कसरी सुरुवात गरौ यी हरफहरु
आँसुले भिजेका ती नामर्द कलमहरु
आस्थाको शिर कुल्चदा पनि हेरिरहने ,
मुकदर्शक भएर एउटा सोझो गाँउले जस्तै
बाटो बिराएका ती नामर्द कलमहरु
हिजो एउटा प्रण गर्दैथ्यो ,
अब त यस्तो सोच्दै सोच्दिन
एक पल नबित्दै प्रण तोडियो
मन कस्यो एकछिन ढसमस्स भएर
अनि अपाङ्ग बेसाहारा झै टोलाइरह्यो
चाहेर हैनन् यी हरफहरु
आ“सु पिएर लेखिरहेछन्
ती नामर्द कलमहरु
सेतो पनि कालो बनिरहेछन्
आफ्नो भन्नेहरुकै छेउबाट
जीवन पनि अर्थहिन बनिरहेछ
सर्त्कर्म रुपी भावना नजिकैबाट
खोइ कसरी अघि बढाै
न सोच्न सक्छु न बोल्न नै
मैले नचाहेरै पनि अन्तस्करणबाटै
उकुसमुकुस भइरहन्छ
रात रोइरहन्छ, दिन निश्पष्ट्ट अन्धकार भएर
मलाइनै छोप्न खोज्छ
दुनियाँसामु एकोहोरो रमिते भएर
घिर्सदै लम्कन खोजिरहेछ
पागल बेसाहारा पडित भएर
कस्तो विडम्वना यो न सम्झी नहुने
कस्तो नामर्दता मनहरु टोलाइरहने
आफूले भनेको नभएपनि हुनै पर्छ भन्ने भनाउने
यस्तो पनि कुनै तरिका होला
हिड्नै नसकेपनि जर्बजस्ती हिडाउने
रहरले हैनन् यी हरफहरु
बाध्यता बोकी लेखिरहेछन
ती नामर्द कलमहरु
नलेखे पनि धरै छैन यसो उसो लखिरहेछु
सोच्दै नसोची हिड्न खोज्दा दोबाटोमै अल्झीरहेछु
कुन पापको सजाय हे मलाई
जिन्दगी थेक्नै गाह्रो पारिदैछु
कुन दुष्ट समयको साटो हो मलाई
मृत्यु मुखमा लिएर बाँचिरहेछु
खुसीले हैनन् यी हरफहरु
छरपस्ट बेदना बोकेर लेखिरहेछन्
ती नामर्द कलमहरु
न सकिन्छ पत्ता लगाउनै
यस्को जड के हो भनेर
न सकिन्छ रोक्नै यसलाई
कस्को भावना पोखियो भनेर
हाँसो लिएर हैनन् यी हरफहरु
आलो घाउ मुटुमा लिएर लेखिरहेछन्
ती नामर्द कलमहरु
बोकी मनभरी बेदनाका छरपष्ट हरफहरु