भन्ने छैन यो जिन्दगी अभिशाप भयो
कस्ले सोध्यो बाँच्ने आधार बीचमै मेट्न खोज्यौ किन ?
कस्ले बुझ्यो बेदना बिच बाँचीरहेछौ किन ?
आफ्ना पीडा आफैभित्र दवाएरै भएपनि
जीबनको हरेक अंग विना हलचल बाँचेपनि
दुनियाँले अपागंझै होच्याई होच्याई बचिरहेछ
कस्ले बुझ्यो बाध्यता उस्को ज्युदो मुर्दासरी भएछ ।
खोस्न खोज्छौ अझै पनि उस्का ती खुसीहरु
मार्न खोज्छौ अझै उस्का भावनाका मुरीहरु
भो अब तिमीहरु सहन सक्नेसम्म छाड
बरु उस्का सबै खुसी एक आपसमा बाड
बाँच्नु पर्छ अझैउस्ले उस्लाई पनि बाँच्न देऊ
इच्छाहरु मरी सके केवल शरीर ढाक्न देउ ।
मृगतृण्णा जिन्दगीको ज्वालाहरु बनिसके
निभाउन खोजोस् कति इच्छाहरु मरिसके
अझैपनि मार्न उदृत दुनियाको एउटा पाटो
दुष्मनझै सधैभरी छेक्न खोज्छन् उसकै बाटो
सक्छौ भने उस्को बस्ती आगो लगाइ उजाड पार
कलिला ती भावनालाई थिचि थिचि सखाप पार ।
उस्को पनि मुटु भए तिमीसग जुध्न जान्थ्यो
आफ्ना इच्छा भावनालाई आफ्नै भनि माया गर्थ्यो
कैले सोध्थ्यो आफैसंग खोई त मेरा इच्छाहरु
खोज्न खोज्थ्यो चारैतिर हराएका खुसीहरु
जिन्दगीमा फेरि पनि ल्याउन खोज्थ्यो ज्वारभाटहरु
सफा बनाइ पन्छाउथ्यो जिन्दगीका बाटाहरु ।
कालो बादल हटाउँदै सफा पाथ्र्यो आफ्नै आकाश
र्छन खोज्थ्यो दीप बाली जिन्दगीमा नौलो प्रकाश
कैले पुग्थ्यो जिन्दगीमा कैले हुन्थे खुशीसँग
चियो गथ्र्यो कैले काही के छ भनी आफैसँग
मनभरी उर्लन्थेकि उमगका छालहरु
दुनियाले नफिजाए विष मिश्रति जालहरु ।
पुकार गर्छ दुनियालाई नछेकिदेउन उस्को बाटो
जिउन देउन उमंगमा वरिपरि आफ्नै बाटो
आफ्नै भन्नेहरुबाट परायाको व्यबहार पायो
कति पटक अनाहकमै दुनियाको गाली खायो
गामबेशीमा हास्न देउन नाचुन्सगैं संगीहरु
सबैसँग बाड्दै बाचुन् भएका ती खुसीहरु ।
माया प्रीति साँच्दै गाँस्दै लेकबेशी गर्दै गर्दा
चोखो तिम्रो भावनामा आघातको चोइटा पर्दा
कति दुख्ला बेदनाले कति पोल्ला तिम्रो छाती
आज त्यस्यो नियतीले कोर्रा हान्यो उस्को माथि
दिल दुख्यो मन पाक्यो पाकिरहोस् छाड्दै गर्यो
बोल्दै गर्दा हिडदै गर्दा दिन दहाडै ज्युदै मर्यो
छट्पटिदै एकनाश खग्रास भयो मन उस्को
देख्न थाले दुश्मनहरु जिन्दगीकै सेरोफेरो
देखिराछ हेरिराछ सजग हुनु पर्छ भनि
घाटी उस्को अठ्याउदैछन् एक नाश शत्रु बनी
कालो पट्टी आँखामा बाधेर पो आका छन् कि ?
सिध्याउनै पर्छ भन्दै दिन दिनै धाका छन् कि ?
दुनियालाई असजिलो उस्ले केही गर्या छैन
बाँच्नु बाहेक दुनियामा लक्ष्य केही राख्या छेन
उडी चन्द्र छुन खोज्नु दोष उस्कै थियो भन्छन्
दोषीहरु न्यायकर्ता न्यायहरु अपुरै रहन्छन्
कठ्घरामा उभ्याउदै जिन्दगीको प्रत्येक पल
कहा जाउँ के खोजौ पारिदैछ अलमल्ल ।
सागरमा डुब्न खोज्यो समाजले छेकिदिन्छ
आकाशमा उड्न खोज्यो अस्मीताले बेचिदिन्छ
नैतिकताको शरण पर्यो उस्ले पनि छड्के हान्यो
प्रतिष्ठालाई गुहार माग्यो उसलाई छाड्न उर्दि छाड्यो
अन्तिममा इज्जतलाई समातेर पर्यो पाउ
उसले पनि त्यसै भन्यो मेरो अघि आउदै नआउ ।
अब उस्ले कस्लाई खोज्ने हारेको यो समयमा
निरेणय त लिनै पर्छ जिन्दगीको हरेक मोडमा
हार नखाउ भन्ने गर्थे सानै छदा गामबेशीमा
त्यै सम्झेर बाच्न खोज्छ गाउघरको उकालिमा
फाटेको त्यो टोपी अब पसिनालाई पुछौ भन्छ
हार नखाउ यस्तै हुन्छ जिन्दगीलाई बुझौ भन्छ ।
जे भए नि आफ्नै बाटो सुरु सुरु हिड्ने गर्छ
छोड्दिन यो दुनियालाई आफ्नो लागि मर्छ मर्छ
साथ दिन्छन् उस्लाई आज उस्कै गामबस्ती
प्रकृतिले उस्कै लागि गर्छन सधैं गस्ती
बाटो उस्को पन्छाउने गाम पाखाकै काम भयो
भन्ने छैन यो जिन्दगी अभिशाप भयो
कैले पनि भन्ने छैन अभिशाप भयो ।
