बाटैभरी लटरम्म बयरको घारी
हलो जुवा हली दाइ खोला वारीपारी
रोपारहरु जिस्कीएर हिलो छ्यापाछ्याप
असारेले ढाक्दै छरे डाडा वारीपारी
घरमुनीको ठूलो पाटो पैरो गयो अरे
आली थुन्न मेरा बाको जागर चल्दै छरे
बर्ष मासको चट्याङजस्तै गर्जदैछ मन
मलाइ सम्झी गामबेसीमा न्याउली रुदै छरे
कता गयो असार पन्ध्र कता साउन मास
पर्दो होला भदौमास झरी एकनास
अगेनामा मकै पोली खाको सम्झी सम्झी
गामवेसीको पिरलोले खायो एकनास
घरमुनीको गैरी खेत गोरु नारीयोकी !
सधै हिड्ने मुलबाटोमा पिपल सारीयोकि !
मिहेनतको कुम्लोबोकी हिड्ने थापा दाइ
कतै आज जीन्दगीको जुवा हरीयोकि ! (more…)
