यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
सृजना/अलग संसारनेपालीमन,April 19 2:25 pm

प्रतिगमनका स्पष्ट खतराहरुसगै
सुसेल्दै र नियाल्दै अघिबढिरहेको समय
आज अन्तिम भइसकेछ
हिजो सिस्नेको लेकहरु रक्ताम्मै पारेर
हाँस्दै र रुदै गरेको यो समय
आज सदाको लागि विदा भइसकेछ
सडकमा लामा लस्कर छ लोकतन्त्रका खातिर
गाँउ बोल्न थालेको छ बस्ती चल्मलाएको छ
अब त साच्चै यो नया बर्षमा सुनौले विहानी देखीनु पर्छ
अब त घाम लाग्नु पर्छ, हो बिल्कुलै सुनौलो घाम
पुराना संरचनाहरु जो रुढिवादी छन्
ती वैमनश्यता र वैभवका मुरीहरु
जुन मानवीयताको विरुद्ध छन्
हो पुरानो वर्षो तीतो परिकल्पनाहरु मेटिनु पर्छ
जुन नेपाल र नेपालीको मर्ममा आहात र्छछन्
नयाँ वर्षतिमी सिस्नेको लेक भएर आयौ भने,
जलजलाको पनि खबर सोधेर आउनु है,
थवाङको बस्ती तिमीले भेट्यौ भने
मेरो मीठो सम्झना सुनाएर आउनु है (more…)

सृजना/अलग संसार 1:56 pm

शून्यता सन्नाहट यत्रतत्र छाइरहेछ
रगतका खोलाहरु पानी बनी बगिरहेछ
देश गन्तव्य विहीन यात्री जस्तै कुइराको काग भइ,
आलो रगतमा चिप्लिरहेछ, त्यसैले मेरो देश रोइरहेछ
पहिला मेरो देशलाई दूख्दा कति छिट्टै उपचार गर्थे म
आज त अन्त्य विहिन पर्खाइमा छु (more…)