हाँसो र खुसीले उन्मत्त आवाजहरु
यत्र तत्र र्सवत्र छरिएका छन् मेरै अगाडि
मात्तिएका साढे झै ढसमस्स कुर्लदै
निर्धाहरुलाई मुढेबल देखाइरहेछौ
सबैलाई स्वतन्त्रतापर्वक बाँच्न देऊ न
किन तीम्रै चाकरी चाहान्छौ ?
फेरि तिमीले सोध्न नखोज्नु को हो यो !
म त त्यही पीडा युक्त आवाजानै हु
कति फरक छ तिमी र ममा
हेर त तिमी खुशी चाहान्छौ
म पीडाहरुसंग लुकामारी खेलिरहेछु
तिमी उन्मत्त हेराइहेरिरहदा
मेरा आँखामा चुर्लुम्म आसु भईरहन्छन्
तिमी चाकरी चाहान्छौ म आत्मसम्मान चाहान्छु
यसरी तिमी रवाफको खेती गरिरह“दा
म लुत्रुक्क परेर किनारा लागिरहन्छु
जे होस् तिमी पनि आवाज नै हौ
म पनि त आवाज भित्रकै आवाज नै ह“
फरक यति छ
तीम्रो आवाजमा दम छ, अहमता छ
तर ममा भने उही महत्वकांक्षा छ उही आलस्यता छ
आवाजको मूल्यांकन गर्ने कसी चाहिएको छ
असल आवाजहरुको खाका कोर्ने मसी चाहिएको छ
निर्धाहरुको मन बहलाउने आवाज खोजिएको छ
त्यसैले तिमी आवाजहरु नामर्द नबन मजस्तै
आवाज भएर आवाज बन्न सिक
अनि फेरि आवाज भएर तिमी जस्तै आवाजहरुको
गला अठ्याउन पनि छाडिदेऊ
म त नसक्ने भएको छु
नतमस्तक छु ,दम सकिएको छ
मन रित्तिएको छ , एक हिसावले हेर्यौ भनै
मत आवाज नै होइन
असत्य र झुटको बिचमा पलाएन हुन सुर कस्ने
नामर्द बोली हुँ म
त्यसैले म नार्मद बोली बोलिरहदा
तिमी निर्धाहरुलाई रक्त सञ्चार गर्ने गर
मैले असभ्यताको परिचय दिदा
तिमी सिद्धान्त र आदर्शको प्रचार गर्ने गर
बरु म विचैमा रोकिइदिउला
कुनै पहाडहरुको ढिस्कासगैं
मेरा मलीन आवाजहरु लाई ठोकिईदिउला
अन्तत जीत तीम्रै बनाइदिनेछु
नमीठो हार स्वीकार गर्दै
तीम्रो सफलताको आशा गरिरहनेछु
लाशहरुको थुप्रोमाथि लमतन्न हुँदै
तिमीलाई लाख शुभकामना पुकारी रहनेछु
आशा छ जति गरेपनि मर्ने छैनन् ती आवाजहरु
संकटको सामना गर्नु परेपनि
बाचिरहनेछन् ती आवाजहरु
निर्धाहरुलाई रक्तसञ्चार गर्दै
सभ्यताको परिचायक बनिरहनेछन् यी आवाजहरु
सृजना/अलग संसारनेपालीमन,March 23 7:32 am
