म अविरलयात्री यो मलाइ मनपर्ने र म स्वयंले जुराएको नाम, अनि वास्तवीक नाम चाही राजुविक्रम खतिवडा । मेरो जन्म २०३८ साल चैत १२ गते भएको हो तर अरु साधारण नेपालीहरु झै कानुनी वा वैधानीक जन्म मिति भने २०३८ साल भाद्र १० गते हो । म नुवाकोट जिल्ला भद्रुटार गाउ विकास समीति वडा नं ९ को स्थायी र २०५४ सालदेखी विदुर नगरपालीका वडा नं ३ को अस्थायी वासीन्दा, करिव चौध महिना सम्म साउदी अरबको मरुभुमीको एक ट्राभल एजेन्सीमा लेखा अधिकृतको काम गरे। विगतमा म मुलत सहकारी ब्यवस्थापक थिए, साथसाथै विधार्थी, सामाजीक कार्यकर्ता र यसको अलवा फुर्सदको समयलाइ पत्रकारीता मार्फत सदुपयोग पनि गर्थे । अहिले म Sangam Saving & Credit Co-operative, Sangam Money Transfer & Sangma Trading Concern तथा प्रवासी नेपाली नेटवर्क (PNNP) एवं प्रवासी नेपाली डट्.कम. संग सम्बन्धीत छु ।
कुनै समय म पनि राजनैतिक पार्टीको अन्धभक्त र झोले थिए । त्यो मेरो अध्यारो विगत थियो भो अव त्यसको कुरै नगरौ होला किनकी अब चाहेर पनि म न त ति दिनका कल्पना गर्न सक्छु न त ति भावशुन्य कल्पनामा डुब्ने तुच्छ चाहा नै छ म मा, बरु खुलेरै त्यस्तो रुढीबादी संस्कार र परम्पराको विरोध गर्छु । अझ यो समयमा त हामीले सुनौलो नेपालको सपनालाइ यथार्थततामा ढाल्नु पो छ त ! वर्तमानमा इतिहासले हामीप्रति सुम्पीएको जीम्मेवारी यही हैन र ?
म आफुलाइ न्याप्रेमी र जागरुक ठिटो भन्न मनपराउछु त्यसैले होला संसारभर न्यायको पक्षमा उठेका आवाजहरुको हर समय वुताले भ्यासम्म समर्थन र सम्मान गर्छु । सदियौ देखी हामीलाइ माकुराको जालोले जेले झै जेलीरहने सामान्ती संस्कार र अहमताबादी सोचलाइ म घृणा गर्छु । अधिकासं तपाइ नेपाली झै म पनि नेपालका राजनैतिक दल र यी संग सम्बन्धीत विकृत र तिरस्कृत अनुहारबाट आजीत केटो हुँ त्यही भएर पनि हुन सक्छ केहीलाइ छाडेर नेपालका राजनैतिक दल र यीनका नेताहरु सबैलाइ घृणा गर्छु म । सत्ता र शत्तिको आडमा जनताको मौलीक हक खोस्ने जो कसैको पनि विरोध गर्छु चाहे ति माओबादी हुन्, राजनैतिक पार्टी हुन या त निरंकुस राजानै बरु माओवादीको कारण नेपालमा विकास भइरहेको राजनैतिक चेतनाको क्रमलाइ भने म उच्च समर्थन गर्छु।

को को होलान् त मेरो आदर्श ब्यक्तिहरु ?
