कस्लाई पो थाहा हुन्छ र वेदनाको मर्म
आँखाहरु पोल्दा पनि उभिएकै थियो यँहा
भासिदैछ जमिन पनि टेक्दै छ त्यो दुखी जँहा
भन्ने गर्थे पुर्खाहरुले सोचे सपना साकार हुन्छ
कस्को ब्यथा कस्लाई के थाहा जान्न खोजे बेकार हुन्छ
ब्यथाहरु समेटेर बाँच्न कस्लाई सोख होला
यस्तै दुःखी जिन्दगीले सफलतालाई कैले छोला ?
एकले मात्र बुझेर पो हुनसक्छ के र यँहा ?
स्वार्थीहरुको भिडभाडमा हाँस्न खोज्छ ऊ जहाँ
के नै दिन सक्छ र उस्ले तिमीलाई
उपहासको थुप्रो भित्र लुकाई आफूलाई
मर्म बुझ्ने कर्म भए डोको भरी राखिदिन्थ्यो
सपनाका महलहरु एकाएक फालिदिन्थ्यो
प्यारो बन्न सबैको हुन्न कस्लाई धोको
को छैन र बोकी हिड्ने सपनाको पोको
विरहले मुटु पोल्दा सम्झीदिने कस्लाई -
आफ्नै भन्नेहरुले नि गए भावनालाई लत्याई
सोचे मात्र आफूले के नै हुने हो र !
रित्तो हात कस्का लागि योग्य हुने छ र !
भन्न पनि सकेन त नआउ सपनिमा
तीतो कथा भोग्नु पर्यो आखिर विपनीमा
कैले पहाड बन्न सक्छ खरानीको थुप्रो
सोच्दा सोच्दै सपनाका महल भए झुप्रो
संगी जस्तै छाँटकाँटले बाँच्ने रहर जागे होला
पालो नपाई रहरहरु दुःखी भई भागे होला
किन उस्लाई समयले साथ दिन्न सोचे जति
त्यसैले त खुसीहरु किचीकिची मर्यो कति
दौडिएर टुगों सम्म पुग्न खोज्यो कति कति
दुःख उस्ले मानेन जिन्दगीमा एक रति
गर्नु बाँकी के रह्यो र गर्यो जाने जति
खप्नुसम्म पीडाहरु खप्यो कति कति
सबै भन्दा ठूलो वस्तु सन्तुष्टि नै ठान्यो
त्यो भन्दा नि छुट्टै कुरा पैसा रैछ जान्यो
पैसै भित्र हुर्कन्छ कि मानिसको जात
कस्लेपो स्विकार्छ र खाली, रित्तो हात
आकाशमा गड्यङगुडुङ गर्जिएर पानी
त्यसै किन झथ्र्यो र आफै जानी जानी
भिजाईदिन्छ निथुक्कै नओडे त छाता
के मतलब असिनालाई कुटुम्ब र नाता
पत्थरलाई जति पुज के गथ्र्यो र माया
पात झरेका रुखमा तिम्ले कैले पाउछौ छाया
पत्थरमा पूजा गरी मन बुझाए जस्तो
कस्लाई के थाहा छ र मन्को भाव कस्को
पूणिर्माको जून्ले र्छर्ने प्रकाश नै हो आखिर
सुर्यलाई नै पर्खनु छ उज्यालो को खातिर
माया अनि ममताको खानी भनेपनि
तिर्खाएको बटुवालाई पानी बनेपनि
आखिर तिर्खा मेटिएसी सम्झन्छ र कस्ले
बिर्सन्छ रे सबैलाई माया दियो जस्ले
आफै हिड्ने बाटो पनि विर्सिएझै लाग्छ
शून्यताले बास गर्छ खुसीहरु भाग्छ
ज्यानै दिन खोजेपनि नपढ्दिए तिम्लाई
काम के नै लाग्दो रै छ नबुझ्दिए सब्लाई
बुझाउन नसकेरै ऊ त थकित भयो
कति पटक सुरु सुरु दोबाटोमै गयो
भेट्न उस्ले जसलाई खोज्यो भेट्न सकिएन
जिन्दगीका तीता ब्यथा मेट्न सकिएन
भनेका ती मीठा कुरा तीतो सुनेपछि
दोधारका जालहरु मन भित्रै बुने पछि
जति अरु बोलिरहुन चासो हुन्न कसैलाई
के फुर्सद र दुनियाको कुरा सुन्न सबैलाई
कुनै दिन यस्तो थियो सोचे मात्र पुग्थ्यो उस्ले
दुःखहरु दूर थिए देखिन्थे ती कैले कैले
वरपरका संगीहरु डाहा गर्थे उस्लाई देखी
दंग पर्थे समाजका पाका भुक्तभोगी
दुनियाँनै उस्कै हो कि उस्लाई लाग्थ्यो त्यस्तो
किन सोच्थ्यो नियतीले पछार्ला र यस्तो
आज तिनै दिनहरु सम्झी कल्पदै छ
रुन मात्र सक्दिन उ विरहमा अल्मलदै छ
मन उस्का रसाएर सिमसार नै भएपनि
भासिएरै पीडाहरुको पैरो गएपनि
आखिर उस्को अस्तित्व के नै बाँकी छ र !
उस्का लागि सोची दिने को नै यँहा छ र !
