सृजना/अलग संसारनेपालीमन,February 28 9:30 am
तिमीलाइ देख्नु भन्दा नदेखेकै जाती
न त थियो तीम्रो साथ न त अलग थिए
जान्छौ कि त यात्रा संगै हात बढाइ दिए
दोबाटो मै काट्न थाल्यौ कुरा भलिभाती
तिमीलाइ देख्नु भन्दा नदेखेकै जाती !
छोटो जीवन छोटो यात्रा सहज बनाउने
आफैभित्र रमाउदै अघि बढाउने
न त बुझ्यौ साझा लक्ष्य राखी दियौं थाती
तिमीलाइ देख्नु भन्दा नदेखेकै जाती !
सबैकुरा सम्हालेर नराखेरै होला
भावनामा बग्दा बग्दै चिप्लीएरै होला
लक्ष्य थियो बनाउने तिम्लाइ जीबनसाथी
तिमीलाइ देख्नु भन्दा नदेखेकै जाती !
हिजो थियो तीम्रो पालो अब मेरो हेला
दोबाटोमा भेटे कतै हाँस्नु नै त होला
किन गर्यौ यत्रो नाटक मेरो यात्रा माथी
तिमीलाइ देख्नु भन्दा नदेखेकै जाती !
तिमीलाइ देख्नु भन्दा नदेखेकै जाती !
