यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
जनआवाज, मानवअधिकारनेपालीमन,April 30 3:02 pm

तस्वीर प्रकासको सहयोगमा लेखनाथ भण्डारी (www.prabasinepali.com)

खबरदार सहिदको रगत खेर नजाओस्

नेपालीमन समाचार 1:13 pm

नेकपा माओबादी का केन्द्रीय सदस्य पंफा भुसालले अहिलेको संसद बिघटन गरी अन्तरिम सरकार गठन गर्न र निर्सत संसबधान सभाको चुनाब गरेर लोकतान्त्रीक गणतन्त्रमा जानुपर्न बताउनु भएको छ । (more…)

नेपालीमन समाचार 1:02 pm

नेकपामओबादीले आज बुटबलको मणिग्राममा बिभिन्न कार्यक्रम सहित आमसभा गर्नै बताएको छ माओबादीले युद्धबिराम गरेलगैतै उनीहरुको खुलारुपमा आन्दोलन गर्न गरेका छन । (more…)

भनेको/सुनेको 12:56 pm

अक्सर नेपालीहरुको काधमा हलो जुवा, हातमा कोदालो कोदाली र जीउमा फाटेको भोटो र लुगीले छोडेर सुटेड बुटेड भएपछि उनीहरुलाइ आमाको फरीया पनि गन्हाउछ ।
समुन्द्रपारीका नेपालीहरु

विचार/विश्लेषण 9:55 am

अविरलयात्री प्रवासबाट
केही ब्लगर साथीहरुबाट र अन्य सञ्चारकर्मी मित्रहरुबाट केही मेल पाए प्राय मेलहरुमा प्रधानमन्त्रीको सपथको विषयमा लेखीएका थिए । आज गिरीजा बाबुले सपथ खानुभएछ । जनताको माझमा खानु पर्छ भन्दा भन्दै दरबारमै खानुभो कतै …… ? न्यायप्रेमी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु मेरो यो शंका तुहीयला कि यथार्थ निक्लीएला यो विश्लेषण गर्ने जिम्मा चै तचपाइहरुमै । देश र जनताले धेरै चोटी धोका खाइसके । अब पनि के होला म चै अनभिज्ञनै छु । मलाइ लाग्छ गिरीजाबाबु त्यत्ती सहज मान्छे हैनन् जनताका लागि। त्यसमा पनि राजाको विरुद्धमा नारावाजी जलुस र व्यापक जनआवाज जुटाउने अनि राजाकै हातबाट सपथ खानुमा पनि जनआन्दोलनका औचित्य माथी प्रश्न चिन्ह उठ्छ नै । हो अब यो बहस जरुरी छैन राजा चाहिन्छ या चाहिदैन बरु अबको नेपालको मार्ग चित्र कसले कोर्ने उही पुरानै पतित अनुहारहरुले या त नयाँ क्रान्तीकारी जोशहरुले ? यो तपाइहामीले नै निर्णय गर्ने कुरा हो । अर्को जरुरी कुरो के यो राजालाइ हामी हत्यारो वाहेक हरु के रुपमा चिन्न सक्छौ ? धेरै क्रान्तीकारीताको कुरा र मेरो ब्लगको ढाँचाबाट यँहाहरुलाइ यो पनि लाग्न सक्छ कतै यो अतिवादको धारतिर हुत्तीएको ठिटो त हैन ? तपाइहरुको यो प्रश्न मलाइ स्वीकार्य छ किनकी जीवनको जुन दोबाटो देखी मैले मेरो देशलाइ चिन्न कोसीस गरे त्यही दोबाटोमा उभिएर मैले नेपालको राजतन्त्रको अन्त्यको कामना गरेको थिए र आज पनि यसैको लागि दिलोज्यानले लागीपरिरहेछु छोडौ यी ब्यत्तिगत कुराहरुलाइ अ के गरीजाबाबु र खड्ग ओलीले यो देशको कुरुप अनुहारमा रंग भर्न सक्लान् त ? तपाइहरुलइ कस्तो लाग्छ ? मलाइ त यसमा पनि विश्वास छैन । गिरीजाहरु आफ्नै लागी गर्छन जे पनि अनि ओलीहरु गुलीयो आदर्श मात्र बाँड्छन त्यसैले मेरो तुच्छ र अल्लारे बिचारमा यीनीहरु देशको परिवर्तनका लागी योग्य छैनन् । आजको यो घटनाले राजतन्त्र अझै पनि निर्वाधरुपमा जनताको शासन गरीरहेछ भन्ने पुष्टी हुँदैन र हिजो संविधान सभालइ खारेज गर्नेहरु यती सम्मकी संविधानसभाको विषयमा छलफल सम्म पनि चलाउन डराउनेहरुले आज संविधान सभा गर्लान भन्ने के विश्वास अनि ल गरेरे त्यो जनताको हितमै हुन्छ र स्वतन्त्र रुपमा, निश्पक्षरुपमा हुन्छ भन्ने ग्यारेन्टी दिन सक्छन् यीनले यी त फोहरी राजतीतीका माहिर माछाहरु हुन पासा पल्टाउन पनि सक्छन र फेरी हामी जनतामाथीनै जाहीलाग्न सक्छन् त्यसैले जनता सधै सचेत रहनु पर्छ , जबसम्म यो देशमा राजतन्त्रको अन्त्य र जनताको शक्तिमा चल्ने शासक लोकतन्त्रको हेरचाह गर्न आउदैन !

