यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
सृजना/अलग संसारनेपालीमन,February 28 9:30 am

न त थियो तीम्रो साथ न त अलग थिए
जान्छौ कि त यात्रा संगै हात बढाइ दिए
दोबाटो मै काट्न थाल्यौ कुरा भलिभाती
तिमीलाइ देख्नु भन्दा नदेखेकै जाती ! (more…)

सृजना/अलग संसारनेपालीमन,February 23 2:19 pm

बर्षाको पानी र नाली विहिन सडक
सदियौ देखिको जर्जर जमीन र खण्डहर भवन
डाँडा माथिको जुन र क्यान्सरयुक्त जीवन
त्यस्तै गधा, छाता र मरुभुमिको यात्रा ! (more…)

नेपालीमन कलासाहित्यनेपालीमन,February 21 8:43 am

जीन्दगीको हरेक पल स्वंयको लागी ठुलो चुनौती हो । जीवनको लम्बेतान यात्रामा जीन्दगीका हरेक पानाहरु पल्टाउदै जानु मानवका लागि प्रकृतीले निर्देशीत गरीदिएको अविछिन्न नियम हो । आज बैज्ञानीक आविश्कारले संसारलाइ चुमीरहेका छ । भौतीक उन्मादले सिंगो मानवजातीलाइ अन्धो बनाइरहेको छ । सत्य र असत्य विचको भिषण युद्धले संसार दन्कीरहेछ । यो कटु यथार्थताको विच सत्यको पक्षमा वकालत गर्नु र यसलाइ आत्मसाथ गर्नु मृत्युलाइ पछ्याउनु जस्तै हो । तै पनी जती सुकै असहज परीस्थीती होस् या सहज परिस्थीती मानीसले संसारलाइ ढाट्न सक्दोरहेछ परिवार नातेदार र आफुजस्तै असख्य मानवजाती लाइ सहजै ढाट्न सक्दो रहेछ तर आफु र आफ्नो आत्मसम्मान लाइ कहिले ढाट्न नसक्दो रहेछ । त्यसैले होला जीवनका हरेक पानाहरु पल्टाउदै जादा म आफुलाइ पनि यो अनुभुतीले सिकार बनाइरह्यो । लाखौ मजदुर हरुको बिच बाट आफुलाइ नियाल्दा मेरो सुरुवातका दिनहरु र आजसम्म पनि शाररीक कष्टकर क्षणहरु अनुपातीक रुपमा कमै रहे । तर मानसीक दुखाइ विवेकका कणकण मा वगीरहेका स्वभीमान र आत्मसम्मानका चोटहरु सींगो जीवनलाइ अन्त्य गर्नु भन्दा पनि कम हुदो रहेनछ यसलाइ मैले राम्ररी अनुभुत गरेको छु । सत्य र असत्य विचको लामो र्सघषमा मेरा चौवीस बसन्त वितीसकेका छन् । जीवनको यो यात्रामा म कति पटक बिचलित भएर गलत बाटो पहिलाउन पनि पुगे होला त कति पटक सम्हालीयर जीवनलाइ ब्यवस्थापन गर्नतिर लागे होला त्यो म स्वंयलाइ नै हेक्का छैन किनकी यो प्रक्रियानै मेरे सिंगो जीवन हो । (more…)

सृजना/अलग संसारनेपालीमन,February 18 6:33 am

आलो रगतले चाहनाहरु लत्पतिएर होला
मान्छे,मान्छे र मान्छेहरुको भिडबाट
एकाएक संवेदना हराएर होला
हिजो आज मान्छेहरु हास्न छाडेका छन्
फेरी तिनै मान्छेहरु
तिनै मान्छेका छाँयाहरु (more…)

सृजना/अलग संसारनेपालीमन,February 14 9:47 am

पुसमाघको पारीलो किरण जस्तै
कँहाबाट झुल्कीए सन्तोषहरु
कति निडर लडिरहे शम्भुहरु
अबत साच्चै पञ्चे सपना तुहियो नै
वाह् न्यायपालिका वाह् वाह् (more…)

सृजना/अलग संसारनेपालीमन,February 12 1:34 pm

इराकमा बन्धक बनाइएका नेपाली दाजुभाइहरु र साउदी अरबमा अलपत्रमा परेका हजारौ नेपालीहरु प्रति समर्पित……..
हिजो त मन रुन्थ्यो मात्र
त्यसलाइ वहलाउने औषधी पाइन्थ्यो
जति कुँडीए पनि, जती फाँटे पनि
त्यसलाइ त थामथुम पार्न सकिन्थ्यो
दुँनियामा को होला जसलाइ राष्ट्रियताले नपोलोस्
देश रुदा उ पनि नरोओस्
राष्ट्रियताको बलत्कार हुँदा
उ न्यायको लागि नबोलोस् (more…)

सृजना/अलग संसार 6:53 am

हिजो सडकमा चञ्चला हरु ढालिएका थिए
रवि वोगटी हरु,भरत ढुगानाहरु
यस्तै यस्तै यता काठमाडौ देखी उता पश्चिम सम्म
कहिले परिवतर्नको शाहदत
कहिले ज्वाला र अग्निहरुको
कहिले प्रसान्तहरु त कहिले कृण्ण सेन इच्छुकहरुको
वग्रेल्ती सडक भरी लाशहरुको खात लगाइएको थियो
त्यो समय पनि यस्तै थियो (more…)

सृजना/अलग संसारनेपालीमन,February 9 3:14 pm

झर्‍यो पानी गज्र्यो आकास असारको महिना जस्तै
जनता लम्के वैरी तिर लडाइको सिपाइ जस्तै
होली खेल्न रगत संग कमलहरु रमाउदा
जनताको उठीवासमा यिनीहरु रमाउदा
फेरी पनि पानी पर्‍यो असिनाको ढिक्का संगै
जनताहरु वढिसके शिरमा सेतो कफन संगै (more…)

सृजना/अलग संसारनेपालीमन,February 7 8:53 am

एकान्तमा कहिले काही रोए पनि होला
मलाइ तिमी आशुको खानी नसम्झ
कहिलेकाही धोए होला मनको मैलो पनि
मलाइ तिमी नदीको पानी नसम्झ (more…)

सृजना/अलग संसार 5:57 am

दिन दिन रहेन र रात रात रहेन
स्वतन्त्र विचरण गर्ने मानवीय आकंक्षा आकंक्षा रहेन
तानशाह हरुको जब्बर मानसीकता भित्र बाँध्न खोजीए पनि
कठै ति कुशासक हरुका दिवा सपनालइ
मेरो देश उज्यालो भविश्यतिर नलम्की रहनै सकेन (more…)