अन्य साना तानाशाही सँघारबाट घुटुघुटु थुक निल्दै दरवारमा मिल्कीएको हड्डी हेरेथ्यौ, पाएनौ र लडाइ गर्यौ,गरायौ आज त्यही जुठो हड्डी मिल्काएर चेइ चेइ गर्यो अनि पुच्छर हल्लाउदै पाउलागी मालीक गर्यौ अनि तिमीहरु फेरी युगका अगुवा ????? यीस ………………..जो अगुवा उहि कुकुर बाटो हगुवा ! अव एउटै मात्र विकल्प रह्यो नेपाली जनता पहिला यीनै वाटो हगुवा कुकुर प्राणी हरुको मलामी जाउ त्यसपछि यीनलाइ जुठो खुवाइ पल्काउने त्यही तानाशाही ढाडे व्वासो प्राणीको मलामी जाऔला .

अन्त्यमा जनआन्दोलनमा सहिद हुनुभएका ज्ञात अज्ञात सहिदहरुमा समवेदना अनि क्रान्तिकारी अभिवादन !