जीन्दगीको हरेक पल स्वंयको लागी ठुलो चुनौती हो । जीवनको लम्बेतान यात्रामा जीन्दगीका हरेक पानाहरु पल्टाउदै जानु मानवका लागि प्रकृतीले निर्देशीत गरीदिएको अविछिन्न नियम हो । आज बैज्ञानीक आविश्कारले संसारलाइ चुमीरहेका छ । भौतीक उन्मादले सिंगो मानवजातीलाइ अन्धो बनाइरहेको छ । सत्य र असत्य विचको भिषण युद्धले संसार दन्कीरहेछ । यो कटु यथार्थताको विच सत्यको पक्षमा वकालत गर्नु र यसलाइ आत्मसाथ गर्नु मृत्युलाइ पछ्याउनु जस्तै हो । तै पनी जती सुकै असहज परीस्थीती होस् या सहज परिस्थीती मानीसले संसारलाइ ढाट्न सक्दोरहेछ परिवार नातेदार र आफुजस्तै असख्य मानवजाती लाइ सहजै ढाट्न सक्दो रहेछ तर आफु र आफ्नो आत्मसम्मान लाइ कहिले ढाट्न नसक्दो रहेछ । त्यसैले होला जीवनका हरेक पानाहरु पल्टाउदै जादा म आफुलाइ पनि यो अनुभुतीले सिकार बनाइरह्यो । लाखौ मजदुर हरुको बिच बाट आफुलाइ नियाल्दा मेरो सुरुवातका दिनहरु र आजसम्म पनि शाररीक कष्टकर क्षणहरु अनुपातीक रुपमा कमै रहे । तर मानसीक दुखाइ विवेकका कणकण मा वगीरहेका स्वभीमान र आत्मसम्मानका चोटहरु सींगो जीवनलाइ अन्त्य गर्नु भन्दा पनि कम हुदो रहेनछ यसलाइ मैले राम्ररी अनुभुत गरेको छु । सत्य र असत्य विचको लामो र्सघषमा मेरा चौवीस बसन्त वितीसकेका छन् । जीवनको यो यात्रामा म कति पटक बिचलित भएर गलत बाटो पहिलाउन पनि पुगे होला त कति पटक सम्हालीयर जीवनलाइ ब्यवस्थापन गर्नतिर लागे होला त्यो म स्वंयलाइ नै हेक्का छैन किनकी यो प्रक्रियानै मेरे सिंगो जीवन हो । आज म जीवनको त्यो उचाइमा छु जहाबाट मैले संसार लाइ सुन्दर रुपमा नियालीरहेको छु । जती जती संसारका घटनाक्रमहरुसंग धसारीदै जान्छु कहिले भोकाहरु सम्म कैले अलिसान महल र यसको चौपट्टै टिठ लाग्दो तडक भडक सम्म उती उति आफुमा थप जीम्मेवारीको अनभुत र्गछु जीवनको यही प्रक्रियाको बाबजुत आज मैले संसारलाइ अलग दुइ पाटोमा भेटेको छु । एकातिर मेरो छेवैमा लाखौ श्रमजीवीहरुको लामो लस्कर छ त अर्कोतिर त्यो लस्करलाइ उपेक्षा गर्दै रमाइरहेका कामचोर हरुको असरल्ल झुण्ड छ । त्यसैले मैले मेरा जीवनका बाकी बसन्त हरु तिनै श्रमजीवी हरु र साचो अर्थमा सत्यका लागि बिताउने प्रण गरेको छु चाहे मेरो भागमा मृत्युनै किन नपरोस् । सुरुवातका कति दिनहरु मैले अल्मलीएरै विताउन पुगे यती सम्म की यो दस्ताबेज जहा मेरो जीवनको कैयौ पानहरु समेत समाहित छन् त्यो लेख्न समेत म डराइरहे । कती रात लेखौ या नलेखौको दोधारमा गुजारे त कती दिन सित्तैमार् बबाद गरे । आज म मेरो परीवार साथी संगत समाज र देश भन्दा धेरै टाढा छु । कती पराइझै मान्छे हरु आफन्त बनेका छन् त मेरो भाषा भेषभुषा जानजान भुल्नु पर्ने भएको छ । थाहछैन यो खुल्ला किताब उनिहरु सम्म पुग्न पाउला या नपाउला जसको दुखाइले यो दस्तावेज पल्टाउन झक्झकाइ रह्यो । म स्वयं अनुत्तरीत छु भोली म नेपाल र नेपाली सम्म पुग्न