झर्‍यो पानी गज्र्यो आकास असारको महिना जस्तै
जनता लम्के वैरी तिर लडाइको सिपाइ जस्तै
होली खेल्न रगत संग कमलहरु रमाउदा
जनताको उठीवासमा यिनीहरु रमाउदा
फेरी पनि पानी पर्‍यो असिनाको ढिक्का संगै
जनताहरु वढिसके शिरमा सेतो कफन संगै

धरै छैन नभागेर हिजो जस्तै पञ्चहरु
जनतालाइ ढाट्दै हिड्छौ पञ्चायती दिन जस्तै
कति दिन अडिएला पञ्चहरुको विषको खेती
हातमा हात मिलाएर निक्ली सके जनताहरु
हिजो जस्तै कालो विहान नसम्झेनी हुने भयो
दिनमा देख्ने पञ्चे सपना नदेखेनी हुने भयो
झोला कुम्ला कसे हुन्छ के के जाती मैनालीहरु
निर्धा माथी राजको सपना नदेखेनी हुने भयो

दमन संगै रमाउने दमनकारी शासकहरु
तिनका पछि पापा खोज्दै दौडने ति प्रजाहरु
अत्याचारको सिमा पनि पार गर्‍यौ कति चाडै
निर्धा बस्ती जलाउने सपना नदेखेनी हुने भयो

मौन भइ बस्ते छैन जलजला र खाराहरु
मोर्चातिर लम्कीसके विश्वभरका सवहारहरु
धादिङ तिर गम्दी पनि लम्कदै छ रे
विष्टहरुले मिठो सपना नदेखेनी हुने भयो

नवाकोटका चोकतेले कसम खायो अरे
रमाउदै हिड्यो भन्छन थान्सिङ र छरे
आल बारीमा पहेले रोग लागे जस्तै
नेपाललाइ रित्याउने सपना नदेखेनी हुने भयो

पानी पानी निर्खाएर काकाकुल जस्तै
जनता माझ स्विकार्ने छौ जीन्दगीको भुल
कति दिन टिकीरहला हावा माथी महल
जनता मार्ने दिवा स्वप्न नदेखेनी हुने भयो