गजलनेपालीमन,April 10 3:33 pm
कोपिला शर्मा
आजभोलि सबको निन्द्रा एकैचोटी जागिरहेछ
दिन दहाडै इतिहासको बूढो गिद्धलाई ताकिरहेछ ।
नाङ्गनि नि अति साह्रै नाङ्गीयो नि बूढो गिद्ध
बिद्रोहको आगो बाल्न जनतालाई डाकिरहेछ ।
अब देख्न थाल्यो क्यारे आफ्नो काल आफैंभित्र
सिनो देख्दा पनि गिद्ध दच्किएर भागिरहेछ ।
अ“ध्यारो यो दुनियाँ नि हुन्छ भने झिलिमिली
आफैं जली मैनजस्तै पग्लिन मन लागिरहेछ ।
सम्झदै छु झलझल्ती इतिहासका अमर शहीद
ब्युँझ युवा ! देशले फेरि वलिदान मागिरहेछ ।।
-साभार जनादेश