विचार/विश्लेषण 5:49 am

मण्डलेहरुले यो देशलाइ सदियौ देखी आफ्नो कब्जामा पारेर जनताको रगत र पसीनामा होली खेलीरहेका थिए र आज पनि खेलीरहेका छन् किन ? किनकी हामी अझै पनि कमजोर छौ । हाम्रो आत्मबल अझै पनि कमजोर छ । हामी हाम्रो आफ्नै विचार तयार गर्न सक्दैनौ र पटक पटक शक्ति र सत्ताका पुजारीहरु माझ आत्मसमर्पण गरीरहन्छौ हिजो ७ साल र ४६ सालमा के भयो मलाइ त त्यत्ति थाह छैन भनेका, सुनेका र पढेका कुरा मात्र हो तै पनि मेरो यो तुच्छ विचारमा हामी पटक पटक धोकामा छौ । जनताको रगत बगेको वग्यै छ । निहत्था जनता सडकमा ढलेका ढल्यै छन् किन ? किनकी हामीमा मुत्तिको चाह छ, सुख र शान्ती पुर्वक जीवन जीउने सपना छ तर के यही लहलहैमा यो सम्भव छ त ? राजधानीमा खानेपानी छैन, आधा भन्दा धेरै जनसंख्याको जीवन ब्यक्तिगत जीवन ज्युनका लागी चाहीने न्युनतम आवश्यकता परिपुर्तीका लागीनै पसीना वगाउदैमा सकिन्छ ।लाखौ नेपाली घरवार विहिन छन् तर राजा र सरकार सिहदरवारको आसपासका भव्यमहलमा खैचडी बजाउनमै ब्यस्त छ । जनतालइ भुलाउदै झुक्याउदै तिनै जनताको ढाडमाथी लात हनीरहेछन् । अहिलेने हेरौ न गीरीजा बाबु प्रधानमन्त्री अरे के तपाइ नेपालीको उञ्वल भविश्यको लागि यो कदम ठिक भन्ने ठान्नु हुन्छ त ? एक चोटी गहीरीएर सोचौ त हिजो किलो सेरा टु, सर्च एण्ड डिस्ट्रोए जस्ता भयानाक र लोक विनासकारी योजनाका प्रवर्तक तिनै गिरीजा हैनन् र ? अनि ऐमालेको कुरा गर्नु हुन्छ हिजो जनताले दिएको बहुमतलइ कुरी कुर गरेर आपसी लडाइ गर्दै आतंककारी नियन्त्रण अध्यादेश ल्याउने जमर्को गर्ने तिनै बामेहरु हैनन् ? हिजो चप्पल पट्काउदै जतनाको घरमा एक छाक भात माग्दै हिड्ने नेताहरु आज रातारत कसरी एकाएक अलिसान महलका मालीक अनि पजेरो र प्राडो चडेर हिड्ने क्षमता रख्न सक्छन् ? के यो जनताको रगत पसीनाबाट जम्मा गरेको रुपीया हैन ? हो राजा र राजतन्त्र यसको अगुवा छ यो म पनि मान्छु जुन संस्कार र परिपाटीमा ति जन्मीए त्यही अनरुप तिनका व्यवहार देखिनु स्वभावीक हो र यसलाइ समाप्त पार्नको लागी जनआन्दोलन जरुरी छ ।तर आफुलाइ क्रान्तिकारी र जनताको भन्ने ऐमाले र यस्तै कैयौ अनुहर हरु अझै पनि हामी माझ सक्रिय छन् त्यसैले वास्तवीक मुक्तिका खातिर यो आन्दोलन अझै पनि जरुरी छैन र ? फटाहहरुको लहलहैमा नपरी वास्तवीक मुक्तिका लागी निरन्तर लडै हाम्रो जीत सुनिश्चीत छ !

नेपालीमन समाचारनेपालीमन,April 29 12:01 pm

ध्रुव रावल स्वतन्त्र समाचार सेवा नुवाकोट
आन्दोलनकारीले नुवाकोटको एक दर्जन सरकारी कार्यालयमा श्री ५ को सरकार को ठाउमा नेपाल सरकार लेखेपछि अहिले ति सरकारी कार्यालयमा साइनवोर्ड रहेका छैनन् । (more…)

नेपालीमन समाचार 11:59 am

ध्रुव रावल स्वतन्त्र समाचार सेवा नुवाकोट
विदुर नगर पालिकामा चार साता अघि देखि खरदारलेनै हाकीमको काम गर्दै आईरहेका छन् ।विदुर नगर पालिकाका कार्यकारी अधिकृत कृष्णकुमार निरौला कामको सिलहीलामा राजधानी गएपछि उनले आफ्नो सम्पुर्ण जिम्मा कार्यालयका स्टोरकिपर रामकुमार श्रेष्ठलाई दिदै आएका छन् । (more…)

अंग्रेजी कोलम 5:30 am


Sappan K.C.Europe

29April2006-Three alleged Nepali Maoists have been arrested from Muzaffarpur town of Bihar and computers, CDs, mobile phones and Rs. 200,000 seized from them, police said Friday. (more…)

जनआवाज 5:25 am

४६ सालको जनआन्दोलन दवाउन अधिकार दुरुपयोग गर्ने मण्डलेहरको छानवीन गर्न गठीत मल्लीक आयोगले कार्वाहीका लागि सिफारीस गरेपछि पनि पटक पटक शक्तिमा आएका तिन चर्चित नामहरु
-कमल थापा
-भक्त बहादुर कोइराला
-बद्रि मण्डल


Hi5 comments
Get FREE HI5 Comments

hi5
Free Hi5 GraphicS

hi5 glitter words
Get Free Hi5 Glitters
hi5 glitter words
Free Hi5 Glitters : hi5love.com
hi5 comments
Get Free Hi5 Comments

bigoo.ws - Text Note Generators hi5 comments
Get Free Hi5 Comments

hi5 comments
FREE HI5 Comments

Hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments