बर्षाको पानी र नाली विहिन सडक
सदियौ देखिको जर्जर जमीन र खण्डहर भवन
डाँडा माथिको जुन र क्यान्सरयुक्त जीवन
त्यस्तै गधा, छाता र मरुभुमिको यात्रा !

भावशुन्य समय र विवेक हिन क्षण
आमाको अन्तिम विदाइ र पहिलो खवरको पल
निश्चित मृत्युको पर्खाइ र जीवन
त्यस्तै गधा, छाता र मरुभुमिको यात्रा !

चरम वेइज्जती र विवस क्षण
जस्तै आमाको वलत्कार र मुकदर्शक क्षण
बन्द पिंजडा र विवस बट्टाइ
त्यस्तै गधा, छाता र मरुभुमिको यात्रा !

पानी विनाको प्यास र खाना विनाको भोक
लक्ष्य विनाको जीवन र अन्त्यहिन यात्रा
पखेटा विनको पंछी र सडक विनको मोटर
त्यस्तै गधा, छाता र मरुभुमिको यात्रा !