नयाँ वर्ष तिमी परिवर्तन लिएर आउनु
प्रतिगमनका स्पष्ट खतराहरुसगै
सुसेल्दै र नियाल्दै अघिबढिरहेको समय
आज अन्तिम भइसकेछ
हिजो सिस्नेको लेकहरु रक्ताम्मै पारेर
हाँस्दै र रुदै गरेको यो समय
आज सदाको लागि विदा भइसकेछ
सडकमा लामा लस्कर छ लोकतन्त्रका खातिर
गाँउ बोल्न थालेको छ बस्ती चल्मलाएको छ
अब त साच्चै यो नया बर्षमा सुनौले विहानी देखीनु पर्छ
अब त घाम लाग्नु पर्छ, हो बिल्कुलै सुनौलो घाम
पुराना संरचनाहरु जो रुढिवादी छन्
ती वैमनश्यता र वैभवका मुरीहरु
जुन मानवीयताको विरुद्ध छन्
हो पुरानो वर्षो तीतो परिकल्पनाहरु मेटिनु पर्छ
जुन नेपाल र नेपालीको मर्ममा आहात र्छछन्
नयाँ वर्षतिमी सिस्नेको लेक भएर आयौ भने,
जलजलाको पनि खबर सोधेर आउनु है,
थवाङको बस्ती तिमीले भेट्यौ भने
मेरो मीठो सम्झना सुनाएर आउनु है
कतै तिमी नवलपरासी र पोखरा भएर त आउदैनौ -
यदि आयौ भने लोकतन्त्रका सहिद अमर रहुन भन्न नभुल्नु है
हो नयाँ वर्षतिमी खाराको बिभत्स घटना
फेरि लाखौ बस्तीमा जर्जर भोक लिएर नआउनु
त्यत्तिमात्र कहाँ हो र नयाँ वर्ष
अफगानिस्थानहरुमामा बम र बारुदको वर्षा संगै
कारुणिक चित्कार कहिल्यै नल्याउनु
अनि बग्दादका बस्तीहरुमा युद्ध पिपासु बुशको त्राशदी कहिल्यै नल्याउनु
नयाँ वर्षतिमीलाई मेरो लाख बिन्ती छ
हाम्रै आँ खा अगाडि आलो रगतको होली खेल्ने
तानाशाही कालरात्री जेठ उन्नाईस कहिल्यै नदोहर्याउनु,
हामी त अवाक् भै सक्यौ,वेदनाले पिडीत भै सक्यौ
त्यसैले नयाँ बर्षदुःख र वेदनाको चित्कार कहिल्यै नसुनाउनु
करोड नेपाली तिमीसंग हात जोड्छन्
पुराना संरचनाका जर्जर बस्तीहरुमा
अनिकाल र अभाव कहिल्यै नदोहर्याउनु
बरु चेतनाको अविरल मुहान बनेर नयाँ वर्ष
नेपाली माटो सिंचित बनाउनु
निरंकुस राजतन्त्रको अमिलो छाया
सदा सदाको लागि विलिन बनाउनु
सदासदाको लागि बिलिन बनाउनु
