हिजो सडकमा चञ्चला हरु ढालिएका थिए
रवि वोगटी हरु,भरत ढुगानाहरु
यस्तै यस्तै यता काठमाडौ देखी उता पश्चिम सम्म
कहिले परिवतर्नको शाहदत
कहिले ज्वाला र अग्निहरुको
कहिले प्रसान्तहरु त कहिले कृण्ण सेन इच्छुकहरुको
वग्रेल्ती सडक भरी लाशहरुको खात लगाइएको थियो
त्यो समय पनि यस्तै थियो
तानाशाही पञ्चकाल
तर त्यस समयका तिनै बामेहरु हैनन् र
त्यस समयका तिनै माकुनेहरु र गिरीजाहरु हैनन् र
मान्छेलाइ मान्छे नदेख्ने
उन्मत्त साढे झै
जनताको रगत चुस्दै
सत्ताको बागडोर सम्हाल्न
उहि परचक्री अज्ञानीहरुमा
मोहोर चढाउन र पाउलागीका लागि
लामबद्ध तिनै माकुनेहरु हैनन् र
समयको फड्को संगै
आज फेरी उमेशचन्द्र ढालिए त के भयो
ढिलो चाडो सब बर्बाद गराउनै थियो
पञ्चहरुको रावण राज्य सहनै थियो
भिन्नता देखाउन तयार थियौ सधै
उमेशचन्द्र र कृण्ण सेनहरुमा
समानता देखेनौ कहिल्यै
चञ्चलाहरु र रामकुमारीहरुमा
इच्छुकहरुका वजनदार मृत्यु
कपास झै बनाइदियौ
उमेशचन्द्रहरु अझै कति ढालिन बाँकी छन्
यसका सुरुवातमा तिमी नै त थियौ
आज अज्ञानी हरु जहा छन्
हिजो तिमी थियौ त्यँहा
त्यसैले तिमी माकुनेहरु,गिरीजाहरु
अनि दरवारका लगौटी बनेको शेरवहादुरहरु
कालो अध्यादेशरुपी वामदेवहरु
सबै सबै नै उमेहचन्द्रहरुका दुश्मन हुन
यो लोकलाइ चेतना भया
सृजना/अलग संसारनेपालीमन,February 12 6:53 am
