खोई लेख्न त के नै लेख्न सक्छन् र यी कलमहरु
बोली दिने ओठ सुकिसकेका छन्
भोक लाग्न छाडिसकेका छन्
यी भोका कलमहरुलाई
हिजो वेदना पिएर बाँच्थे र
फेरिपनि जिउन खोज्थे ,
तर आज
शून्यतालाई कोट्याउदै मेरो अन्तरंगसग
पटक पटक बाझिरहेछन्
तिनै नाथे भोका कलमहरु,
कैले उसको ओठमा लाली र्छन खोज्छन्
कैले त्यस्को हा“सोमा उड्न खोज्छ
आफै भित्र खोक्रिएर अनि
नितान्त रित्तिएर भएपनि
उपहास सम्हालीरहेछन्
ती नाथे कलमहरु
लालुपाते ढपक्क फुलेर छाउदै
सारा बस्ती ढाकिदिओस भन्ने चाहान्छन्
जाइ, बेली र चमेली आफ्नै आगन भरी
ढकमक्क फुल्दै शोभायामान् होस् या भइरहोस्
भन्ने चाहान्छन्
ती भोका कलमहरु
हिजो हाँस्दा हाँस्दै रोयो
फेरि रुदँ रुदै हाँस्नु पर्यो
यसरी एउटा शून्य आदर्श या
कारुणीक वेदना झेलिरहेछन्
ती भोका कलमहरु,
वर्षा यामको मौसम झै गड्गडाउनु
वर्षु चम्कनु र बिस्तारै उघ्रदै जानु
फेरिपनि चाहना र आवश्यकताअनुसार
त्यही क्रम दोहर्याइरहनु
बस् यस्तै भोगिरहेछन्
नियतीको कोर्र खादै
उही भोका कलमहरु
जे जस्तो होस् लेखिरहन्थे
देश दुनिया पानाहरुमा देखीइ रहन्थे
राम्रैथ्यो ठीकै थ्यो तर
सारै बिजोगले बिफ्वाकमा
टुप्पो भा“चिएर, मसी रित्तिएर दम सकिएर,
दुर्गम बस्तीहरुको दुर्गम छाप्रोहरुमा
धुवै धुवा लागेर कालाम्मे
खटप्वालहरुमा मिल्किरहेका छन्
त्यही भोका कलमहरु
त्यही जर्जर कलमहरु
सृजना/अलग संसारनेपालीमन,March 28 5:49 am