सकुला या नसकुला । करीब सत्र बसन्त साथ साथ गुजारेको मेरो त्यो परिवार, बुढ्यौलीले मलीन भएको दृश्टी सधै मेरो बाटोमा लगाउने मेरा ती बुढा आमा बाबा, साथी संगत समाज, जीवनका रंगीन छ बसन्त गुजारेको त्यो कलेज, संग संगै जीवनका बाकी दिनहरु गुजार्न मैले प्रेरीत गर्ने गरेको त्यही गोरी मोटी केटी उनीहरुको नजीक म एकपटक पुग्न पाउला नपाउला । यही दुखाइले मलाइ सधै मर्माहत बनाइरहन्छ आज पनि ।
म मरुभुमीमा बसेर आज सम्झन्छु ती मेरी बुढी आमा जसको प्रयास र प्रेरणले सिंगो म बनेको छु उनैको लागी एक थोपा औषधी खुवाउन सकिन । मेरा ति हाड छाला मात्र बाकी रहेका बाबा उनलाइ सम्झन्छु जसको प्रत्येक पल सिर्फहाम्रा लागि वित्यो उनैलाइ एकछिन टुसुक्क आलीमा बसालेर पालो दिन सकीन । मेरो समाज साथी भाइ नातेदार जसबाट मैले असख्य ज्ञानको ज्योती पाएको छु उनैका लागी एकथोपा योगदान गर्न सकिन । यस्तो लाग्छ म असफल भए । तर आफै भित्र विवेकका हुण्डरीहरु मडारीन्छन् र जीवनलाइ अरु बढाइरहन प्रेरीत गर्छ । बाकी दिनहरु मा अवश्य केही गर्ने पर्छ । त्यसैले मैले जीवनलाइ अरु मजबुद बनाउने प्रण गरेको छु आफैलाइ अझ शुद्धीकरण गरेर निरन्तर सत्यको पक्षमा वकालत गरीरहनेछु । मैले मेरो जीवनको दस्तावेज पल्टाउने प्रयास गरे नकी यसबाट मलाइ सस्तो लोकप्रियता मिलोस् बरु लाखौ श्रमजीवीहरुको पक्षमा यसले निरन्तर वकालत गर्न सकेन भने,हरेक समाजमा यो खुल्ला किताब प्रेरणा बन्न सक्दैन भने या त यसले समाजमा अरु एक जनालाइ मात्र गलत मार्गनिर्देशन गर्यो भने हामीले यस किताबको नामो निसान मेटाउन पर्छ म स्वंय पनि हासीहासी यसको मलामी जानेछु मलाइ यसमा कुनै गुनासो रहने छैन । जीवन एउटा अन्त्यहीन यात्रा हो नया संसारको सृजनामा म फेरी पनि शुन्यबाट उठ्ने प्रयास गर्नेछु जीवनको यो अविरल यात्रामा म कसम खान्छु म हार्ने छैन बरु एक थोपा रगत रहे सम्म श्रमजीवीहरुको लामो त्याग र बलिदानीले निर्माण गरेको त्यो नया बस्ती त्यो नया समाज र त्यो नया संसारलाइ पहिल्याउने प्रयास गरीरहने छु किनकी जीवन एउटा अविरल यात्रा हो जीवन भन्दा लामो र कठोर यात्रा अरु कुनै छैन् ।
मरुभुमिको गुलाफबारे-
जन्मदैमा मानीस अपूण जन्मन्छ र जीवनको अनन्त यात्रासम्म पनि उ अपुण नै रहन्छ यसैले त मानीस जीवन भर दुखी बनिरहन्छ । अझ सामाजीक घट्नाक्रमहरु ओइरो लागेर मुलबाटोनै ढसमस्स ढाकीदिने बेलामा उ अझ अपुण ताको महशुसले तड्पीरहन्छ । जीवनको वहाव एकदिन अनिश्चीत यात्राको संगममा गएर मिसीन्छ । त्यहि संगमनै मानवीय विकासक्रमको हाट बजार हो । त्यहि बजारको प्रत्येक एउटा मेलामा कोहि सुन्दर जीवन, सुन्दर समाज र सुन्दर संसारको परिकल्पना सहित बहिरन्छन् त कोहि सामाजीक मान्यता विपरीत उन्मादित हुदै लहडै लहडमा घिरेली खेलिरहन्छन् । यो सदियौ देखि चलिरहेको सामाजिक नियती हो ।
