आलो रगतले चाहनाहरु लत्पतिएर होला
मान्छे,मान्छे र मान्छेहरुको भिडबाट
एकाएक संवेदना हराएर होला
हिजो आज मान्छेहरु हास्न छाडेका छन्
फेरी तिनै मान्छेहरु
तिनै मान्छेका छाँयाहरु
अनि बग्रेल्ती मान्छकै भिडहरु
समीपमा र्मुदा शान्ति छाएर होला
हिजो आज तिनै मान्छेहरु बाँच्न छाडेका छन्
आफ्नै संवेदना विहीन कंकाल लिएर मान्छेहरु
असनका असरल्ल गल्ली जस्तै विगत
वालुवामा केरीएका आकृति जस्तै वर्तमान
र सुयास्थ जस्तै भविश्य लिएर
मान्छेहरुले आफुलाइ विर्सिएका छन्
आफ्ना गन्तब्यहरु
जीवनका कुरुप खाकाहरु र्
र्केदै, मेट्दै र फेरी कोर्दै छन्
हिमाल झुकेको बेला
गुँरास सुकेको बेला
आफ्नै शरीरका क्षत विक्षत आकृतिहरुले
देश दुखेको बेला