यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
जनआवाजनेपालीमन,April 23 6:41 pm

माओवादीले राजाको कदम विरद्ध विशाल प्रदर्शन गरेको छन उत्त जनसभावमा विशाल जनसमुहको उपस्थीति रहेको थियो विस्तृत जानकारीको लागी भित्र जानुहोस (more…)

जनआवाज 6:05 pm

लोकतन्त्रको माग गर्दै नुवाकोटमा आज विशाल प्रदर्शन भयो आन्दोलनको क्रममा नुवाकोटलाइ लोकतन्त्र नुवाकोट घोषणा गरीएको छ । जुलुसले नगर पक्रिमा गर्दै विभिन्न राजा विरोधी नाराहरु लगाएको थियो अन्य फोटोको लागि भित्र जानुहोस् (more…)

सृजना/अलग संसार 1:04 pm

देश रगताम्य छ
सडक गल्लीमा जनआवाज उर्लिएको उर्लीएकै छ
दिनदिनै रगतको खोला बगेकै बग्यै छ
तानाशाही वुट निर्दोश जनताको छातीमा बर्षेको छ
यो अवस्थामा म विदेशी भुमीमा कसरी जीउला

लामो लस्कर जनताको निडर बढेको बढ्यै छ
खोइ लालची नेताहरुले फेरी समर्पण गर्लान कि
मनभित्र एकखालको भयले सताएको छ
सकिन्छ कि केही गर्न प्रवासबाटै
त्यसैले दौडदा दैडदै दिन वितेको छ
मन भाँचीएर नेपाली जनताको आस्थामाथी जोडीएको छ
यो संगीन घडीमा मृकदर्शक भएर
परदेशमा म कसरी बाँचुला

लाखौ त्यो नेपाली जनताको लस्करमा आफुलाइ नपाउँदा
भित्र भित्रै मन पाकेको छ
बाँच्नुको अर्थ हिनताले भोक हराएको छ
भत्कीएको घर र चुहीएको छानोले परदेशमै बस्न उर्दी छोडेको छ
अहिलेनै उडेर पुगौ कि त्यो जनसागरमा झै लाग्छ
मन देशमै छाडेर परदेशमा म कसरी जिउँला
अर्धमृत र अर्धचेतन भएर परदेशमा म कसरी जिउँला
तानाशाही बन्दुक जनताको छातीमा बज्रदा
म आँखा छोपेर परदेशमा कसरी जिउँला
कसरी जिउँला

अलखोबर साउदी अरब