सृजना/अलग संसारनेपालीमन,February 7 8:53 am
एकान्तमा कहिले काही रोए पनि होला
मलाइ तिमी आशुको खानी नसम्झ
कहिलेकाही धोए होला मनको मैलो पनि
मलाइ तिमी नदीको पानी नसम्झ
मात्तिएर कहिले काहि पिए पनि होला
त्यसलाइ तिमी अविरलको बानी नसम्झ
तिमी संगै जीवन जिउने सपना देखे होला
भो मलाइ आँखाको नानी नसम्झ
भौतारीदै विना लक्ष्य कहिले काहि हिडेहोला
अविरललाइ अभिमानी कहिल्यै नसम्झ
हिजो थियो तिमी संगै आज छैन साथ
यसलाइ तिमी जीवनको बदनामी नसम्झ
प्रतिविम्व कहिलेकाही वरीपरी छाए पनि
यसलाइ तिमी जीवनको लगानी नसम्झ
कहिले काहि दुरभाषको घण्टी बज्यो भने
यसलाइ तिमी अविरलको बानी नसम्झ
भो मलाइ आँखाको नानी नसम्झ
