इराकमा बन्धक बनाइएका नेपाली दाजुभाइहरु र साउदी अरबमा अलपत्रमा परेका हजारौ नेपालीहरु प्रति समर्पित……..
हिजो त मन रुन्थ्यो मात्र
त्यसलाइ वहलाउने औषधी पाइन्थ्यो
जति कुँडीए पनि, जती फाँटे पनि
त्यसलाइ त थामथुम पार्न सकिन्थ्यो
दुँनियामा को होला जसलाइ राष्ट्रियताले नपोलोस्
देश रुदा उ पनि नरोओस्
राष्ट्रियताको बलत्कार हुँदा
उ न्यायको लागि नबोलोस्
तर आज त न्याय नै रुदो छ
मानवीयता र राष्ट्रियता
यी त फाटेका भोटो झै भएका छन्
त्यसैले एकबार मेरो मन दुखेको छ
आमाको क्षत् विक्षत आकृतिले मन बोझिएको बेला
आमाको क्षातीमा परेड खेल्ने
रावणहरुको रावण राज्यको बेला
म कसरी मन बुझाउन सक्थेर
एकबार फेरी मन दुँखेको छ
इराकमा मारीएका नेपालीहरुको
सम्झना अगाडी रहदा रहदै
फेरी अरु भएले सताएको छ
कठै ति बन्धक नेपालीहरु
एकबार फेरी मन दुखेको छ
अरु त के कुरा गरौ
आफ्नै सेरोफेरो
आफु जस्तै
अरबमा अलपत्र हजारौ
श्रमजीवीहरुको मायाले
मन क्षत् विक्षत् भएर दुखेको छ