पुसमाघको पारीलो किरण जस्तै
कँहाबाट झुल्कीए सन्तोषहरु
कति निडर लडिरहे शम्भुहरु
अबत साच्चै पञ्चे सपना तुहियो नै
वाह् न्यायपालिका वाह् वाह्

आशाको दियो बलेर आयो मनमा
इच्छाहरु विस्तारै जाग्न थाले आफैमा
कति दिन सहनु गरीव नेपालीहरुले
आफुमाथीको जब्बर तानाशाह
अब त यी आफै मेटीने नै भए
वाह् न्यायपालिका वाह् वाह्

चैतको खडेरीमा पानी जस्तै
थोरै भएपनि गाँउ हासेको छ
कता कता आभास भइरहेछ
वस्तीले नयाँ सपना साचेको छ
गिरी र ढकाल रुपी तस्करहरु भासीने नै भए
वाह् न्यायपालिका वाह् वाह्

मकैमा घुन पिसीए जस्तै
पञ्चको सपना पिसीने भयो
लामो समयको प्रसव पिडा जत्तिकै
बल्झीन लागेको घाउ सुक्ने नै भयो
पञ्चको मण्डले राज आखिर तुहिने नै भयो
वाह् न्यायपालिका वाह् वाह्