दिन पनि के सक्यो र दुनियालाई उस्ले
आफ्नै मनले सोधिरहन्छ के भन्दैछस् तैंले
कहिले काही त भनिदिन्छ पागल आफैलाई
सुनाइदिन्छ हल्कारा झै स्वार्थी दुनियाँ लाई
दुःख लाग्ला आफैलाई वेदनाले पोल्दा
झन्झट लाग्ला जीवन देखि दुश्मन झै बोल्दा
के नै जान्छ दुनिया हो ऊ सगं बोली दिंदा
मीठो वचन दुइचारवटा मन खोली दिंदा
मिल्काएको वस्तु त काम लाग्छ ठान्छ
ऊ त एउटा सजीव मान्छे सधै खडा हुन्छ
सबैसगं अनुरोध छ सुख होइन दुख बाड्ने
जिन्दगी त आफ्नै हुन्छ त्यसलाई किन भाड्ने
बाँच्न दिउ सबैलाई आफ्नै तरिकाले
हिड्न दिउ दुःखीहरुलाई उन्कै तरिकाले
सबैले बुझिदिए यिनै मन्का कुरा
दुश्मन झै नमिल्काए धारिला ती छुरा
सबैलाई दुःख दिन कहा उस्ले खोज्यो
जस्तो देखे जिन्दगीमा सिर्फत्यही रोज्यो
असल बनाई बढाउन खोज्यो जस्तो लाग्छ
जस्तो आफू जिन्दगी नि त्यस्तै रोज्यो लाग्छ
गल्तीमा माफ दिनु धर्म सब्को होला
तिखा ती शब्द बाणले खुसी कस्लाई देला
जस्तो मर्म आफ्नो छ त्यस्तै सोच्यो लाग्छ
जति नजिक हुन खोज्यो त्यत्ति टाढा भाग्छ
फूल बनी फुल्न खोज्यो दुनियाले कुल्चिदियो
जून बनि झुल्न खोज्यो भविश्यले लत्याइदियो
बाँच्नेहरु बाँच्दै गर्छन मर्न हुन्न भन्ने गर्छन्
फूल होस् या काँडा जे होस् दुनियाको फेला पर्छन
कैले फुल्दै कैले झुल्दै हुरीबतास झेल्दै गर्दा
मायालुको आगनीमा मीठो खेल खेल्दै गर्दा
आफ्नो मान्छे पराया भो कस्लाई भन्ने मन्का कुरा
रुदै बसोस् दुनियामा दुश्मनले रेट्छन् छुरा
बाटो तिर आँखा तर्दै हिड्नेहरु भेट्दै गर्दा
संर्घषको पुलसंग मितेरीको आश गर्दा
बटुवा झै झोक्रिएर आखिर त्याही र्झन खोज्यो
बाँध्य भयो विवस भए दुनियामा निरास रोज्यो ।
सके मलम लगाइदिनु दुःखी जिन्दगीमा
नाँच्न दिनु तिनीहरुलाई तिन्कै आँगनीमा
भरे भोलि भन्दा भन्दै बित्छ जीवन सब्को
अजम्बरी जिन्दगीनै छ र याहा कस्को
मरेपछि खरानी नै बाँकी कहाँ हो कहाँ
लर्डाई ठूलो किन गर्र्छौ ऐले तिमी यहाँ
मान्छे बन्न सिक भन्छु तिमीलाई म त
कुरा उठ्छ शुद्द मनको त्यो नि छदै छ त
अब के नै बाँकी छ र मैले भन्नु पर्ने
जानी सक्यो दुनियाँले सबै जान्नु पर्ने
जान्नु पर्ने भन्दा बढी जानेर पो हो कि -
समयको फेराले तानेर पो हो कि
आजकाल तिनीहरु दुष्मनझै लाग्छन्
बोलाउन खोजु कति पर पर भाग्छन
भाग्न देउ सबैलाई किन छेक्नु छ र !
सम्पन्नताको ढोङहरु किन देख्नु छ र !
कुनै दिन यस्तो आउछ सबै हासीखुसी
हुने छैनन् दुनियामा कोही पनि दुःखी
सबैको सबैलाई माया लाग्न थाल्छ
बेकारमा जिन्दगीलाई खेर कस्ले फाल्छ
सहयोग र सद्भावहरु देखिन्छन् कि कही
हुन्छन् होला समाजमा खुसी जहीतही
वेदनाले सान्त्वना पाउछ कि जब
दुनियाले असल पाठ पढ्न थाले जब
मुरी मुरी वेदनालाई एकै साथ फ्याक्न
थाल्नु पर्छ सबैले आफूलाई हाक्न
विरह र वेदनाको साथ किन लिने
भन्छन् सबै मिलेर यस्लाई मिल्काईदिने
सबै यी आदर्श हुन व्यवहार गयो कता ?
दुःखी अझै दुःखमा मर्छन उस्तै छ रे ऊ त
मर्नु बरु निको होला बाच्न त्यत्ति गारो भयो
सम्पन्न र सुखी जीवन सपना त्यो कता गयो
हुरी बतास चल्यो ठूलो बडारेर लग्यो सबै
आफ्नो भन्ने दुष्मन बने लाग्दो रै छ कस्को के नै
कहिले काही त जिन्दगीले पिछा गथ्र्यो उस्को
भन्न पनि छाडिदिन्थ्यो सबै तेरो मेरो
आज भोलि त्यही जिन्दगी के भएर होला ?
उस्लाई छाडी दुश्मनको बोक्दै हिड्छ झोला
निभेको बत्ति त्यो ह्रुन कस्लाई छ र ?
भन्दीए नि हुने बरु अब तिमी मर
के बेर लाग्दो रैछ मान्छे अर्कै हुन
त्यत्तिमात्र कहाँ हो र कस्ले सक्छ छुन
आकाशको कालो बादल मौसम जाँच्ने कसी
दुःख पीडा जिन्दगीको खाका कोर्ने मसी
के थाहा र सबैलाई वेदनाको मर्म
पूरा गर्नु पर्छ भन्थे मानिसको धर्म
पूरा गर्नु पर्छ भन्थे मानवीय धर्म