जीवन अमुल्य छ त्यसैले एकबारको जुनी खास्साले जीउनु हरेक मानीसको सुन्दर सपना हो । मानवले जब यो धर्तीमा पाइला टेक्छ आमाको इसारमा चल्ने लुखुरे समय देखि समाजको इसारामा चल्न सक्ने बयष्क समय सम्ममा उसको हजारैँ सपनाको महल खडा हुन्छन् र भत्किन्छन् पनि । महत्वपुण कुरा मात्र यति हो कि उसले कति समय सम्म त्यो महल जिवीत राख्न सक्छ र रहन सक्छ - वास्तवमा चिल्लो सुकिलो घरानीया जीवन देखी थोत्रो र दुखका मयलै मयलका कत्ला बसेका जीवन सम्मको नालीवेली र इतिवृतान्त त यहि नै हो । भनिन्छ भविश्यले मानिसलाइ दौडाउछ । हैन अझ यसो भनौ मानिस पो भविश्यको पछि दौडन्छ त । जे होस् यहि कुदाइको लम्बीतान यात्रामा मानिस बेजोडले थाक्छ र चौतारीमा टुसुक्क बस्न भ्याउदा नभ्याउदै अन्तत विलिन हुन्छ, खरानी हुन्छ । मुलत संसारभरमा अर्थिक दासताका सिकार युवाहरु वेरोजगारीले भोको पेट बाचीरहेका युवाहरु या त जीवनको रंगीन भविश्यको कल्पनामा डुबीरहने युवाहरु यी नै विदेशका गल्लीहरुमा भेटीने अनुहार हुन् । जीवनका रंगीन बसन्तहरु मरुभुमीको उराठलाग्दो बालुवामा विताउन कस्लाइ पो रहर छ र - बरु संसारको कुना कुनामा असमानताको महलहरु छन् । बर्बरताका सुनिनसक्दा कहानीहरु छन् । कोही आफ्ना परिवारको भोक सहन नसकेर मुमरीदै विदेशीएका छन् । कसैको बस्ने झुप्रो भत्कीएको छ त कसैको जीवन आलो रगतले रगताम्य भएको छ । कोही आखै अगाडी दिदी बैनी या त आमाको बलत्कार सहन नसकेर जीवनलाइ भगाइ रहेछन् तर यो कैले सम्म - यो अमानवीय र असभ्य प्रक्रिया कहासम्म - यीनै प्रश्नहरु संगै जब मेरो जीवनको यत्रा पनि यही घट्नाक्रमको एउटा अंश बन्न पुग्यो यसले मलाइ जीवनको एउटा नया मोडमा आइपुग्न धेरै मद्दत गर्यो । विशेषत अरबमा जीवन मरणको लडाइ लडिरहेका विश्वभरका असंख्य यूवाहरुलाइ देख्दा लाग्थ्यो संसारनै वेरोजगरीको अड्डा हो । दिनरात रगत पसिना बगाएर मेहनत गर्ने तिनै करोडौ युवाहरु र उनिहरुको जीवनलाइ नजीकबाट नियाल्दा यस्तो लाग्थ्यो उनीहरुनै संसारलाइ थेग्न सृजना गरीएका सृष्टीका सुन्दर फुल हुन् । तर ति मनोरम मानवीय बस्तीबिच होइन सृष्टीले पनि बडो कठोरता र अन्यायी पूवक मरुभुमीमा फुलाइएका गुलाफ हुन् । त्यसैले त्यही मरुभुमी जहाबाट मैले तिनै करोडौ श्रमजीवी युवाहरुको जीवनको कथा कोर्ने जमर्को गरे । अनि तिनै करोडौ नौजवानहरु जसले जानाजान या अन्जान जीवनको डुंगा खियाउदै अनायास समुन्द्रको शितल पानी छोडेर मरुभुभिको कहालिलाग्दो बाटो पक्डीन थाले । मेरो दृश्टीका सामु लगातार ती असंख्य अनुहारहरु कता कता सुन्दर लाग्न थाले आफ्ना झै लाग्न थाले र त होला मैले उनीहरुलाइ संसारको सुन्दर फुलको रुपमा नहेरी धरै भएन बरु मरुभुमिको गुलाफनै उनीहरुको सुहाउदो र गहकीलो चिनारी बन्न सक्ला कि मेरो प्रयास यतीमात्र हो बाकी चाही यहाहरुमै ।
र्समपण
विवसताका जञ्जीरहरुले बाधीएर विदेशीएका ति करोडौ युवाहरुमा जसको रगत र पसिनाले अरबको मरुभुमी छताछुल्ल छ !
क्रमस…..
