जीन्दगीको हरेक पल स्वंयको लागी ठुलो चुनौती हो । जीवनको लम्बेतान यात्रामा जीन्दगीका हरेक पानाहरु पल्टाउदै जानु मानवका लागि प्रकृतीले निर्देशीत गरीदिएको अविछिन्न नियम हो । आज बैज्ञानीक आविश्कारले संसारलाइ चुमीरहेका छ । भौतीक उन्मादले सिंगो मानवजातीलाइ अन्धो बनाइरहेको छ । सत्य र असत्य विचको भिषण युद्धले संसार दन्कीरहेछ । यो कटु यथार्थताको विच सत्यको पक्षमा वकालत गर्नु र यसलाइ आत्मसाथ गर्नु मृत्युलाइ पछ्याउनु जस्तै हो । तै पनी जती सुकै असहज परीस्थीती होस् या सहज परिस्थीती मानीसले संसारलाइ ढाट्न सक्दोरहेछ परिवार नातेदार र आफुजस्तै असख्य मानवजाती लाइ सहजै ढाट्न सक्दो रहेछ तर आफु र आफ्नो आत्मसम्मान लाइ कहिले ढाट्न नसक्दो रहेछ । त्यसैले होला जीवनका हरेक पानाहरु पल्टाउदै जादा म आफुलाइ पनि यो अनुभुतीले सिकार बनाइरह्यो । लाखौ मजदुर हरुको बिच बाट आफुलाइ नियाल्दा मेरो सुरुवातका दिनहरु र आजसम्म पनि शाररीक कष्टकर क्षणहरु अनुपातीक रुपमा कमै रहे । तर मानसीक दुखाइ विवेकका कणकण मा वगीरहेका स्वभीमान र आत्मसम्मानका चोटहरु सींगो जीवनलाइ अन्त्य गर्नु भन्दा पनि कम हुदो रहेनछ यसलाइ मैले राम्ररी अनुभुत गरेको छु । सत्य र असत्य विचको लामो र्सघषमा मेरा चौवीस बसन्त वितीसकेका छन् । जीवनको यो यात्रामा म कति पटक बिचलित भएर गलत बाटो पहिलाउन पनि पुगे होला त कति पटक सम्हालीयर जीवनलाइ ब्यवस्थापन गर्नतिर लागे होला त्यो म स्वंयलाइ नै हेक्का छैन किनकी यो प्रक्रियानै मेरे सिंगो जीवन हो । (more…)
नेपालीमन कलासाहित्यनेपालीमन,February 21 8:43 am