पहिलो: ति लाखौ लाख सर्वहाराहरु जसले यो देशको लागी पारीवारीक सुख गुमाए, भौतीक सबलताको वेवास्था गरे र एक दिन यो राष्ट्र र आफुजस्तै अरु हरेक सर्वहाराको लागी जीवनको बलिदानी गरे उनीहरु नै मेरो आदर्शका अन्तिम र एकमात्र पर्याय हुन ।
दोस्रो: वि.पी.को समाजबादी चरित्र र आदर्श प्रति मेरो सामान्य झुकाव छ । कुनै सर्वहारकृति पार्टी र पारीवारीक पृष्ठभुमी विनानै उहाको यो उच्च राजनैतिक विश्लेषण क्षमता प्रति मेरो उच्च समर्थन र सम्मन छ ।
तेस्रो: देश र जनताको लागी अझ भनौ बर्तमानको यो कालो जंगी शासन र राजसंस्थाको विरुद्धमा सार्वजनीक रुपमै प्रश्नचिन्न खडा गर्दै सर्वहाराको निम्ती जीवन उत्सर्ग गर्ने स्व.मदन भण्डारीलाइ म जीवनमा सबैभन्दा बढी श्रद्धा र सम्मान गर्छु ।
चौथो: केही बुँदागत असहमती (भौतीक र मानवीय क्षती एवं जवर्जस्ती चन्दा र समर्थन खोज्ने परीपाटी) बाहेक उच्च भौतीक सबलतालाइ लत्याउदै सामाजीक चेतनाका संवाहक बन्न प्रयासरत दुइ ब्यक्तित्व डा. बाबुराम भट्टराइ र ने.क.पा. माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रति पनि मेरो त्यक्तिकै सम्मान र समर्थन छ ।
मेरो जिकीर
म स्वतन्त्रताप्रेमी नागरीक मलाइ स्वन्त्रता चाहिन्छ अनि दिगो शान्ती र नेपालको दिगो विकास पनि । मलाइ लाग्छ यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरीनु पर्दछ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीनु पर्दछ ।
नेपालीमनको जन्म
समाज र समुदायलाइ समयानुकुल सहज र सरल वातावरणमा जीवनयापनको लागी सहयोग गर्ने मेरो सपना एकाएक साउदी अरबको मरुभुमीमा पुगेर विलाय पछि म निकै निरुत्साहीत भएको थिए । धेरै समय सम्म रातहरु त्यत्तिकै बर्वाद गरे अनि विदाका दिनहरु सुतेरै कटाए विस्तारै समय बदलीयो मेरा सोचहरु पनि बदलीन थाले यसैको फलस्वरुप यो नेपाली मन जन्मीयो अनि देश दुखेको बेला हिमाल झुकेको बेला सालघारी र खरबारीहरु अतासीएर क्षितजि तिर हेरीरहेको बेला उनीहरुलाइ ढाडस दिनका लागी अन्याय अत्याचार र चरम मानवअधिकार हननका घटनाहरुका बिरुद्ध प्रवासमै रहेर पनि आवज उठाउनको लागी यो नागरीक पत्रकारीताको साथ लिएको थिय । अझ यसो भनु मेरा मनका भावना हरु छताछुल्ल तपाइ नेपालीहरुमा पोख्नका लागी नेपालीमनको जन्म दिएको हुँ । यो मेरो बचेको समय सदुपयोग हो । यसमा प्रकासीत हरेक सामाग्री मेरो ब्यक्तिगत विचार र म संग कुनै न कुनै रुपमा आशिंक वा पुर्ण सहमत सामाग्री मात्र हुन। यसमा असहमती जनाउन सकिन्छ र यसको विरुद्धमा आवाज उठाउन सकिन्छ तर उचित आधार र प्रमाणको माग गर्छु । तै पनि हरेक सामग्री सकेसम्म स्वयं खोजी र सृजना गर्दा साभार गर्दा अनि तपाइ सहयात्रीहरुबाट प्राप्त गर्दा यीनै वर्तमान समयका महत्वपुर्ण विषयहरुलाइ ध्यानमा राख्ने गरेको छु, कृपया मेरो यो अविरलयात्रामा यँहाहरुको पनि उचित सल्लाह र सुझावको आशा राख्दछु, धन्यवाद अनि शुभ यात्रा !
समर्पण
सबैभन्दा पहिला अकालमा ज्यान गुमाएका करीव पन्ध्र हजार नेपालीहरुमा, दोस्रो लाखौ विस्थापीत र आन्तरीक शरणर्थीहरुमा अनि तेस्रो चाही परदेशको माटोमा जीवन गुजारा गर्ने तपाइ लाखौ श्रमजिवि नेपालीहरुमा !
अविरलयात्री
Sangam Saving & Credit Co-operative Society Ltd.
Head Office:
Bidur-4,Battar Nuwakot Nepal
Ph#977-1-561591,680590
Fax#977-1-561592
Branch Office :
Biur-11, Trishuli Bazzar
Ph# 977-1-560351
Mob#009779851079527
Email:
abiralyatri_poet@yahoo.com
&
abiralyatri@gmail.com