पत्रकारीता समाजको ऐना हो । पत्रकारीताको मानवीय आँखाले समाजको गुदीसम्म नजारअन्दज गर्न र सामाजीक मुल्य मान्यताहरुको स्थानलाइ सुरक्षीत राख्न एवं र्सर्म्वदन गर्न सक्नु पर्छ । यसो हुन सकेन भने न त त्यो पत्रकारीता स्वच्छ पत्रकारीता रहन्छ न त त्यो समाज समुन्नत समाज नै । जब कलमहरु लोकको बबुरा हातको बेल्चा र हलो छोडेर शक्तिसाली बन्दुकको पाउलागी गर्न पुग्छन् तव पत्रकारीताको धर्म सकिन्छ, त्यहाँ स्वच्छ पत्रकारीताको निर्मल पानी टुकुचाको हिलोमा मिल्छ र यो सर्लक्क पित पत्रकारीताको कित्तातिर सोहरिन पुग्छ । अझ यसो भनौ पत्रकारीता ठेकेदारी र पत्रकार ठेकेदारको रुपमा निर्लज्ज समाजसामु देखा पर्छ । पत्रकारीता कुनै पनि शक्तिको एकतर्फी खेताला होइन यो त सत्य तत्थ्य स’चनाको पहलबाट हरेक पक्षबाट हुने अमानवीय ब्यवहारको साक्षी बन्न सक्नु पर्छ र यसका मतियारहरुलाइ मैदानमै अचेटेर सदाको लागि समाप्त पार्न सक्नु पर्छ । चाहे निरंकुश राजतन्त्रको धमिलो छाया होस् चाहे उग्र दक्षिणपन्थी वहावका प्रगतिशीलरुपी नकावधारीहरु यिनका फोहरी गिदी सर्लक्क निकालेर शान्ती, मानवीयता, र स्वतन्त्रताका शितल सन्देसहरुले पुनर्ताजकी गराउनु पर्छ । जब आस्थाका भिखारी अनि पुजारीहरु पत्रकारीताको खोल ओडेर लोक सामु देखा पर्छन तव लोकको नजरमा पत्रीका कसैको मुखपत्र बन्छ र पत्रकार विभिन्न खाले प्रचारकहरु । जब दुनियामा यसो हुन्छ स्वतन्त्र पत्रकारीताको मर्ममाथी थेग्नै नसक्ने पाहाड ओइरीन्छ र स्वतन्त्र पत्रकारीताकर्मीहरुको स्वच्छ र निर्मल अनुहार तिनै कुरुप पित अनुहारको भेलमा मिसीन पुग्छ, उनिहरुको गोसाइक’ण्ड झै निर्मल अनुहारमा कहिल्यै नमेटीने कुरुप धव्वा पोतीन पुग्छ । मेरो ततुच्छ विचारले भन्छ आर्थिक आवश्यकताको परिपुर्र्ति कर्ता होइन पत्रकारीता, सामाजीक विसंगती र अराजकबादी चिन्तन विरुद्धको अभियान बन्नु पर्छ । आलो रगत संग रमाउने भयावह संस्कृतिको पक्षधर होइन पत्रकारीता, मानवीयता र स्वतन्त्रताको लागि आवाज उठाउने साझा थलो बन्नु पर्छ । विशुद्ध पत्रकारीताको उद्देश्यका खातिर जीवन उर्त्र्सग गर्नेहरुको पनि कमी छैन हामीहरुमाझ । चाहे निरंकुश राज्यसत्ताको सिकार इच्छुकहरु हुन् चाहे विद्रोहीहरुका सिकार थापाहरु हृ’न यस्ता हरेक खाले अमानवीय क्रियाकलापको खुलेर विरोध गरीनुपर्छ भन्ने नै मेरो आशय हो । पत्रकारीताको मकुण्डो भिरेर अनेक अनुहार र आकृतिहरु दुनियामा देखा परिरहेछन् । चाहे स्वदेशका पाखाहरुमा होस् चाहे प्रवासका गल्लीहरुमा मलाइ लाग्छ यसले जहीतही निरन्तरता पाइरहेको छ । मनवीय मुल्य र मान्यताको समेत निर्लज्ज मलामी जाने तुच्छ प्राणीहरुनै सामाजीक चेतना र परिवर्तनको मिठो आश्वासनले दुनिया भुलाउन ब्यस्त देख्दा लाग्छ नेपालीहरुको बोद्धिक स्तरमा अझै पनि धेरै विकास हुन बाँकी छ अझ भनौ नेपाली समुदायमा आम चेतना सञ्चारको काम सलक्कै बाँकी छ । भौतीक सम्पन्नता र मान्छेको आवरणलाइ मात्र सबथोक मान्ने हाम्रो समाज चेतानाको उपल्लो उर्वर थलो बन्न कहिले सम्म कुर्नु पर्ला यसले पनि हामी जस्ता तुच्छ नागरीकलाइ पोलेको पोल्यै छ । आफुलाइ मात्र सबथोक ठान्ने एकथरी झुण्डले समाजमा जरो गाडेको छ भने एकलौटी समाचार सम्प्रेषणको ठेक्का लिएका अर्का खाले सम’ह हाम्रै समाजमा सक्रिय छ । के यी दुबै खाले झुण्ड एवं समुह समाजका क’रुप आकृति हैनन् र ? के यीनका आवरण भित्र टुकुचाको फोहर डंगुरको स्पष्ट अकृति देखा पर्दैन र - ? स्वच्छ र समुन्नत समाजका परिकल्पना अघि यी दुइ ठुला पर्खालहरु हुन् यसलाइ समय छदै पाखा लाउन सकिएन भने स्वतन्त्र पत्रकारीतामाथी अजीवन कलंक लाग्ने कुरा निर्विवाद छ यो लोकलाइ चेतना भया । अस्तु